-
२०७६ जेठ १०, शुक्रबार
‘जि–२०’ को बौद्धिक समूह बैठकलाई डा।महतले सम्बोधन गर्ने
विकसित राष्ट्रहरुको अन्तर्राष्ट्रिय मञ्च जि–२० लाई विश्वव्यापीरूपमा देखिएका दिगो विकासका चुनौतीहरुहरुका सन्दर्भमा आवश्यक सुझाव दिन बनेको बौद्धिक समूह टी–२० को शिखर बैठकमा सहभागी हुन नेपाली काग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महत गए राति जापान जानुभएको छ । जापानको राजधानी टोकियोमा आजदेखि चार दिनसम्म ९मे २४ देखि २७० सञ्चालन हुने सो शिखर बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा।महतले जि–२० लाई...
-
२०७६ जेठ १०, शुक्रबार
द्वन्द्वकालीन रोल्पाकी मृतक सैनिक श्रीमतीको कहालीलाग्दो दिनचर्या
“विसं २०५८ मङ्सिर ८ गते शुक्रबारको त्यो बिहानी, भर्खरै उठेर, मुख धोइ डेढ वर्षको छोरीलाई दूध चुसाउँदै थिएँ, दुई वर्षको अर्को छोरासँगै बसेको थियो, त्यत्तिकैमा केही मानिस बाहिर सासूसँग कुरा गर्दै थिए, केही समयपछि उनीहरु भित्र आएर मलाई आफ्नो श्रीमान् बितेको घटना सुनाए” रोल्पा नगरपालिका–२ थलिवाङ निवासी ओमकुमारी डाँगी यत्तिकैमा केही समयसम्म रोकिनुभयो । अलिक मन बलियो बनाउँदै उहाले थप्नुभयो, “पहिले त...
-
२०७६ जेठ १०, शुक्रबार
बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २५ घाइते
सिरहा जिल्लाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गए राति करीब १०ः२५ बजे पूर्वबाट पश्चिम काठमाडौँ हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बसमा सवार २५ यात्रु घाइते भएका छन् । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक दुवैको सनाखत नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी...
-
२०७६ जेठ १०, शुक्रबार
जबर्जस्ती करणीका आरोपी पक्राउ
जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय बाजुराले अमरबहादुर धामीलाई पक्राउ गरेको छ । प्रहरीले बाजुराको खप्तड छेडदह गाउँपालिका–४ गुदुखातीका १८ वर्षीय धामीलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार जेठ ८ गते साँझ ५ बजेतिर आरोपी धनबहादुर धामीले ११ वर्षीय नाबालिकालाई घरमा कोही नभएको अवस्थामा गोठमा लगेर जबर्जस्ती करणी गरेर फरार...
-
२०७६ जेठ १०, शुक्रबार
डोजरले खनेको खाल्टामा डुबेर मृत्यु
सिन्धुलीको मरिण गाउँपालिका–७ बाह्रबिसेमा डुबेर सात वर्षीय बालक मनिष श्रेष्ठको मृत्यु भएको छ । मरिणखोलामा पौडी खेल्ने क्रममा खोलामा खनेको खाल्डोमा परी श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ । मरिणखोलामा कालिका कन्स्ट्रक्सनले नियमविपरीत खाल्डो खनी कच्चा पदार्थ उत्खनन गरी खाल्डा नपुर्दा बिहीबार बालकको ज्यान गएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चरित्रविक्रम...
-
२०७६ जेठ १०, शुक्रबार
फलफूल बोकेको ट्रक त्रिशूलीमा खस्यो
भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी३२एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो । सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली...
-
२०७६ जेठ १०, शुक्रबार
पदमराज ढकालको एकल साँझ काठमाडौंमा
लोकगायक एवं गीतकार पदमराज ढकालको एकल साँझ काठमाडौँमा हुने भएको छ । जेठ १८ गते काठमाडौँको सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा हुने एकल साँझमा ढकालले आफ्ना नयाँ पुराना करीब १४ गीत प्रस्तुत गर्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त कार्यक्रममार्फत बचत भएको रकम कलाकार उपचार कोष तथा स्रष्टा सम्मान कोषमा जम्मा गरिने पदमराज ढकाल एकल साङ्गीतिक कार्यक्रम–२०७६ का मूल आयोजक समितिका...
-
२०७६ जेठ १०, शुक्रबार
तिलोत्तमामा भू–उपयोग मापदण्ड २०७६ जारी
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषियोग्य र आवासीय क्षेत्र निर्धारण गरेर भू–उपयोग मापदण्ड, २०७६ जारी गरेको छ । नगरपालिकाले यसअघि लागू गरेको जग्गा विकाससम्बन्धी मापदण्ड, २०७४ खारेज गरी उक्त मापदण्ड ल्याएको हो । कृषि, वन, नापी तथा सरोकार भएकाहरूको प्रतिनिधित्व रहेको जग्गा उपयोगिता विश्लेषण प्राविधिक समितिको सिफारिसका आधारमा नगर कार्यपालिकाले भू–उपयोग मापदण्ड जारी गरेको हो । मापदण्डमा जग्गा...
-
२०७६ जेठ १०, शुक्रबार
रानीमहल सरसफाइ
पाल्पा जिल्लास्थित प्रेमको प्रतीक रानीमहलको बृहत् सरसफाइ गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका रुपमा परिचित रानीमहललाई थप आकर्षक बनाउन नेपाली सेना गोरखदल गणका ४० भन्दा बढी सैनिक जवान, तानसेन नगरपालिका सरसफाइ शाखा, डिभिजन वन कार्यालय, रानीमहलको सुरक्षार्थ खटिएको प्रहरीलगायत बिहीबार सरसफाइमा सहभागी भएका थिए । सेनाको टोलीले रानीमहलको प्रवेश क्षेत्रदेखि प्राङ्गण, महलको पानीपोखरी, महलको...
-
२०७६ जेठ १०, शुक्रबार
कर्मचारी काममा फर्के
कर्मचारीलाई हातपा गर्नेले सार्वजनिक रुपमा माफी मागेपछि सिरहाको कल्याणपुर नगरपालिका कर्मचारी काममा फर्केका छन् । कार्यकक्षमै काम गरिरहेको बेला कल्याणपुर नगरपालिका ओभरसियर छेदीकुमार साफीलाई हातपात गर्ने कल्याणपुर नगरपालिका–७ रमपुरा भेडियाका दीपेन्द्र यादवलगायतले माफी मागेपछि कर्मचारी काममा फर्केका हुन् । सहकर्मीमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने, शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्ने...
-
२०७६ जेठ १०, शुक्रबार
दुर्घटनामा एकको मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीमा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुुनेमा भारतको मोतीहारी जिल्ला बस्ने वर्ष ४५ का कनैया साह रहेका छन् । बिहान ३ः३० बजे भएको सो दुर्घटनामा परी भीमफेदी गाउँपालिका–५ बस्ने वर्ष २० का महेश भुलन ९चालक० र भारतको बेतीया बस्ने वर्ष २२ का कनैयाकुमार साह घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि...
-
२०७६ जेठ १०, शुक्रबार
रित्तिए गाउँ, सुनसान विद्यालय
केही वर्ष पहिला ५०० विद्यार्थी रहेको बागलुङ नगरपालिका–११ रायडाँडाको महाविद्याजन माध्यमिक विद्यालयमा अहिले विद्यार्थीको सङ्ख्या घटेर २५० को हाराहारीमा आएको छ । कक्षा १० सम्म पठनपाठन हुने समयमा भन्दा कक्षा १२ सम्म पठनपाठन हुने समयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको हो । विद्यार्थी घट्ने समस्या काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको कर्लिम आधारभूत विद्यालयमा पनि छ । कर्लिम आधारभूत विद्यालयमा पाँच...


