-
२०७६ जेठ १२, आइतबार
आर्मीले प्रदेश १ लाई २०५ रनको चुनौती
राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रदेश नं १ लाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २०४ रनको योगफल बनायो । आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले । ९३ बल खेलेको उनले...
-
२०७६ जेठ १२, आइतबार
शैक्षिक सामग्रीले ल्यायो अनाथ असहाय बालबालिकामा खुशीयाली
रामपुर नगरपालिका– ७ बस्ने १४ वर्षका रेशम सुनार बुबाआमाको मृत्यु भएपछि आफन्तको सहारामा बस्दै आउनुभएको छ । दुबै अभिभावक गुमाउनुको पीडा त छ नै, पठनपाठनमा पनि उत्तिकै समस्या झेल्नु परेको छ । सुनार आधारभूत माविमा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँलाई पढेर ठूलो मान्छे बन्ने रहर छ तर सहयोगी मनको खाँचो पनि उत्तिकै छ । सुनारलाई पठनपाठनमा हौसला बढाउन रामपुर नगरपालिका–७ को कार्यालयले विभिन्न शैक्षिक सामग्री सहयोग...
-
२०७६ जेठ १२, आइतबार
१६ वर्षमा पनि सकिएन मूलपानी क्रिकेट मैदान
निर्माण शुरु भएको १६ वर्षसम्म पनि मूलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुनसकेको छैन । विसं २०६० पुसदेखि मैदान निर्माण शुरु भएको थियो । निर्माण शुरु भएको १६ वर्षसम्म मैदानको बीचमा पर्ने जग्गाको समस्या समेत समाधान हुनसकेको छैन । क्रिकेट मैदानभित्र पर्ने जग्गा निर्माण शुरु भएको नौ वर्षपछि पनि किनबेच भयो । विसं २०६९ मा किनेको जग्गामा बनेको घर अहिले हटाउन भनिएको फूलमाया लामाले बताउनुभयो...
-
२०७६ जेठ १२, आइतबार
“पहिचानको विषयलाई व्यवस्थित गर्न साझा अवधारणा आवश्यक”
थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु समुदायको पहिचानको विषयलाई व्यवस्थित गर्न साझा अवधारणा निर्माण गर्नुपर्ने बताउनुभएको छ । आज रुपन्देहीको मणिग्राममा थारु आयोगले आयोजना गरेको छलफलमा उहाँले थारु समुदायको ज्ञान, सीप र प्रविधिको क्षेत्रमा काम गर्न सकिने बताउनुभयो । अध्यक्ष चौधरीले सो समुदायको इतिहासको विस्तृत अध्ययन गर्ने काम भइरहेको जानकारी दिँदै भाषाको कठिनाइ, कठरिया र राना थारुको अलग...
-
२०७६ जेठ १२, आइतबार
द्वन्द्वको पीडा राष्ट्रको पीडा हो पूर्वप्रम खनाल
पूर्व प्रधानमन्त्री झलनाथ खनालले सङ्क्रमणकालीन न्याय सरकार र प्रतिपक्षको नभई राष्ट्रको पीडा भएको हुँदा छिटो न्याय निरुपणमा लाग्नुपर्ने बताउनुभएको छ । द्वन्द्वपीडित साझा चौतारीले आज आयोजना गरेको ‘पीडित केन्द्रित सङ्क्रमणकालीन न्यायका लागि कानून संशोधन र आयोगको पुनःसंरचना’ विषयक अन्तरक्रियामा उहाँले राष्ट्रको साझा पीडा भएको हुँदा सबै मिलेर समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिष्ट...
-
२०७६ जेठ १२, आइतबार
यसरी खुल्दैछ खण्डहर बनेको तातोपानी नाका
‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल सुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ । नेपाल र चीन जोड्ने मितेरी पुलको ढलानका लागि चिनियाँ कामदार दिनरात नभनी काम गरिरहेका छन् । गत फागुनको दोस्रो सातादेखि सुरु भएको पुल निर्माण तीन महिना पुग्दै गर्दा सम्पन्न हुने चरणमा पुगेको...
-
२०७६ जेठ १२, आइतबार
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अपनत्व जिल्लामा
रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पूरा गर्न जिल्लास्थित सरकारी र निजी क्षेत्रका व्यक्तिको सहभागितामा विभिन्न समिति गठन गर्न लागिएको छ । रङ्गशालालाई समग्र जिल्लाले अपनत्व लिने सोचका साथ विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रमुख पदाधिकारी उद्योग व्यवसायी, विभिन्न सङ्घ संस्थाका प्रमुख, नागरिक समाजका अगुवा रहने समिति गठन प्रक्रिया अघि बढाइएको हो । ...
-
२०७६ जेठ १२, आइतबार
गणतन्त्र सङ्ग्रहालय जेठ १५ देखि खुला हुँदै
नारायणहीटिभित्र बनेको गणतन्त्र सङ्ग्रहालय यही जेठ १५ देखि सर्वसाधारणका लागि खुला हुँदैछ । सङ्ग्रहालयभित्र गणतन्त्रसँग सम्बन्धित तस्बिर, सम्बन्धित सामग्री, लेखरचना आदि सङ्कलनको जिम्मा नेपाल कला परिषद्ले पाएको छ । परिषद्ले आफ्नो ७५ प्रतिशत काम पूरा गरिसकेको परिषद्का कार्यकारी सदस्य नरेश सैँजुले जानकारी दिनुभयो । “काठमाडौँका विभिन्न पुराना तथा नयाँ फोटोग्राफरमार्फत नेपालका विभिन्न राजनीतिक...
-
२०७६ जेठ १२, आइतबार
सिडी, डिभिडी र मोबाइलका कारण सिनेमाघर बन्द
सिडी, डिभिडी र मोबाइलमै चलचित्र हेर्न पाइने सुविधाका कारण सिरहामा सिनेमा घर बन्द हुन थालेका छन् । ग्रामीण भेगसम्म सिडी, डिभिडी र मोबाइलबाटै चलचित्रलगायत मनोरञ्जनका सामग्री हेर्न सकिने भएकाले एक दशकयता सप्तरीका प्रायःसबै सिनेमाघर बन्द भएका हुन्् । विगत एकदशक अघिसम्म जिल्लामा एक दर्जन सिनेमा घर सञ्चालनमा रहे पनि अहिले जेनतेन एउटा मात्र सञ्चालनमा छ । लहानमा सञ्चालित पशुपति सिनेमा चलचित्र...
-
२०७६ जेठ १२, आइतबार
भर्ना अभियानले छोएन डोम बालबालिकालाई
घरसँगै टाँसिएको छ आधारभूत विद्यालय तर, राजविराज नगरपालिका–९ मलेठका ६ वर्षीय शम्भु मरिक पढ्न विद्यालय जाँदैनन् । पढ्ने रहर भए पनि आफूहरुमाथि हुने विभेद र अपमानका कारण मनोज मरिक विद्यालय नगई घरमा खेलेरै दिन बिताउने गर्छन् । पढ्ने उमेर पुगेका सोही ठाउँका ९ वर्षीया ज्योति मरिक पनि विद्यालय जाँदिनन् । उनी बाँसको सामान बनाउने आमाबुबाको कामलाई सघाउने गर्छिन् । देशभरी विद्यालय भर्ना अभियान चलिरहेका बेला...
-
२०७६ जेठ १२, आइतबार
नृत्यले मन्त्रमुग्ध पार्ने तुलाधरको स्मृति
नेपाल प्रज्ञा–प्रतिष्ठानका सेवानिवृत्त कलाकार कृष्णमान तुलाधरको स्मृतिमा आज शोकसभा सम्पन्न भएको छ । अमेरिकामा बस्दै आउनुभएका श्रेष्ठको गत वैशाख २९ गते हृदयाघातका कारण ६६ वर्षका उमेरमा निधन भएको हो । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, प्रज्ञाप्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठन, लोकतान्त्रिक कर्मचारी तथा कलाकार सङ्घ र प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा आयोजित शोकसभामा कलाकार मदनदास श्रेष्ठले...
-
२०७६ जेठ १२, आइतबार
अज्ञात व्यक्तिबाट दम्पतीको हत्या
महाकाली नगरपालिका–३ काटैमा पसल सञ्चालन गरेर बसेकी वृद्ध दम्पतीको हत्या गरिएको छ । सडक छेउमा पसल सञ्चालन गरेर बसेकी ६५ वर्षीया द्रोपती महरा र उहाँका श्रीमान ७५ वर्षीय वीरभान महराको हत्या भएको हो । हिजो शनिबार राति घरेलु हतियार लठ्ठी प्रहार गरी महरा दम्पतीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आक्रमणबाट उहाँका नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते छन् । द्रोपतीको शव...


