STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ १२, आइतबार

    विद्यालय समायोजनमा

    नयाँ शैक्षिक सत्रको शुरुआतसँगै यहाँका सात सामुदायिक विद्यालयलाई एकापसमा समायोजन गरिएको छ । स्मार्टनगरको रुपमा घोषणा भई कार्यान्वयनको चरणमा रहेको वालिङ नगरपालिकाले विद्यालय शिक्षा ९१–१२० कक्षा स्थानीय तहको अधिकारभित्र आएसँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि ती विद्यालयलाई एकापसमा समायोजन गरेको हो । शैक्षिक सत्रको शुरुआत चरणमै पाँचवटा सामुदायिक विद्यालयलाई समायोजन गरेर जिल्लामै...

  • २०७६ जेठ १२, आइतबार

    प्रदेश स्तरीय महिला कबड्डी प्रतियोगिता

    सङ्खुवासभाको खाँदबारीमा प्रदेशस्तरीय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । प्रदेश नं १ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला खेलकूद विकास समितिले प्रतियोगिता आयोजना गर्ने भएको हो । जेठ १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश नं १ का १४ वटै जिल्लाको सहभागिता रहने जिखेबिसका अध्यक्ष भरतकुमार घिमिरेले बताउनुभयो । प्रतियोगिताले खेलाडी र प्रशिक्षकलाई फाइदा पुग्ने र जिल्लाका खेलाडीले...

  • २०७६ जेठ १२, आइतबार

    स्पोर्टस् अवार्ड असारमा

    नेपाल खेलकूद पत्रकार मञ्च एनएसजेएफ को आयोजनामा हुने पल्सर स्पोर्टस् अवार्डको १६औँ संस्करण आगामी असार १७ गते हुने भएको छ । खेल क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरिने  सो कार्यक्रम काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिने मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिनुभयो ।  यस वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी...

  • २०७६ जेठ १२, आइतबार

    प्रधान सेनापति राष्ट्रिय भलिबल हुँदै

    प्रधान सेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता – २०७६’ यही जेठ १९ देखि २६ गतेसम्म हुने भएको छ । सातै प्रदेशका टोली र तीन विभागीय गरी १० समूहको सहभागिता रहने उक्त प्रतियोगिता लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा कूल २६ खेलसहित आयोजना गरिने छ ।  यहाँ आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रपति शशिकिरण रायमाझीले विसं २०७२ देखि शुरु भएको उक्त प्रतियोगिताको चौथो संस्करण विसं २०७५ मा...

  • २०७६ जेठ १२, आइतबार

    शेयर बजार ः दोहोरो अङ्कले घट्यो

    साताको पहिलो दिन आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११।९३ बिन्दुले घटेर एक हजार ३०२।६१ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २।८२ अङ्कले घटेर २७७।५६ मा ओर्लिएको छ । रु एक अर्बमाथिको कारोवार हुँदै आएको बजारमा आज कारोवार रकममा समेत गिरावट आएको छ । कूल १६५ कम्पनीको २० लाख...

  • २०७६ जेठ १२, आइतबार

    माझी समुदायः सरकारी जागिरतर्फ आकर्षित

    माछा मारेर जीविकोपाजर्न गर्ने माझी समुदायले आफ्नो पुर्खौली पेशा परिवर्तन गर्न थालेका छन् ।  अल्पसङ्ख्यकको सूचीमा रहेका कैलालीका माझी समुदाय माछा मार्न छोडेर अन्य पेशा रोज्न थालेका हुन् । नदी किनारमा बस्ने माझीको मुख्य पेशा माछा मार्ने हुन्थ्यो । विस्तारै माझी समुदायका युवा सरकारी जागिर रोज्न थालेका छन् । सरकारले माझीलाई अल्पसङ्ख्यकको सूचीमा राखेपछि माझीले हरेक क्षेत्रमा अवसर पाउनसमेत सजिलो भएको छ...

  • २०७६ जेठ १२, आइतबार

    सहकारीबाट महिला आत्मनिर्भरतर्फ उन्मुख

    रामपुर नगरपालिका–१० पाल्पाका महिला सहकारीलाई सहारा बनाएर कृषि कर्ममार्फत आत्मनिर्भर हुन थालेका छन् । बाख्रा, भैँसी, बङ्गुर, कुखुरापालन तथा तरकारीखेती गरेर आत्मनिर्भर बनेका महिला पछिल्लो समय भने तराईतिरबाट उन्नत जातका भैँसी ल्याएर पालन शुरु गरेका छन् । आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट ऋण लिएर महिलाले यतिबेला भैँसी पालन व्यवसाय शुरु गरेका हुन् । आफूलाई चाहिएको टिका, पोते, सिन्दुरका...

  • २०७६ जेठ १२, आइतबार

    बजेट नभएर पार्क बन्न ढिलाइ

    एक सय नयाँ पर्यटकीय गन्तव्यमा  सूचीकृत व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कमा बजेट अभाव भएर पूर्वाधार निर्माणको काम अघि बढ्न सकेको छैन । पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण पूर्वाधार निर्माणलाई तीव्रता दिन समस्या परेको हो । दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही...

  • २०७६ जेठ १२, आइतबार

    विकास सम्भव नभएपछि चेपाङबस्ती स्थानान्तरण तयारी

    दक्षिणी धादिङको विकट तथा डाँडाको चुचुरोमा रहेको बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसवाङको ३६ घर चेपाङ समुदायमा विकास पु¥याउन नसकिने भएपछि बस्ती नै स्थानान्तरणको तयारी गरिएको छ । खाद्यान्न अभाव, पिउने पानी, शिक्षा र स्वास्थ्यको पहुँचबाट धेरै टाढा रहेका चेपाङ समुदायले वषैँदेखि विकासका लागि याचना गर्दै आए पनि सरकारले कुनै पनि योजना पूरा गर्न नसकेकाले स्थानान्तरण गर्नुपर्ने अवस्था आएकोे जिल्ला समन्वय...

  • २०७६ जेठ १२, आइतबार

    शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण

    युवालाई स्वरोगार बन्नका लागि दाङका एक सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको छ ।   बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने सरकारी नीति तथा कार्यक्रम अनुरुप घोराहीस्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्वरोजगार बन्नका लागि युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको हो ।   व्यवसाय गर्न चाहने युवाका लागि संस्थाले चार प्रतिशत ब्याजमा...

  • २०७६ जेठ १२, आइतबार

    दुई हजारले रोजगार पाउने

    सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष एक हजार ८३२ जनाले रोजगारी पाउने भएका छन् ।  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रअनुसार यस जिल्लामा चालू आर्थिक वर्ष २०७५÷०७६ भित्र बेरोजगारीको सूचीमा दर्ता भएकामध्ये एक हजार ८३२ जनालाई ३० दिन बराबरको रोजगार दिने भनिएको छ ।  जिल्लाको वैजनाथमार राप्तीसोनारीमा २२६, खजुरामा २१२, डुडुवामा र जानकीमा १४०...

  • २०७६ जेठ १२, आइतबार

    अवैध केराउ बरामद

    नरैनापुरबाट प्रहरीले ३० क्विन्टल अवैध केराउ बरामद गरिएको छ । जिल्लाको नरैनापुरगाउँपालिका– ४ सोता भन्ने स्थानमा प्रहरीद्वारा सामान जाँच गर्ने क्रममा नेपालगञ्जबाट सुइया बगौडातर्फ जाँदै गरेको भे१ख १५५५ नंको बसमा भन्सार चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको केराउ प्रहरीले बरामद गरेको हो ।  जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार बरामद गरिएको केराउको मूल्य करीव रु तीन लाख रहेको...

Pages