-
२०७६ बैशाख २५, बुधबार
फानी नामक सामुद्रिक आँधीका कारण १६३ घाइते
भारतको उडिसा राज्यको भुवनेश्वर र पुरीमा जारी सामूद्रिक आँधी ‘फानी’का कारण एकसय ६३ जना घाइते भएका छन् । पुरीमा एकसय ६० र भुवनेश्वरमा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका क्रममा अस्पताल भर्ना गरिएको राज्यको आकस्मिक सेवा केन्द्रले जानकारी दिएको छ । यस आँधीका कारण पसलहरु र पुरीमा रहेका मोबाइल फोन लगायत अरु सबै सञ्चार सम्पर्क अबरुद्ध भएको छ । उडिसाको पुरी, गान्जाम, कटाक र बालासोरे जिल्लामा...
-
२०७६ बैशाख २५, बुधबार
राजदूत ढुङ्गानाबाट शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भृगु ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । राष्ट्रपतिले परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई यही चैत १८ गते राजदूतमा नियुक्त गर्नुभएको हो । समारोहमा परराष्ट्रमन्त्री...
-
२०७६ बैशाख २५, बुधबार
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
सप्तरीको छुट्टाछुट्टै घटनामा आज एक बालिकासहित दुईको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा आज सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ वनरझुलाका रन्जितकुमार रायको नौ महीने छोरी प्रियाकुमारी राय रहेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो । स्थानीय दिनेशकुमार राय ९ठूलो बुबा०को घर आँगनमा खेल्ने क्रममा दुलोभित्र बालिकाले दाहिने हात...
-
२०७६ बैशाख २५, बुधबार
नापतौल कार्यालयमा रु ६५ लाख राजश्व सङ्कलन
यहाँस्थित नेपाल गुणस्तर तथा नापतौल कार्यालयले आर्थिक वर्ष ०७५÷७६ को चैत मसान्तसम्ममा रु ६५ लाख ४७ हजार २०५ राजश्व सङ्कलन गरेको छ । कार्यालयले उक्त राजश्व नयाँ व्यापारी अनुमतिपत्र, नवीकरण, म्याद नाघेर नवीकरण जरिवाना र अन्य प्रशासनिक सेवा शुल्कबाट सङ्कलन गरेको कार्यालयका प्रमुख शम्भुकुमार झाले बताउनुभयो । कार्यालयले गत आर्थिक वर्ष २०७४÷७५ मा रु ८७ लाख ६६ हजार २४८ राजश्व सङ्कलन गरेको थियो ।...
-
२०७६ बैशाख २५, बुधबार
शेयर बजारमा गिरावट
सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक ३।६८ बिन्दुले घटेर एक हजार २९७।६० बिन्दुमा पगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।१७ बिन्दुले घटेर २७८।०७ बिन्दुमा पुगेको छ । आज १७५ कम्पनीका १९ लाख सात हजार ७८३ कित्ता शेयर रु ५० करोड ७९...
-
२०७६ बैशाख २५, बुधबार
निर्माण व्यवसायी ऐन संशोधन गर्न माग
नेपाल निर्माण व्यवसायी सङ्गठनले सार्वजनिक खरीद ऐन तथा नियमावलीमा समयानुकूल संशोधन गर्न माग गरेको छ । सङ्गठनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा हालको ऐन तथा नियमावली व्यवसायीको हितमा नभएको र उनीहरुले समस्या झेल्नुपरेको भन्दै ऐनमा रहेका अमिल्दा दफा संशोधन गर्न माग गरेको हो । विभिन्न ६ बुँदे माग सार्वजनिक गर्दै सो सङ्गठनले सार्वजनिक खरीद ऐनमा विद्यमान लागत अनुमान अङ्कको १५ प्रतिशतभन्दा बढी...
-
२०७६ बैशाख २५, बुधबार
सार्वजनिक जग्गाको संरक्षण गर्न माग
राष्ट्रिय भूमिअधिकार मञ्च, नेपालले देको महत्वपूर्ण क्षेत्रको जग्गा तथा आवास क्षेत्र नै भूमाफियाको कब्जा भएकामा चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्ति रोक्न सरकारलाई विशेष पहल गर्न माग गरेको छ । रिपोर्टर्स क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा देशको भूमिमाथिको अव्यवस्थाका कारण नेपालका गरीब जनता सुरक्षित आवास नै नपाउने स्थितिमा रहेका र देशको महत्वपूर्ण जग्गा तथा गुठीका जग्गा भूमाफियाको नियन्त्रणमा...
-
२०७६ बैशाख २५, बुधबार
कुनै प्रकारका तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य हुँदैन ः सभापति देउवा
कुनै प्रकारका तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य हुँदैन ः सभापति देउवा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ जिल्ला समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको आज शुभारम्भ गर्दै उहाँले राणा शासन र राजा फालेका काङ्ग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था मान्य हुन नसक्ने बताउनुभएको...
-
२०७६ बैशाख २४, मंगलबार
सिसी क्यामरा जडान गरिने
आपराधिक गतिविधिलाई रोकथाम गर्ने उद्देश्यले पोखरा महानगरपालिकाका थप छ वडामा सिसी क्यामरा जडान गरिने भएको छ । सिसी क्यामरा जडान गरिने क्षेत्रका दृश्य जिल्ला प्रहरी कार्यालयको कक्षबाट अवलोकन गर्न सकिने बताइएको छ । महानगरपालिकाको लेकसाइडलगायत अन्य वडाका कतिपय व्यस्त ठाउँहरुमा सिसी क्यामरा जडान भइसकेका छन् । शान्ति सुरक्षालाई ध्यानमा राखी महानगरपालिकाको २६, २७, २९, ३०, ३१ र ३२ वडाका विभिन्न व्यस्त...
-
२०७६ बैशाख २४, मंगलबार
२०औँ घलेगाउँ महोत्सव शुरु
लमजुङको उत्तरी भेगमा रहेको लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना एवं नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको घलेगाउँमा २०औँ घलेगाउँ महोत्सव शुरु भएको छ । ‘प्राकृतिक सुन्दरता, गुरुङ कला संस्कृति र घरबास, घलेगाउँ समृद्विको आधार स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण र प्रवद्र्वन, ग्रामीण पर्यटनको विकासको पूर्वाधार’ भन्ने नाराका साथ सोमबारदेखि घलेगाउँमा महोत्सव शुरु...
-
२०७६ बैशाख २४, मंगलबार
दुई शव फेला
बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो । सोमबार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवासीले घर्तीको कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव पूरै सडेको अवस्थामा भए पनि उनले लगाएको चप्पल र कपडाले पहिचान...
-
२०७६ बैशाख २४, मंगलबार
महिलामाथि हुने हिंसा बढ्दै
पुरुषबाट महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दै गएको राष्ट्रिय महिला आयोगले जनाएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सोमबार स्थानीय तहमा महिला विकाससम्बन्धी सम्पादित कार्यक्रमको नमूना परीक्षण कार्यक्रममा आयोगका उपसचिव मीरा सेरचनले नेपालको सामाजिक संरचना, मूल्य, मान्यता तथा सोचका कारण पुरुषमा हुने हिंसाभन्दा पुरुषबाट महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दो रहेको बताउनुभयो । उहाँका अनुसार आयोगमा...


