-
२०७६ बैशाख २४, मंगलबार
बालकको निर्मम हत्या
धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए । बालकको खोजतलास अबेर रातिसम्म गरिए पनि फेला परेको थिएन । उनै बेपत्ता आर्यनको शव आज मङ्गलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । आर्यनको शव घर...
-
२०७६ बैशाख २४, मंगलबार
पोखरामा रमजान पर्व
पोखराका इस्लाम धर्मालम्बीहरुले आज बिहानदेखि धार्मिक विधिपूर्वक रमजान पर्वको शुभारम्भ गरेका छन् । इस्लाम पात्रोको नवौँ महीनामा यो पर्व मनाउने गरिन्छ । रमजानको पवित्र महीनालाई ‘शव–ए–कदर’ पनि भन्ने गरिन्छ । आजकै दिन मुस्लिम धार्मिक ग्रन्थ ‘कुरान शरीफ’ अल्लाहद्वारा अवतरित भएको धार्मिक विश्वास रहिआएको छ । सोही समयदेखि यो पर्व मनाउन थालिएको हो । रमजान पर्वको मुख्य उद्देश्य मानिसमा प्रेम र...
-
२०७६ बैशाख २४, मंगलबार
तीन सय बढी क्षयरोगका बिरामी
रोल्पामा हरेक वर्ष ३०० बढी क्षयरोगका बिरामी देखिने गरेका छन् । यस्ता बिरामीमध्ये ९० प्रतिशत बढी उपचारपछि निको हुने गरेको पाइएको छ । स्वास्थ्य कार्यालय रोल्पाका अनुसार जिल्लामा १८७ यस्ता बिरामीमा खतरनाक कीटाणु देखिएको छ । यसैगरी फोक्सोमा क्षयरोग भएका ३३ बिरामीले उपचार गराएका छन् । तीन बिरामीको भने अन्य अङ्गमा यस्तो रोग देखिएको स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी नोखराज पोखरेलले जानकारी...
-
२०७६ बैशाख २४, मंगलबार
सरिताको हत्यामा पारिवारिक संलग्नता
मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा परिवारका अन्य सदस्यसमेतको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनका श्रीमान् सुदीपले सरिताको हत्या आफूले गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “...
-
२०७६ बैशाख २४, मंगलबार
मादले गुफा अझै ओझेलमा
पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका– २ जल्पाको मादले गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक तथा पर्यवरणीय हिसाबले महत्वपूर्ण रहेको यस गुफा अध्ययन तथा अनुसन्धानका लागि पर्यटक त्यहाँ घुमफिर गर्न रुचाउँछन् । गुफाभित्रको ढुङ्गा हातले बजाउँदा मादलजस्तै बज्न थालेपछि गुफाको नाम मादले गुफा राखिएको स्थानीयवासीको भनाइ छ । स्थानीय सरकार र स्थानीय बासिन्दाले मादले गुफा संरक्षणमा चासो नदिँदा...
-
२०७६ बैशाख २४, मंगलबार
नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो
ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत सोमबार उक्त करिडोर निर्माण गरेको हो । करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल हटाइएको छ । करिडोर निर्माणसँगै टोखादेखि नयाँ बसपार्क, बालाजु शोभाभगवती हुँदै कालिमाटीसम्म...
-
२०७६ बैशाख २४, मंगलबार
याफ्टिङ टोली अष्ट्रेलिया प्रस्थान
विश्व याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली टोली आज अष्ट्रेलियाको क्विन्सल्यान्ड प्रस्थान गरेको छ । यही वैशाख ३० देखि हुने प्रतियोगितामा शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाँले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सुरज गुरुङ रहेका छन् । नेपाली टोलीले २५० मिटरको स्प्रिन्ट, ३५० मिटरको हेड टु हेड,...
-
२०७६ बैशाख २४, मंगलबार
मलमला मन्दिरमा सिँढी बनाउने काम शुरु
रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको मलमला मन्दिर क्षेत्रमा पैदलयात्राका लागि सिँढी बनाउने काम शुरु भएको छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको नगरपालिका–६ को चुरेक्षेत्रमा रहेको मलमला क्षेत्रमा निर्माण हुन लागेको सिँढीले स्थानीयवासीसमेत खुशी देखिएका छन् । प्रतिनिधिसभाका सांसद भरत शाहको संसदीय विकास कोषबाट रु ३० लाख बजेट परेपछि मन्दिरसम्म पुग्नका लागि सहज...
-
२०७६ बैशाख २४, मंगलबार
घाँटीछिना सडकखण्डमा मोटरेवल पुल बन्ने
पोखराको हल्लनचोकदेखि घाँटीछिना सडकखण्डअन्तर्गत महानगरको वडा नं २३ र २४ जोड्ने गरी ठूलाखेतको खहरेखोलामा गाडी हिँड्ने पक्की पुल निर्माण गरिने भएको छ । कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थल धार्मिक पर्यटनको गन्तव्य पञ्चासेसम्म पुग्ने सो सडकमा निर्माण गरिने पुलको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्नुभयो । खहरेखोलामा पुल नहुँदा वडा नं २३ का ठूलाखेत, चैनपुर, हर्पन,...
-
२०७६ बैशाख २४, मंगलबार
मिथिलामा अक्षय तृतीया पर्व मनाइँदै
भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौ र चनाको सातु एवं चिसोपानीको सर्बत खुवाउँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौ र चनाको सातु, सक्खर र चिसोपानीमा बनाइएको गुलियो सर्बत खुवाउने हिन्दु मैथिल परम्परा छ । अक्षय तृतीया भनिने यस पर्वमा गर्मीले आकुल–व्याकुल भएका पथिक...
-
२०७६ बैशाख २४, मंगलबार
पूर्वविद्यार्थीद्वारा ५० लाखको अक्षयकोष स्थापना
बागलुङ जिल्लाको एक विद्यालयमा गुणस्तरीय तथा आधुनिक शिक्षा प्रदान गर्न पूर्व विद्यार्थीद्वारा रु ५० लाखको अक्षयकोषको स्थापना गरिएको छ । बागलुङ नगरपालिका–१२ बलेवा अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा मल्टिमिडिया, ई–पाटी, कम्प्युटर ल्याव तथा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउन दक्ष जनशक्ति व्यवस्थापनका लागि अक्षयकोषको स्थापना गरिएको हो । विद्यालयमा पूर्वविद्यार्थीको सहयोगमा रु ३५ लाखको...
-
२०७६ बैशाख २४, मंगलबार
सुनौला हजार दिनका आमालाई कुखुरा
जिल्लाको जोरायल गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गर्न थालेको छ । गाउँपालिकामा सुनौला हजार दिनका १८० आमालाई प्रतिव्यक्ति पाँच कुखुराका दरले अस्तोलोप र हेम्पसार जातका कुखुरा वितरण गरिन थालिएको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सुनौला हजार दिनका आमालाई सहयोग मिलोस् भनेर हामीले कुखुरा वितरण गर्न शुरु गरेका छौँ, आमालाई...


