-
२०७६ बैशाख २४, मंगलबार
भाइरल ज्वरो सङ्क्रमण सामान्य हुँदै
जिल्लाको हिमाली गाउँपालिका–५ बँच्छ्या, क्युडी त्यस्तै ६ नं वडाको पाडीमा फैलिएको भाइरल ज्वरोको सङ्क्रमण अहिले सामान्य हँुदै गएको छ । सिङ्गो गाउँ नै प्रभावित हुने गरी फैलिएको सङ्क्रमण दिनप्रतिदिन सामान्य हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । रोगको सङ्क्रमणबाट प्रभावित बिरामी निको हुँदै गएका छन् भने थप व्यक्तिमा सङ्क्रमण नदेखिएको कार्यालय प्रमुख अशोक सिंहले जानकारी दिनुभयो । गाउँमा चार...
-
२०७६ बैशाख २४, मंगलबार
वडा कार्यालयमा आगजनी
जिल्लाको बडीकेदार गाउँपालिका–४ मान्नाकापडी वडा कार्यालयमा आगजनी भएको छ । गए राति करीब २ः०० बजेतिर अज्ञात समूहले उक्त वडा कार्यालयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । आगजनीबाट कार्यालयमा भएका सम्पूर्ण कागजात पूर्णरूपमा जलेर नष्ट भएको वडाध्यक्ष वीरेन्द्रबहादुर कोटकेनीले बताउनुभयो । उहाँले भन्नुभयो, “अज्ञात समूहले वडा कार्यालयको ढोका तोडफोड गरेर...
-
२०७६ बैशाख २४, मंगलबार
माछापुच्छ हिमालको पानी अन्नपूर्णमा
कास्कीको अन्नपूर्ण गाउँपालिकाले माछापुच्छ हिमालको पानी गाउँपालिकाभित्र ल्याउने गरी बृहत् योजना अघि सारेको छ । यसका लागि गाउँपालिकाले ‘एक घर, एक धारा’ अभियानलाई अगाडि बढाएको हो । गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एक घर, एक धारा अभियान सञ्चालन गर्ने उल्लेख गरेको छ । माछापुच्छ हिमालको फेदी मर्दी हिमाल नजिकै को लान्द्रुक बनबाट पानी ल्याउने गरी गाउँपालिकाले सम्भाव्यता अध्ययन गर्ने...
-
२०७६ बैशाख २४, मंगलबार
पर्यटन प्रवद्र्धनका लागि सात परिपथ बनाइँदै
राप्ती नगरपालिकाका सात पर्यटकीयस्थललाई एकापसमा जोडेर पर्यटन प्रवद्र्धनको काम शुरु गरिएको छ । नगरभित्र राप्ती सात परिपथको नामकरण गरेर पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न लागिएको हो । नगरपालिकाका उपप्रमुख इमानसिंह लामाका अनुसार राप्ती नगरपालिकाको वडा नम्बर ५ मा रहेको राप्ती एकता सामुदायिक वनलाई खुला चिडियाखानाको रुपमा विकास गरिँदैछ । त्यसको पूर्वतर्फ रहेको दृश्यावलोकन स्तम्भ र वागीश्वरी मन्दिरलाई...
-
२०७६ बैशाख २४, मंगलबार
कर नबुझाउने करदातामाथि कानूनी कारवाही
आन्तरिक राजश्व कार्यालय लहान सिरहाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानूनी कारवाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार गरी कानूनी कारवाही प्रक्रिया अघि बढाएको आन्तरिक राजश्व कार्यालय लहानका निमित्त प्रमुख कर अधिकृत ललितनारायण यादवले जानकारी दिनुभयो । उहाँका अनुसार भ्याटमा दर्ता भएका दुई हजार ३२६ करदाताले लामो समयदेखि कर नबुझाउँदा रु १४ करोड ११ लाख ९...
-
२०७६ बैशाख २४, मंगलबार
गर्मीले जनजीवन कष्टकर
विगत केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि लाग्ने टन्टलापुर घाम चर्किदँै जाँदा दिउँसो पख सर्वसाधारणको दैनिकी निकै कष्टपूर्ण हुन थालेको छ । दिनभरिको तातो घामले अत्यधिक गर्मी बढेपछि घर÷पसलबाट निस्कनै नसक्ने अवस्था आएको स्थानीयवासी बताउँछन् । गर्मीका कारण बजारमा मानिसको चहलपहलसमेत कम भएको छ । टन्टलापुर घाम लाग्ने र हावा नचल्दा आम नागरिकको दैनिक...
-
२०७६ बैशाख २४, मंगलबार
नेपालगञ्जको न्यूरोड ‘ग्रिनबेल्ट’ सौन्दर्यकरणको विवाद
नेपालगञ्जको न्यूरोडमा रहेको हरित पेटी ग्रिन बेल्ट को सौन्दर्यकरणको विवाद समाधानका लागि पहल थालिएको छ । हरियाली अभियान कार्यक्रमअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाले रु १८ लाखको लागतमा न्यूरोड क्षेत्रको ग्रीनबेल्टको बीच भागमा टायल लगाएर सौन्दर्यकरण गर्न थालेपछि विवाद उत्पन्न भएको थियो । ठेकेदारले काम गर्दा स्थानीयले काम गर्न नदिएपछि विवाद शुरु भएको हो । सो क्षेत्रका व्यापारी कृष्णप्रसाद श्रेष्ठले...
-
२०७६ बैशाख २४, मंगलबार
निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
अछामको मेल्लेख गाउँपालिका–३ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १०१ अपाङ्गता भएका व्यक्तिले सेवा लिएका छन् । शिविरमा सात जनाको माइनर शल्यक्रिया गरिएको छ भने १६ लाई शल्यक्रियाका लागि सिफारिश गरिएको छ । यस्तै दुईलाई सहायक सामग्री वैशाखी र ह्वीलचियर उपलब्ध गराइएको छ भने चारलाई सहायक सामग्री उपलब्ध गराउन नाप लिइएको छ । शिविरकै अवसरमा अन्य ९० लाई अपाङ्गतासम्बन्धी अभिमुखीकरण र ८३ लाई परमर्श...
-
२०७६ बैशाख २४, मंगलबार
जनप्रतिनिधसँग गुनासो छिटो सम्बोधन गर्न माग
महाभारत गाउँपालिका–८ का मङ्गल श्रेष्ठले भूकम्पले आफ्नो घर पूर्णरुपमा क्षति पु¥याउँदा पनि अझैसम्म आफूलाई लाभग्राहीको सूचीमा नपारिएकामा गुनासो गर्नुभयो ।गाउँपालिकाले चालू आर्थिक वर्षमा कार्यान्वयनमा ल्याउने तथा आगामी आवका लागि गर्नुपर्ने विकास निर्माणका योजनाबारे जनताका सुझाव, गुनासा र समस्या पहिचान गर्नका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले सो गुनासो गर्नुभएको हो । भूकम्प गएको...
-
२०७६ बैशाख २४, मंगलबार
संसद् बैठक आधा घण्टा स्थगित
प्रतिनिधिसभाको जारी बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आव २०७६÷७७ को नीति तथा कार्यक्रममाथि सांसदले बोल्ने क्रम सकिएपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो । केही बेरपछि बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । यसैगरी...
-
२०७६ बैशाख २४, मंगलबार
संस्कृत भाषा संरक्षणका लागि कालीगण्डकी गुरुकुलम
स्याङ्जाको गल्याङ नगरपालिका र पाल्पाको रम्भा गाउँपालिकाको सङ्गमस्थल खाडाघाट उत्तर बाहिनीमा कालीगण्डकी गुरुकुलम स्थापना गरिएको छ । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले पाल्पाको रम्भादेवी गाउँपालिकामा दर्ता गरेकोे सो गुरुकुलममा चालू शैक्षिक सत्रबाट कक्षा ६ को अध्यापन गराइने भएको छ । गुरुकुलममा स्याङ्जा र पाल्पाका विभिन्न भेगका १० विद्यार्थीलाई निःशुल्क खान, बस्न तथा पोशाकसहितको सुविधा दिइएको...
-
२०७६ बैशाख २४, मंगलबार
इन्टरनेटमा पहुँच बढ्दै
गलकोट नगरपालिका–१० रमुवाका रेशम राना मोबाइलमा तीव्र गतिको इन्टरनेट चलाउन पाउँदा खुशी हुनुहुन्छ । नेपाल टेलिकमले इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा शुरु गरेपछि रमुवावासीलाई इन्टरनेट प्रयोग गर्न सहज बनेको हो । ‘टुजी’लाई स्तरोन्नति गरी ‘थ्रिजी’ सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम बागलुङले जनाएको छ । रमुवामा गत वर्षमात्र मोबाइल सेवा पुगेकोहो । डेढ सय घरधुरी रहेको रमुवामा चाप कम भएका...


