STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख २४, मंगलबार

    म्यानमारका दुई पत्रकार रिहा

    सन् २०१७ को डिसेम्बरमा सरकारी गोपनीय कागजात गैरकानूनी रुपमा बाहिर ल्याएको आरोपमा म्यानमारमा पक्राउ परेका रोयटर्स समाचार समितिका दुई पत्रकारलाई रिहा गरिएको छ । म्यानमारमा ६ हजार ५२० कैदीलाई रिहा गर्नेक्रममा ती दुई पत्रकार रिहा भएका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । याङ्गुनसँग आवद्ध दुई पत्रकार वा लोन र क्याव सोए ओओलाई सन् २०१८ को सेप्टेम्बरमा सात वर्ष केैदको सजाय सुनाइएको थियो । म्यानमारको...

  • २०७६ बैशाख २४, मंगलबार

    ‘गोरखापत्र’ परिमार्जन गरिने

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले लोकतन्त्र र शान्तिसँगै समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने गरी काम गरिरहेको बताउनुभएको छ ।    ‘गोरखापत्र’ प्रकाशन ११९ औँ वर्षमा प्रवेश, गोरखापत्र संस्थानको ५७ औँ वार्षिकोत्सव तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसका उपलक्ष्यमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा...

  • २०७६ बैशाख २४, मंगलबार

    आलेख ः सामुदायिक विद्यालयमा भर्ना गर्न अभिभावकबीच होड

    ‘विद्यार्थी भर्नाको चाप निकै धेरै छ । हामी भर्ना गर्न सक्ने अवस्थामा छैनौं । अभिभावकहरु सोर्सफोर्स लगाएर भर्ना गर्न आइरहनुभएको छ ।’ नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित धम्बोझी माध्यमिक विद्यालयका प्रधानाध्यापक वामदेव सुवेदीको गुनासो हो यो । “सामुदायिक विद्यालयमा भर्ना लिँदैन भनेर अभिभावकलाई फर्काउन पनि निकै समस्या छ,” प्रअ सुवेदी भन्नुहुन्छ – “भर्ना लिँदा कक्षा कोठा अभावसँगै शिक्षकको समस्या उस्तै छ...

  • २०७६ बैशाख २४, मंगलबार

    सरकारको नीति तथा कार्यक्रम राम्रो निबन्ध – काङ्ग्रेस

    प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्दै उहाँले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के गर्नुपर्छ भनेर निबन्ध लेख्न लगाए जस्तै सबै विषय समावेश गरिएको बताउनुभयो ।    नीति तथा कार्यक्रम नारै नाराले  भरिएको...

  • २०७६ बैशाख २४, मंगलबार

    नीति तथा कार्यक्रमले जनताको भावनालाई सम्बोधन गरेको छ – अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमले जनतको भावना र चाहनालाई अधिकतम सम्बोधन गरेको बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथिको जारी छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले...

  • २०७६ बैशाख २४, मंगलबार

    आयातमा कमी आउँदा लक्ष्य प्रभावित

    भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने फलाम, रक्सी, यातायातका साधनको आयातमा कमी आएपछि सुख्खा बन्दरगाह भन्सार कायलिय पर्सास्थित सिर्सियाले चालु आर्थिक वर्षमा तोकिएको लक्ष्य भेट्टाउन नसक्ने भएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ को चैतमा रु तीन अर्ब २४ करोड ५३ लाख ८८ हजार राजश्व सङ्कलनको लक्ष्य लिएकामा ७९ दशमलव ६९ प्रतिशत लक्ष्य हासिल गरी रु दुई अर्ब ९८ करोड ६० लाख ९१ हजार मात्र राजश्व उठाउन...

  • २०७६ बैशाख २४, मंगलबार

    सुनुवाइ भएन चिया श्रमिकको आवाज

    विभिन्न माग राख्दै चिया श्रमिक आन्दोलनमा छन् । माग सुनुवाइ नभएपछि उनीहरु निराश भएका छन् ।    नयाँ श्रम ऐन अनुसारको ज्याला पाउनुपर्ने, श्रम ऐन २०७४ कार्यान्वयन हुनुपर्ने र श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुनुपर्ने माग राख्दै गत चैत १७ गतेदेखि मजदुर आन्दोलनमा उत्रिएका हुन् । श्रमिकको मागलाई निजी चिया कारखानाले सुनुवाइ गरे पनि सरकारी स्वामित्वका चिया कारखानाले भने सुनुवाइ...

  • २०७६ बैशाख २४, मंगलबार

    पुनःनिर्माणका लागि एक लाख घनफिट काठ आपूर्ति

    ‘दि टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड’ले भूकम्पबाट क्षति भएका निजी घर र सम्पदाको पुनःनिर्माणका लागि हालसम्म एक लाख चार हजार ११२ घनफिट परिमाणको चिरान काठ आपूर्ति गरिसकेको जनाएको छ । अझै निजी घर निर्माणका लागि एक लाख ६८ हजार घनफिटभन्दा बढी र सम्पदा पुनःनिर्माणका लागि ५० हजार घनफिट चिरान काठ माग आएपनि टिम्बरले काठको सीमितताका कारण समयमै आपूर्ति गर्न सकेको छैन । सम्पदा पुनःनिर्माणका लागि माग भएको...

  • २०७६ बैशाख २४, मंगलबार

    काङ्गे्रस संविधान संशोधनको पक्षमा अडिग रहेको छः उपसभापति निधि

    नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले सरकारको वार्षिक नीति तथा कार्यक्रममा सङ्घीयतालाई कार्यान्वयन गर्ने कुनै कार्यक्रम नरहेको बताउनुभएको छ ।  नेपाल पे्रस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सरकारको नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने कुनै कार्यक्रम छैन ।”  उपसभापति निधिले सरकारको नीति तथा कार्यक्रम अश्वासनको पोको...

  • २०७६ बैशाख २४, मंगलबार

    फर्निचर उद्योगमा आगलागी हुँदा रू १० लाखको क्षति  

    दाङको एक फर्निचर उद्योगमा आगलागी हुँदा रु १० लाख बराबरको धनमाल क्षति भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित  ओम फर्निचर उद्योगमा आगलागी हँुदा उक्त मूल्य बराबरको धनमाल  क्षति भएको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताउनुभयो ।  उहाँका अनुसार सोमबार राति १२ बजेतिर आगलागी हुँदा एउटा मोटरसाइकल, एक थान काठ चिर्ने उपकरण र दुई थान झ्याललगायत सामग्री जलेर नष्ट...

  • २०७६ बैशाख २४, मंगलबार

    बाख्रामा पिपिआर रोग विरुद्ध खोप

    रामपुर नगरपालिका भित्रका दश हजार बाख्रामा पिपिआर विरुद्धको खोप लगाउने काम भइरहेको छ । ‘राष्ट्रिय पिपिआर भ्याक्सिनेशन कार्यक्रम’अन्तर्गत नगरपालिकाभित्र बाख्रामा पिपिआर रोग विरुद्ध खोप लगाउन थालिएको हो । पशुसेवा शाखामार्फत नगरका दशवटै वडामा प्राविधिक खटिएर खोप लगाउने काम भइरहेको शाखा प्रमुख मोहनप्रसाद भट्टराई बताउनुहुन्छ । “महामारीका रुपमा एक बाख्राबाट अर्को बाख्रामा सङ्क्रमण फैलिने भएकाले पिपिआर...

  • २०७६ बैशाख २४, मंगलबार

    सोलमा यस हप्ता त्रिपक्षीय सुरक्षा वार्ता हुने

    दक्षिण कोरियाको राजधानी सोलमा यसै हप्ता सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता हुन लागेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जानकारी दिएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयमा एघारौं त्रिपक्षीय सुरक्षा वार्ता हुन लागेको हो । यस।वार्तामा दक्षिण कोरिया, अमेरिका र जापानका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । यस वार्तामा निःशस्त्रीकरण, कोरियाली प्रायःद्वीपमा शान्ति, क्षेत्रीय सुरक्षालगायत एकआपसको...

Pages