-
२०७६ बैशाख २४, मंगलबार
कोरियाली प्रायःद्वीपको विषयमा मुन र ट्रम्पबीच वार्ता हुने
कोरियाली प्रायःद्वीपको विषयमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार राति टेलिफोन वार्ता हुने भएको छ । दक्षिण कोरियाको ब्लू हाउसले उक्त जानकारी दिएको छ । अमेरिका र दक्षिणी कोरियाली यी दुई नेताबीच अप्रिल ११ को सम्मेलनपछि कोरियाली प्रायःद्वीपका विषयमा आआफ्नो विचार आदानप्रदान गर्ने ब्लु हाउसका प्रवक्ता को मिन जुङ्गले बताउनुभएको छ । गत फेब्रुअरीमा...
-
२०७६ बैशाख २४, मंगलबार
पपुवा न्यु गिनीमा ७।२ शक्तिशाली भूकम्प
पपुवा न्यु गिनीमा सोमबार ७।२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० ले जनाएको छ । स्थानीय समयानुसार सोमबार राति ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको १ सय २७ किलोमिटर गहिराईमा भूकम्पको केन्द्र रहेको युएसजिएसले जनाएको छ । युएसजिएसका अनुसार राजधानी पोर्ट मोरेसबाइमा पनि महसूस गरिएको छ । यस भूकम्पपछि धनजनको क्षति सम्बन्धी...
-
२०७६ बैशाख २४, मंगलबार
मुस्लिम धर्मावलम्बीको रमदान व्रत शुरु
मुस्लिम धर्मावलम्बीको एक महीना लामो रमदान रमजान व्रत आजदेखि शुरु भएको छ । हिजरी पात्रोअनुसार नवौँ महीनामा यो व्रत पर्ने नेपाल जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । सोमबार सूर्यास्तपछि चन्द्रमा देखिएकाले आजदेखि व्रत शुरु गरिएको हो । हिजरी चन्द्रमाका आधारमा निर्माण गरिने पात्रो हो । हिजरी पात्रोअनुसार नवौँ महीनाको नाम रमदान हो । महीनाकै नामबाट मनाउन शुरु गरिएको यो पर्वलाई हाल रमजान...
-
२०७६ बैशाख २४, मंगलबार
फोहर व्यवस्थापनका लागि जनशक्ति र उपकरण थप
ललितपुर महानगरपालिकाले महानगरभित्रको फोहरको व्यवस्थापनका लागि जनशक्ति र उपकरण थप गर्ने भएको छ । उपमहानगरपालिकाबाट महानगरपालिका बनेपछि साविकका पाँच गाविस थप भएका कारण जनशक्ति र उपकरण थप गर्न लागिएको हो । हाल कार्यरत जनशक्ति अपर्याप्त भएपछि २४ नयाँ कर्मचारी थप गर्न लागिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँका अनुसार फोहर बोक्नका लागि महानगरपालिकाले आठ वटा नयाँ गाड र बु्रमर...
-
२०७६ बैशाख २४, मंगलबार
काठमाडौँका आठ स्थानमा ट्राफिक बत्ती
काठमाडौँको आठ स्थानमा ट्राफिक बत्ती जडान शुरु भएको छ । कालीमाटी, सिंहदरबार, पद्मोदय घुम्ती, बागबजार तीनकुने, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क चोकमा ट्राफिक बत्ती जडान गर्न लागिएको हो । काठमाडौँका धेरै स्थानमा ट्राफिक बत्ती आवश्यक भए पनि बढी आवश्यक स्थान छनोट गरेर ट्राफिक बत्ती जडान भइरहेको सडक विभागले जनाएको छ । यसअघि ट्राफिक बत्ती भएर पनि बिग्रिएका ठाउँमा र पहिले नभएका दुबै खालका स्थान छनोट...
-
२०७६ बैशाख २४, मंगलबार
महिलाप्रतिको दृष्टिकोण सुधारौँँ
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले महिला हिंसा अन्त्यका लागि समाजले महिलाप्रतिको दृष्टिकोण सुधार्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आज बुटवलमा आयोजना गरेको ‘महिला हिंसा न्यूनीकरण, मानवअधिकार संरक्षण एवं सुरक्षामा नेपाल प्रहरीको जवाफदेहिता’ विषयक कार्यक्रम शुभारम्भ गर्दै उहाँले महिला हिंसा न्यूनीकरणका सामाजिक क्रियाकलामा सुधार गर्न सामूहिक प्रयास आवश्यक भएको...
-
२०७६ बैशाख २४, मंगलबार
सरकारले पूरा हुने र गर्न सकिने सपना देखेको छ ः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले पूरा हुने र गर्न सकिने खालको सपना देखेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “सरकारले जागै हुँदा देख्ने सपनाको कुरा गरेको हो । देश बनाउने अठोटको सपना देखेको हो ।” प्रधानमन्त्रीले राति देख्ने सपना नभई देश बनाउने र भविष्य बनाउने सपनाको कुरा वर्तमान...
-
२०७६ बैशाख २४, मंगलबार
अल्ट्रालाइट विमान दुर्घटना
पोखरा विमानस्थलमा आज दिउँसो १ः४५ बजे अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना भएको छ । पर्यटक बोकेर पोखरा नगरीको दृश्यावलोकन गरेर अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी गराउनुभएको छ । सो जाइरोकोप्टर विमानका चालक फ्रेञ्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । उहाँहरु दुवैजना सकुशल हुनुहुन्छ...
-
२०७६ बैशाख २४, मंगलबार
खेलकूद छाडेर व्यावसायिक मौरीपालनमा
इच्छा शक्ति र कामप्रतिको लगाव भए जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने भनाइलाई कुस्तीका पूर्व राष्ट्रिय खेलाडी नरेन्द्र खत्रीले सही सावित गर्नुभएको छ । झण्डै एक दशकसम्म कुस्ती खेलमा प्रतिष्पर्धा गर्नुभएका कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वैजनाथ टोलका नरेन्द्र खत्री पछिल्लो समय यहाँका सफल मौरीपालन व्यवसायी बन्नुभएको छ । चार वर्षदेखि घरमै विदेशी जातको मौरी भित्र्याएर व्यावसायिक...
-
२०७६ बैशाख २४, मंगलबार
राष्ट्रियसभा बैठकः नीति तथा कार्यक्रमले जनतामा आशा जगायो
सत्ता पक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताएका छन् भने प्रतिपक्षी दलका सांसदले यो महत्वकांक्षी रहेकाले कार्यान्वयनको चुनौती औँल्याएका छन् । राष्ट्रियसभामा सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि छलफलमा भागलिदैँ सांसदहरुले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तुलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । नेकपाका सांसद...
-
२०७६ बैशाख २३, सोमबार
माटोमा अम्लीयपन बढ्दै
रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लीयपन अधिक रहेको पाइएको छ । माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो । माटोबाट बालीले लिएको भन्दा बढी खाद्यतत्वको आपूर्ति हुन नसक्दा र माटोमा अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमीका कारण उत्पादनमा ह्रास आउन थालेको र यसबाट फलफूल, तरकारी र अन्नबालीको उत्पादनमा वर्षेनी ह्रास आउने गरेको छ । माटो बिरुवाको खाद्यतत्वको भण्डार...
-
२०७६ बैशाख २३, सोमबार
रुसी बिमान दुर्घटनामा कम्तीमा ४० जनाको मृत्यु
रुसको मस्कोस्थित शेरेमेट्येभो बिमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक बिमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे१०० बिमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए । बिमान अवतरण हुनासाथ बिमानमा ठूलो आगलागी भएको थियो । रुसी जाँच समितिका प्रवक्ता एलिना मार्कोभ्सकायाले बिमान दुर्घटनाबाट ४१ जनाको...


