-
२०७६ बैशाख २३, सोमबार
गरीब तथा जेहेन्दारलाई छात्रवृत्ति प्रदान
ख्वप कलेज तथा शारदा क्याम्पसमा स्नातक तह पहिलो र दोस्रो वर्ष, बीबीएम पहिलो सेमेष्टर तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत गरीब तथा जेहेन्दार ८० विद्यार्थीलाई आइतबार छात्रवृत्ति प्रदान गरिएको छ । सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले आर्थिक अवस्था कमजोर भएकै कारण बीचमा पढाइ छाड्न नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले शैक्षिक प्रमाणपत्र धितो...
-
२०७६ बैशाख २३, सोमबार
कुसुण्डा सहयोग अभियान घोषणा
अति लोपोन्मुख जातिको रूपमा रहेको कुसुन्डा परिवारको बालिकाको शैक्षिक र स्वास्थ्य सहयोगका लागि सहयोग अभियान घोषणा भएको छ । नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपालले तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया कुसुण्डाकी छोरी सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान घोषणा गरेको हो । आइतबार दमौलीमा साभ नेपालका अध्यक्ष तुलसी प्रवासले सीमान्त कुसुण्डा...
-
२०७६ बैशाख २३, सोमबार
जनगणनालाई विश्वसनीय बनाउनुपर्ने
जनगणनालाई विश्वसनीय बनाउनुपर्ने आइतबार यहाँ आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय चितवनले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा आयोजित अन्तरक्रियामा वक्ताले जनगणनाको तथ्याङ्कलाई आधार मानी विकास निर्माणका काम हुने भएकाले यसलाई विश्वसनीय बनाउन आवश्यक रहेको बताएका हुन् । जनगणनाको कामलाई प्रभावकारीरूपमा अघि बढाउन स्थानीय...
-
२०७६ बैशाख २३, सोमबार
राजी समुदायमा उमेर नपुग्दै विवाह
कैलालीमा वादी र राजी समुदायको बसोबास छ । अल्पसङ्ख्यक राजी र पिछडिएको वादी समुदायमा अधिकांशको बालविवाह हुन्छ । टीकापुर नगरपालिकाको ज्योतिनगरमा राजी र वादीको बस्ती छ । त्यहाँ बस्ने धेरै किशोरीको उमेर नपुगेरै विवाह हुन्छ । विवाहको अन्तर हेर्दा त्यहाँ हिजोको चलन र आजको चलनमा केही फरक छैन । त्यहाँ १६ वर्षदेखिका किशोरी आमा छन् । आठ कक्षा पढ्दै गरेकी राजी किशोरीले १७ वर्षको उमेरमा विवाह गरिन् । १९...
-
२०७६ बैशाख २३, सोमबार
अभियानकर्मी डा परियार सम्मानित
सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारलाई इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकले सम्मान गरेको छ । डा परियारलाई इन्द्रावती गाउँपालिका र जर्सी सिटी अमेरिकाबीच भगिनी सम्बन्ध स्थापना गर्न अतुलनीय योगदान गरेकाले सम्मान गरिएको हो । डा परियारले भगिनी सम्बन्ध स्थापना गर्ने सन्दर्भमा सङ्कल्प प्रस्ताव पारित गर्न र जर्सी सिटी, न्यू जर्सी संयुक्त राज्य अमेरिका र इन्द्रावती गाउँपालिकाका प्रमुखबीच बृहत्...
-
२०७६ बैशाख २३, सोमबार
शिक्षक सरुवा फुकुवा
शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनाका लागि गत गत महीना रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेको छ । शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट सफल शिक्षकको पदस्थापन हुन थालेपछि विभागले गत चैत ११ मा सरुवा रोक्न निर्देशन दिएको थियो । विभागका महानिर्देशक बाबुराम पौडेलले आन्तरिकतर्फको पदस्थापन र अवकाशका कारण कतिपय विद्यालयमा शिक्षक व्यवस्थापन गर्न कठिनाइ भएको गुनासो...
-
२०७६ बैशाख २३, सोमबार
वादीले विद्यालय पढ्न पाउनुपर्छ स् प्रमुख जिल्ला अधिकारी
बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले यहाँको सबैभन्दा सीमान्तकृत पछाडि परेका गरीब वादी समुदायको बस्तीमा गएर आफू दलितकै छोरा भएकाले पढेलेखेर ठूलो मान्छे बन्न सकिन्छ भनेर स्कूल पढ्न उत्प्रेणा दिनुभएको छ । विपन्न वादी समुदायको दैनिकी, उनीहरुको अवस्था र समस्याका बारेमा बुझ्न सदरमुकाम चैनपुरकै एक बस्तीमा जानुभएका प्रजिअ सुनारले भन्नुभयो, “मान्छे गरीब हुनका पछाडि केही राज्यको सेवा, सुविधा, पहुँच...
-
२०७६ बैशाख २३, सोमबार
लागुऔषध बरामद
लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँ र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले आज बिहान प्रतिबन्धित अफिम र चरेससहित एक जनालाई पक्राउ गरेको छ । गजुरी गाउँपालिका–१ सोतीखोलास्थित कच्ची सडकखण्डबाट डिएल ३ सिएडी ७०८१ नम्बरको मारुती सुजुकी कारभित्र फल्स बटम बनाई लुकाइ निकासी गर्न लागेको अवस्थामा अवैध लागुऔषध अफिम ९७८ ग्राम र चरेस ४७ किलोग्राम प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक...
-
२०७६ बैशाख २३, सोमबार
प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ
जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला गाउँपालिका–१ सिलुवा पाल्पामा प्राविधिक शिक्षा सञ्चालन गर्न श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञानमहायज्ञ आजबाट शुरु हुँदैछ । महायज्ञमा पण्डित नारायण न्यौपानेबाट सङ्गीतमय शैलीमा कथावाचन हुनेछ । महायज्ञ यही वैशाख ३१ गतेसम्म हुनेछ । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । दुर्गम क्षेत्रमा अवस्थित यस क्षेत्रका विद्यार्थी...
-
२०७६ बैशाख २३, सोमबार
मायालु डाँडामा अब हरियाली पार्क
म्याग्दीको पर्यटकीयस्थल मायालु डाँडा लभ्लीहिल मा हरियाली पार्क निर्माण गरिने भएको छ । शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ मा उपलब्ध गराएको रु ३० लाख बजेटबाट म्याग्दीका दुईवटा सामुदायिक वन क्षेत्रका खाली तथा पाखो जग्गामा हरियाली पार्क निर्माण गर्न लागिएको हो । हिमाली जिल्ला म्याग्दीमा हरियाली पार्क निर्माणका लागि दुईवटा सामुदायिक वन...
-
२०७६ बैशाख २३, सोमबार
पिताको स्मृतिमा विद्यालय भवन निर्माण
बागलुङ जिल्लाको अमलाचौरका दुई व्यवसायीले आफैँले अध्ययन गरेको विद्यालयमा आफ्ना बाबुको स्मृतिमा रु छ करोड खर्चेर पक्की विद्यालय भवन निर्माण गरेका छन् । देशकै प्रतिष्ठित आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उहाँका भाइ हेमराज ढकालले बागलुङ नगरपालिका–१२ को अमलाचौरमा रहेको पृथ्वी हीरण्य माध्यमिक विद्यालयमा करीब रु छ करोड २४ लाख खर्चेर विद्यालय भवन निर्माण गर्नुभएको हो । उहाँहरुका बुबा स्व समाजसेवी...
-
२०७६ बैशाख २३, सोमबार
पाँचखालका ऐतिहासिक सम्पदा उत्खनन गरिने
पुरातत्व विभागले पाँचखालका लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खनन गर्ने भएको छ । स्थानीयले सयौँ वर्ष पुराना केही इँटा र मानाङ्क राजा मानदेवले प्रचलनमा ल्याएको मुद्रा, घरको जग, भाँडाका टुक्रा फेला पारेपछि विभागसँग सम्पदा संरक्षणको आग्रह गर्दै आएका थिए । गत चैत पहिलो साता खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना इँटा, मानाङ्क, घरको जग, भाँडाका टुक्रा फेलापरेको स्थानीय श्रीकृष्ण धिमालले...


