STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १५, आइतबार

    निकुञ्जमा जनावर मर्ने क्रम बढ्दो

    बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ ।   प्रदेश नं २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यभाग भएर सडक विस्तार भएपछि त्यस क्षेत्रमा अत्यधिक गतिमा सवारीसाधन चलाउँदा जनावर ओहोरदोहोर गर्ने क्रममा ठक्कर लागेर मर्ने क्रम बढ्दै गएको निकुञ्जका सहायक संरक्षण...

  • २०७६ बैशाख १५, आइतबार

    सुदूरपश्चिमवासीलाई लुम्बिनी भ्रमणको निम्तो

    प्रदेश नं– ५ सरकारले मनाउन लागेको लुम्बिनी भ्रमण वर्ष—२०७६ को तयारीका क्रममा सुदूरपश्चिम प्रदेशवासीलाई निम्तो दिएको छ । लुम्बिनी भ्रमण वर्ष–२०७६ प्रचारप्रसार उपसमितिले आज यहाँ पत्रकार सम्मेलन गर्दै बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि निम्तो दिएको हो । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा प्रदेश नं ५ सरकारको तर्फबाट भ्रमणको...

  • २०७६ बैशाख १५, आइतबार

    प्रदेशमा कर्मचारी अझै पदस्थापन भएनन्

    प्रदेश नं २ सरकार गठन भएदेखि कर्मचारी अभावमा कामकाज प्रभावित भइरहेको बताउँदै आइरहेको अवस्थामा अहिले प्रदेश नं २ मा समायोजन भएर आएका कर्मचारीको एक महीना बित्न लाग्दासमेत पदस्थापन हुन सकेको छैन । प्रदेश सरकारले पदस्थापन गर्न नसक्दा विगत एक महीनादेखि सयांै कर्मचारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै हाजिर गरी तलब पकाइरहेका छन् । सामान्य प्रशासन मन्त्रालयबाट प्रदेश नं २ मा पदस्थापनको लागि...

  • २०७६ बैशाख १५, आइतबार

    पहिलो एकीकृत तथ्याङ्क पोर्टल सञ्चालन

    केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको नेपालको पहिलो एकीकृत तथ्याङ्क पोर्टल सञ्चालनमा आएको छ । राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेशनलडाटा डट जिओभी डट एनपी’ को शुभारम्भ गर्नुभएको हो । सङ्घ, प्रदेश र स्थानीय तहका भूगोल, प्रकृति, स्रोत साधन, सम्भावना र दिगो विकास लक्ष्य आदिका आधारमा तथ्याङ्क प्रशोधन गरिएको सो पोर्टल सरकारको चालू आर्थिक वर्षको नीति तथा...

  • २०७६ बैशाख १५, आइतबार

    विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

    जिल्लामा लामो समयदेखि काम गर्दै आइरहेका ग्रामीण विकास सेवा केन्द्र आरडिएससी नामक संस्थाले यहाँका सात स्थानीय तहलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ ।   उक्त सामग्री युकेएडको आर्थिक सहयोगमा सञ्चालित अनुकूलन–एक्स÷ब्रेस्ड परियोजनाले उपलब्ध गराएको हो । विपद् व्यवस्थापन सामग्री पाउनेमा दिपायल सिलगढी र शिखर नगरपालिका तथा आदर्श, सायल, बडिकेदार, पूर्वीचौकी र जोरायल गाउँपालिका छन् । संस्थाले...

  • २०७६ बैशाख १५, आइतबार

    सडक स्तरोन्नति गर्ने कार्य शुरु

    बागलुङका  विभिन्न गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत बहुवर्षीय योजनामा यो सडक स्तरोन्नति गर्न लागिएको हो । चालू आर्थिक वर्षभित्र काम सक्नेगरी सङ्घीय सरकारको रु एक करोड र नगरपालिकाको भौतिक पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु ३७ लाख गरी कूल रु एक करोड ३७ लाख बराबरको बजेटमा सडकको स्तरोन्नतिको काम थालिएको हो । हाल...

  • २०७६ बैशाख १५, आइतबार

    बाघको आहारा प्रजातिको अनुगमन

    चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको अनुगमन सोमबारबाट शुरु गरिने भएको छ । मृग प्रजातिसँगै निलगाई, बँदेललगायतको अवस्थाको बारेमा थाहा पाउन अनुगमन गर्न लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख गोपाल घिमिरेका अनुसार आँखाले प्रत्यक्ष हेरेर गणना गर्ने ट्रान्जिट लाइन÷डिस्टेन्स स्याम्पलीङ म्याथर्ड बाट अनुगमन गरिँदैछ । निकुञ्जलाई चार भागमा विभाजन गरेर छ वटा समूह बनाएर...

  • २०७६ बैशाख १५, आइतबार

    नेकपा र काङ्ग्रेसलाई महासङ्घको ध्यानाकर्षणपत्र 

    नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेसलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।  महासङ्घका पदाधिकारीले आज बिहान नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन् । महासङ्घले ध्यानाकर्षण पत्रमा राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई आवश्यक परिमार्जनसहित दृढतापूर्वक...

  • २०७६ बैशाख १५, आइतबार

    गृहमन्त्रीद्वारा भवन उद्घाटन

    गृहमन्त्री रामबहादुर थापाले जिल्ला प्रशासन कार्यालय भोजपुरको भवनको आज उद्घाटन गर्नु भएको छ ।  १८ कोठा रहेको  उक्त भवन रु चार करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिनुभयो । भवन  सरकारको लागतमा निर्माण भएको हो । विसं २०६० फागुन १९ गते पुरानो कार्यालय रहेको भवनमा आगजनी गरिएपछि सोही स्थानमा नयाँ  कार्यालय भवन निर्माण गरिएको हो । भवनसँगै मन्त्री थापाले...

  • २०७६ बैशाख १५, आइतबार

    यातायातामा सुधार

    जाजरकोट नलगाड नगरपालिका– ४ का बद्री पन्त दुई महीनाअघि डोल्पा आउँदा यातायात व्यवसायीबाट हैरानी व्यहोर्नुपरेको थियो ।   उहाँ अहिले जाजरकोट–डोल्पा सडकखण्ड यात्रा गर्दै दुनै पुग्दा आनन्दले यात्रा गरेको बताउनुहुन्छ । उहाँ जस्तै अर्का यात्रु राजबहादुर शाहीले पनि यो पटक यात्रा सोचेको भन्दा पृथक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “डोल्पा प्रशासनको कार्य निकै राम्रो लाग्यो, सिटभन्दा बढी यात्रु नराख्दा...

  • २०७६ बैशाख १५, आइतबार

    जेष्ठ नागरिकको भत्ता बढ्छ रक्षामन्त्री पोखरेल

    उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताउनुभएको छ । आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान एवं रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक रु पाँच हजार पु¥याइने जानकारी दिनुभयो ।   “ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य...

  • २०७६ बैशाख १५, आइतबार

    भटमास प्रशोधन उद्योगका लागि पहल

    सस्तो मूल्यको चामलसँग साटिने भटमासको प्रशोधन उद्योग खोल्न पहल थालिएको छ । वर्षात्को समयमा मकैसँगै उत्पादन हुने भटमासको डडेल्धुरामै प्रशोधन गर्न उद्योग खोल्न लागिएको हो । डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा खेती गरिँदै आइएको भटमासलाई आधुनिक खेतीमार्फत उत्पादन बढाई प्रशोधनका लागि उद्योग स्थापना गर्ने अवधारणा अघि सारिएको हो । करीव ६० करोड रुपैयाँको लागतमा सुदूरपश्चिमका पहाडी...

Pages