-
२०७६ बैशाख १५, आइतबार
चट्याङबाट एकको मृत्यु
हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरी बोदेबर्साइनको सोनापुरमा आज एक वद्धको मृत्यु भएको छ । बोदेबर्साइनका नगरपालिका–८ सोनापुर बस्ने अन्दाजी ६० वर्षीयको मोहन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । आफ्नै खेतमा काम गरिरहेका बेला हावाहुरी र वर्षासँगै परेको चट्याङ लागि उनको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो ।
-
२०७६ बैशाख १५, आइतबार
सरकारी विद्यालयमा भर्ना गराउँदै जनप्रतिनिधि
पर्वतमा निजी विद्यालय छाडेर सरकारी विद्यालयमा भर्ना गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक, अभिभावक र विभिन्न स्थानीय तहका जनप्रतिनिधिले पनि निजीबाट बालबालिकालाई छुटाएर सरकारी विद्यालयमा भर्ना गराउन थालेका हुन् । अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेपछि जलजला गाउँपालिका–९ बनौका जनप्रतिनिधि र शिक्षक तथा अभिभावकले आफ्ना बालबालिका सामुदायिक...
-
२०७६ बैशाख १५, आइतबार
लगानीका लागि राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार चाइना कमर्शियल स्टक इण्टरप्राइजेज को संयुक्त आर्थिक समिति ९इकोनोमिक ज्वाइण्ट कमिटी का अध्यक्ष वाङ फुकिङ तथा चीन – नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तित्वसँग भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको बैठक आयोजना गरेकामा धन्यवाद व्यक्त गर्दै नेपालको परिस्थिति अनुकूल भएको, आर्थिक...
-
२०७६ बैशाख १५, आइतबार
सडकमा कोही भोकै हिँड्नुपर्दैन ः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै उहाँले गरीब र अशक्तलाई सरकारले खान र बस्नका लागि जिम्मा लिने भएकाले आगामी पन्ध्रांैँ योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय गिरावट आउने जिकिर गर्नुभयो । आयोगका अध्यक्ष ओलीले भन्नुभयो,“हामी...
-
२०७६ बैशाख १५, आइतबार
अध्यक्षको तलबबाट विपन्नलाई सहयोग
दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आफूले पाएको पारिश्रमिकमध्येको रु एक लाख ८० हजार रकम गाउँपालिकाभित्र रहेका विपन्न, दलित, द्वन्द्वपीडित र जेहेन्दार व्यक्तिलाई हस्तान्तरण गर्नुभएको छ । गाउँपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले निर्वाचन भएको दुई वर्षको अवधिसम्म प्राप्त गरेको पारिश्रमिकमध्येकै रकमबाट विभिन्न समस्या भएका सातजना व्यक्तिलाई रु एक लाख ८० हजार...
-
२०७६ बैशाख १५, आइतबार
केपिएल ः मध्यपश्चिम विजयी
वीरेन्द्रनगरमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग केपिएल मा मध्यपश्चिम क्रिकेट क्लबले पहिलो जीत दर्ता गरेको छ । कालिञ्चोक मैदानमा आज बिहान सम्पन्न खेलमा झापाको लालीगुराँस क्रिकेट एकेडेमीलाई सात विकेटले हराउँदै मध्यपश्चिम खाता खोल्न सफल भएको हो । टस जितेर ब्याटिङ गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । ११२ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लबले तीन विकेट गुमाएर १६।१...
-
२०७६ बैशाख १५, आइतबार
निर्माण व्यवसायीलाई पुनःनिर्माणको प्रक्रियामा ल्याइने
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अहिलेको विकासको गति सरकारले सोचेअनुरुप अघि बढ्न नसकेको बताउनुभएको छ । नगरकोटस्थित तेलकोटमा आज आयोजित मनोहरा–नीलबाराही–चाँगु–तेलकोट सडकको शिलान्यास गर्दै उहाँले विकास कार्यमा कहीँ न कहीँ अप्ठ्यारो देखिएकाले त्यसलाई छिचोलेर सरकार अघि बढ्ने बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले बिआरआई परियोजनामा परिसकेकाले अब नेपालमा रेल आउने कुरा निश्चित भएको...
-
२०७६ बैशाख १५, आइतबार
शैक्षिक प्रमाणपत्र लिएर युवालाई ऋण
पाल्पाको बगनासकाली गाउँपालिका वडा नं २ पोखराथोककीे सचिना अधिकारीले स्नातक तह उत्तीर्ण गर्नुभयो । उहाँ जागीरका लागि धेरै ठाउँमा भौँतारिनुभयो । जागीर दिने निकायमा आफन्त वा इष्टमित्र नहुँदा योग्यता भएर पनि जागीर नपाएको अनुभव उहाँले सङ्गाल्नुभएको छ । अधिकारी जस्तै धेरै युवाका लागि बेरोजगारी गम्भीर चुनौती बन्दै गएको छ । अघिल्लो वर्ष मात्रै बगनासकाली गाउँपालिकाले बेरोजगार शिक्षित युवालाई शैक्षिक...
-
२०७६ बैशाख १५, आइतबार
अन्तर नगरपालिका फुटबल प्रतियोगिता वैशाख १८ देखि
नुवाकोटको बट्टारस्थित खेलमैदानमा राष्ट्रियस्तरको अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । विदुर नगरपालिकाको आयोजना तथा जिल्ला फुटबल सङ्घ नुवाकोटको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशभित्रका महानगर, उपमहानगर र नगरपालिकालाई पत्राचार गरिएको छ । देशभरिका १० टिमलाई सहभागी गराउने उद्देश्य रहेको एन्फा उपाध्यक्ष उद्वव पनेरुले बताउनुभयो । पनेरुका अनुसार वैशाख १८...
-
२०७६ बैशाख १५, आइतबार
एतिहासिक ढुङ्गेधारा उत्खनन
तत्कालीन सिंजा राज्यकालको समयमा राजारानीले नुहाउने ढुङ्गेधारा उत्खनन गरिएको छ । दुल्लु नगरपालिका–५ मुडेदेवलको भूमेथानमा जमीनमुनि ढुङ्गेधारा रहेको बुढापाकाको भनाइलाई ध्यानमा राखेर थालिएको उत्खननपछि धारा भेटिएको हो । दुल्लु नगपालिका–५ को बजेटबाट चैतको दोस्रो हप्तादेखि शुरु गरिएको उत्खनन सकिएको छ । उत्खननपछि एउटै ढुङ्गाबाटै धारालगायतका ऐतिहासिक कलात्मक कपडा फेर्ने ठाउँ पनि ढुङ्गाबाटै बनाइएको...
-
२०७६ बैशाख १५, आइतबार
विपन्न महिलालाई अनुदान
शहीद लखन गाउँपालिकाले पालिकाभित्रका विपन्न महिलालाई आयआर्जन वृद्धिका लागि अनुदान प्रदान गरेको छ । गाउँपालिकाले नौ वडाका ६३ विपन्न महिलालाई अनुदान उपलब्ध गराएको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख सुदीप विकले जानकारी दिनुभयो । “सबै वडाका विपन्न महिला जो दैनिक जीविकोपार्जन गर्न समस्यामा परेका छन्, उहाँहरुलाई छनोट गरेर अनुदान सहयोग गरिएको हो”, प्रमुख विकले भन्नुभयो, “अनुदान सहयोग गरिएका सबैलाई...
-
२०७६ बैशाख १५, आइतबार
नियमित विद्युत् आपूर्तिपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव
नियमित रुपमा विद्युत् उपलब्ध भएपछि मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्याङ्कअनुसार कूल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ४० प्रतिशतले वृद्धि हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले २०७५ वैशाखदेखि औद्योगिक क्षेत्रमा समेत विद्युत्भार कटौतीको अन्त्य गरेको थियो । यस्तै...


