STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १५, आइतबार

    चिया उद्योगी विरुद्ध आन्दोलन

    आन्दोलनमा उत्रिएका चिया मजदुरले आज झापाको विर्तामोडमा चिया उद्योगीको पुल्ला दहन गरेका छन् ।   विगत २८ दिनदेखि आन्दोलनमा रहेका नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घमा आवद्ध मजदुरले उद्योगीविरुद्ध चर्को नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् ।  सरकारले राजपत्रमै प्रकाशित गरी चिया मजदुरको न्यूनतम ज्याला तोके पनि उद्योगीले सो अनुसारको ज्याला...

  • २०७६ बैशाख १५, आइतबार

    भारतमा बस दुर्घटनामा दशको मृत्यु, २६ घाइते

    भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा कम्तीमा दश जनाको मृत्यु भएको छ ।  यात्रुबहाक बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा परी घाइते भएका २६ मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।  शनिबार राति चम्बा जिल्लाको पन्चपुल गाउँमा दुर्घटना भएको प्रहरी अधिकारीले आइतबार जानकारी दिएका छन् । घटनास्थल हिमाञ्चल प्रदेशको राजधानी शिम्लादेखि ३२७ किलोमिटर टाढा पर्दछ ।  “गतराति यात्रु...

  • २०७६ बैशाख १५, आइतबार

    इन्डोनेसियामा बाढीका कारण १२को मृत्यु, १५ हजार विस्थापित

    इन्डोनेसियामा आएको पछिल्लो बाढीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् ।  सरकारी अधिकारीले बाढीका कारण १५ हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएको आइतबार जानकारी दिएका छन् ।  राजधानी जाकार्ता र बेङकुलु प्रान्तको पश्चिमी क्षेत्रमा आएको बाढीले विस्थापित भएकालाई नजिकै शिविर निर्माण गरी राखिएको अधिकारीले जनाएका छन् । इन्डोनेसियामा बाढीको प्रकोप बेला बेलामा भइरहने...

  • २०७६ बैशाख १३, शुक्रबार

    भूकम्पपीडितलाई घर बनाउन लालपुर्जा

    ०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण क्षति पु¥याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारलाई एकीकृत बस्ती निर्माण गर्नका लागि बिहीबार  लालपुर्जा हस्तान्तरण गरिएको छ ।   भूकम्पले क्षति पु¥याएर चिरा पारेको उक्त बस्तीमा २०७५ साल असार १२ गतेको भीषण वर्षाले बस्ती नै  भासिएपछि जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले चौथो भूकम्प स्मृति दिवसका अवसरमा पीडित दश परिवारलाई एकमुष्ट...

  • २०७६ बैशाख १३, शुक्रबार

    चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी

    जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन् । वर्षेनी चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा त्रसित हुने गरेका छन् । बिहान, दिउँसो र साँझ जुनसुकै बेला पनि आकाशमा गड्यङगुडुङ गर्न शुरु गरेपछि घरभित्र छिर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको...

  • २०७६ बैशाख १३, शुक्रबार

    नदी दोहन तीव्र

    बाँकेको राप्तीसोनारी गाउँपालिकाको धेरै भूभाग खोला र राप्ती नदी आसपासमा पर्छ । जहाँ ढुङ्गा, गिट्टी र बालुवा प्रशस्त पाइन्छ । राप्तीसोनारीको वडा नं १, २, ५, ६ र ९ को अधिकांश क्षेत्र खोलानाला र नदीको बगर क्षेत्रभित्र पर्दछ । यही क्षेत्रमा ढुङ्गा, गिट्टी र बालुवाको अवैधरूपमा दोहन भइरहेको छ । ती खोला तथा राप्ती नदी बगरमा दिनरात एक्साभेटर चलिरहेका छन् । नदीबाट उत्खनन गरिएका ढुङ्गा, गिट्टी, बालुवा...

  • २०७६ बैशाख १३, शुक्रबार

    फोरम सुनसरीको अध्यक्षमा खत्वे

    सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीको अध्यक्षमा भगीरथ खत्वे विजयी भएका छन् । देवकृष्ण यादवलाई २५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा खत्वे चयन भएका हुन् । बिहीबार साँझ सम्पन्न भएको मतदानमा अध्यक्षमा खत्वेले २९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्धन्दी यादवले चार मत मात्र प्रात गर्नुभएको थियो । त्यसैगरी फोरमको उपाध्यक्षमा सरिफ रैन, सचिवमा रवीन्द्र राई, सहसचिवमा अभिनन्द यादव र...

  • २०७६ बैशाख १३, शुक्रबार

    पुनः निर्माणले गति लिएन

    चार वर्षअघि वैशाख १२ गते गएको भूकम्पले बागलुङका दुई हजार ३७५ घरमा पूर्ण क्षति भयो । उक्त क्षतिकै आधारमा पुनःनिर्माण प्राधिकरणले रातो कार्ड दिएर लाभग्राही घोषित गरेपछि पुनःनिर्माणको काम थालेको थियो । चार वर्ष बितेपछि घर बनाउने काम भने ५० प्रतिशत पनि सकिएको छैन । त्यसो त प्राधिकरणले ८० प्रतिशत काम सकिएको दाबी गर्न छाडेको छैन । प्राधिकरणले पटक–पटक फेर्ने प्रावधान र अनुदानको किस्ता वितरणको कठिनाइले...

  • २०७६ बैशाख १३, शुक्रबार

    भूकम्पको चार वर्ष ः ‘अधिकार आयो, जनशक्ति आएन’

    भूकम्प गएको चार वर्ष बितिसक्दा पनि काभ्रेपलाञ्चोक जिल्लामा भूकम्प पुनःनिर्माणको कामले सोचेअनुसार गति लिनसकेको छैन । जिल्लाभरिमा भूकम्पले क्षति पु¥याएका घरमध्ये अहिलेसम्म करीब ४० प्रतिशतले मात्रै तेस्रो किस्ता लगिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकको तथ्याङ्कमा उल्लेख छ । जम्मा क्षति पुगेका लाभग्राहीमध्ये १० प्रतिशतले त सम्झौता गर्न नै बाँकी रहेको...

  • २०७६ बैशाख १३, शुक्रबार

    ‘भूकम्पको घर त्यो, मेरो घर यो

    “अहिले पनि भूकम्पको घर त्यो, मेरो घर यो भनेर अनुदानमा बनेको घरलाई पर र पुरानो घरलाई आफ्नो भनेर देखाउने अवस्था कायमै छ, पुरानै घरमा बसिरहेको अवस्था पनि छ, यस्तो अवस्थामा अर्को विपत् आइपर्दा जोखिमको चिन्ता छ ।” ट्रान्परेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष सोमराज रेग्मीले भूकम्पबाट अति प्रभावित १४ जिल्लाको अध्ययनमा आएका विषयवस्तुबारे जानकारी दिनुभयो । अध्ययनका क्रममा कतिपय जिल्लाका भूकम्प प्रभावित नयाँ...

  • २०७६ बैशाख १३, शुक्रबार

    दूषित पानी पिउँदा ९८ बिरामी

    गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ बिरामी परेका छन् । बिरामीमध्ये तीनको गुल्मी अस्पताल तम्घास, एकको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास र अन्य छको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी शिविरमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जनाकारी दिनुभएको छ । बिरामी परेकामध्ये स्थानीय कुमारी सिंजालीको अवस्था गम्भीर रहेको बताइएको छ...

  • २०७६ बैशाख १३, शुक्रबार

    गाउँपालिकाद्वारा तीन सय विपन्न परिवारको बीमा

    तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न घरधुरीको स्वास्थ्य बीमा गराएको छ । आर्थिक रूपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा ३०० घरपरिवारको बीमा गराएको हो । आर्थिक अभावमा स्वास्थ्य बीमामा सहभागी हुन नसक्ने घरपरिवार छनोट गरी गाउँपालिकाले नै बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार छ वडाबाट ५०÷५० घरधुरी...

Pages