-
२०७६ बैशाख ११, बुधबार
व्यापारिक महोत्सवमा अठार करोड आम्दानी
ओखलढुङ्गामा भएको औद्योगिक महोत्सवले रु १८ करोड आम्दानी गरेको छ । उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ११ दिने महोत्सवमा विभिन्न शीर्षकमा रु १८ करोड रकम उठाएको हो । पहिलोपटक जिल्लामा आयोजना गरिएको औद्योगिक महोत्सवमा रु १८ करोडको कारोबार भएको सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताउनुभयो । गत चैत ३० गतेबाट शुरु भएको ओखलढुङ्गा महोत्सव मङ्गलबार अबेर सकिएको छ । महोत्सवमा स्थानीय जातजातिको वेषभूषा,...
-
२०७६ बैशाख ११, बुधबार
दुई सय २३ सम्पदाको पुनःनिर्माण
भूकम्पका कारण क्षति भएका सम्पदामध्ये हालसम्म २२३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पले भत्किएका सम्पदामध्ये पुरातत्व विभागमार्फत १६१, पशुपति क्षेत्र विकास कोषमार्फत २० र अन्य सङ्घसंस्थामार्फत ४२ गरी हालसम्ममा २२३ सम्पदाको पुनःनिर्माण सकिएको हो । त्यसैगरी पुरातत्व विभागमार्फत चालू आर्थिक वर्षमा २०५ सम्पदाको पुनःनिर्माण भइरहेको छ । भूकम्पले भत्किएका सम्पदामध्ये पशुपति विकास...
-
२०७६ बैशाख ११, बुधबार
बाह्र वर्षपछि सडक विवाद मिल्यो
निर्माणकार्य थालिएको १२ वर्षपछि जाजरकोट–जुम्ला सडकको विवाद मिलाउन कर्मचारीसहित प्रदेशसभा सदस्य गाउँमा पुगेका छन् । विभिन्न स्वार्थका कारण सडक जथाभावी निर्माण हुँदा यातायातका हलुका सवारीसाधन चल्न धौधौ परेको यस सडक खण्डमा विवाद सल्ट्याउन कर्मचारी लिएर प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह गाउँ पुगेका हुन् । सिंहसँगै सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्ट, पूर्वसांसद भक्तबहादुर शाह, जिल्ला...
-
२०७६ बैशाख ११, बुधबार
२० स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता
२० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन सङ्घको राष्ट्रिय टोलीले २० स्वर्ण पदक जितेको हो । अलइन्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोसिएसन अफ इन्डियाको सहयोगमा आयोजित...
-
२०७६ बैशाख ११, बुधबार
ओझेलमा मगर सङ्ग्राहलय
मगर समुदायले भाषा संस्कृतिसंरक्षणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला रोल्पामा स्थापना गरिएको मगर सङ्ग्राहलय भने बन्द हुने अवस्थामा पुगेको छ । सङ्ग्राहलय सञ्चालनका लागि बजेटको अभाव भएसँगै उक्त सङ्ग्राहलय बन्द हुने अवस्थामा पुगेको हो । रोल्पा सदरमुकाम लिवाङमा रहेको उक्त सङ्ग्राहलय एक कोठामा सीमित हुनपुगेको छ । प्रचारप्रसारको अभावमा सङ्ग्राहलयबारे धेरैलाई जानकारी छैन । मगर बाहुल्यता रहेको...
-
२०७६ बैशाख ११, बुधबार
प्रवासीद्वारा विद्यालयलाई पाँच लाख सहयोग
म्याग्दीको अन्पूर्ण गाउँपालिका–८ राम्चेमा रहेको देउराली आधारभूत विद्यालयलाई प्रवासी एक परिवारले रु पाँच लाख आर्थिक सहयोग गर्नुभएको छ । विद्यालयमा कम्प्युटर कक्षाका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्नका लागि राम्चे घर भई हाल बेलायतमा रहनुभएका स्व मोहनबहादुर पुर्जाका श्रीमती र भाइहरूले मङ्गलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गर्बुजालाई रकम हस्तान्तरण गर्नुभयो । दिवङ्गत मातापिताको...
-
२०७६ बैशाख ११, बुधबार
आठौँ खेलकूद ः नेपाली खेलकूदको युग परिवर्तन
आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिता ऐतिहासिक रुपमा आज सम्पन्न हुँदैछ । पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार र खेल समावेशका आधारले आठौँ प्रतियोगितासँगै नेपाली खेलकूद नयाँ युगमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकूद परिषद् राखेप का सदस्य–सचिव केशवकुमार विष्टले आफ्नै पूर्वाधारमा पहिलोपटक प्रतियोगिता गर्न सफल भएकाले ऐतिहासिक भएको बताउनुभयो । “सीमित साधनस्रोतका बीचमा...
-
२०७६ बैशाख ११, बुधबार
बस दुर्घटना स् पाँचको मृत्यु, ३४ घाइते
डडेल्धुराको न्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ ख १८३१ नम्बरको बस डडेल्धुराको साहुँखर्कमा आज बिहान करीब ४।३० दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा बझाङ केदारस्यु गाउँपालिका बस्ने...
-
२०७६ बैशाख ११, बुधबार
तङ्ग्रिदै भूकम्पले क्षतिग्रस्त बनाएका खेल संरचना
विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी ‘गोरखा भूकम्प’ का कारण क्षतिग्रस्त खेलकूदका संरचना क्रमिकरूपमा पुनःनिर्माण हुँदैछन् । भूकम्प गएको चार वर्ष पुग्दै गर्दा क्षतिग्रस्त बनेको खेलकूदका भौतिक संरचना दशरथ रङ्गशाला, त्रिवि क्रिकेट मैदान तथा सातदोबाटोस्थित पौडी पोखरी र धेरै जिल्लाका प्रमुख खेलस्थलमध्ये केही संरचना पुनःनिर्माण भइसकेको र केही पुनःनिर्माणको अन्तिम चरणमा पुगेका छन् । भूकम्पका कारण...
-
२०७६ बैशाख ११, बुधबार
राष्ट्रपति भण्डारी चीन प्रस्थान
राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री र गृहमन्त्रीले बिदाइ गर्नुभयो । सो अवसरमा मन्त्रिगण...
-
२०७६ बैशाख ११, बुधबार
कुस्तीका राष्ट्रिय खेलाडी विष्ट गम्भीर बिरामी
नेपालगञ्जमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी एक खेलाडीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । कुस्ती खेलको निर्णायकको भूमिका निर्वाह गरिरहनुभएका सुर्खेत वीरेन्द्रनगर–९ लाटीकोइलीका २४ वर्षीय निर्मल विष्टलाई उपचारका लागि काठमाडौँ लगिएको छ । विष्ट कुस्तीका राष्ट्रिय खेलाडी हुनुहुन्छ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप० को सहजीकरणमा विष्टको काठमाडौँ बल्खुस्थित वयोधा अस्पतालमा उपचार...
-
२०७६ बैशाख ११, बुधबार
जसले अन्तर्राष्ट्रिय कराँतेमा नेपालको इतिहास रचे
सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाले भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्यिनसिप तथा किक बक्सिङमा उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण पदक जितेर सबैलाई चकित पारिन् । उनले विदेशी भूमिमा स्वर्ण पदक जितेर नेपालको नाम राख्ने धोको यसपटक पनि पूरा गरिन् । यसअघि भारतको पुनामा भएको च्याम्पियनसिपमा समेत स्वर्ण पदक हात पारेकी उनले अहिले पनि इतिहास दोहो¥याइन । कातातर्फको पहिलो खेलमै...


