-
२०७६ बैशाख १२, बिहिबार
पाँचौँ एबियू मिडिया सम्मेलनः जलवायु परिवर्तन र विपत् पूर्वतयारीबारे छलफल
विपत्का समयमा जनतालाई सुरक्षित बनाउन, सूचना प्रदान गर्न र सङ्कटबाट बचाउनका निम्ति एशिया प्रशान्त क्षेत्रमा क्रियाशील रेडियो र टेलिभिजनको पाँचौँ सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । सम्मेलनको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुभारम्भ गर्नुभयो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले प्राकृतिक प्रकोप निम्त्याउनका लागि मानव जातिले गरेको व्यवहारका बारेमा रेडियो...
-
२०७६ बैशाख १२, बिहिबार
अल्लोको कपडा उत्पादन गरिने
सिन्धुली फिक्कल गाउँपालिका–१ महादेवडाँडाका स्थानीयवासीले अल्लोलाई प्रशोधन गरेर कपडा बनाउन थालेका छन् । अल्लोबाट कपडा बनाउने सम्बन्धी एक महिने तालीम लिएपछि उनीहरु व्यावसायिक रूपमै कपडा बुन्ने अभियान शुरु गरेका हुन् । फिक्कल गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीले अल्लोको महत्व र उपयोगिताबारे जानकारी गराएपछि स्थानीयवासीले त्यसबाट कपडा बुन्ने व्यवसाय सञ्चालन गर्न अग्रसर भएका...
-
२०७६ बैशाख १२, बिहिबार
सिरियाको द्वन्द्व समाधानका लागि कजाकिस्तानमा वार्ता
कजाकिस्तानको राजधानी नुर–सुल्तानमा सिरियामा जारी द्वन्द्वको उपयुक्त समाधानको उपाय पहिल्याउने उद्देश्यले छलफल गर्न इरान, रुस र टर्कीका प्रतिनिधिहरु भेला भएका छन् । तीन ओटा शक्ति राष्ट्र र सिरिया सरकारका प्रतिनिधिहरु पनि नुर–सुल्तान आइपुगेका कजाकिस्तानका विदेश मन्त्रीले पुष्टि गर्नु भएको छ । शुक्रबार दिनभर वार्ता हुने बताइएको छ । सिरियाका लागि संयुक्त राष्ट्रसंघका दूत गेइर पेडर्सन पनि वार्तामा...
-
२०७६ बैशाख १२, बिहिबार
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाको मैदालान सम्याउने काम शुरु
चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम बुधबारबाट शुरु भएको छ । डोजर र ग्रेडरले मैदानको मुख्य कालोपत्र बन्ने ठाउँ सम्याउन शुरु गरिएको हो । मैदानमा कालोपत्र निर्माणको प्रारम्भिक काम गर्न नेपालका क्युरेटर कोमल पाण्डेले माटोको प्रकृतिबारे जाँच गर्नुभएको छ । उहाँका अनुसार रङ्गशाला निर्माण हुन लागेको ठाउँको माटो क्रिकेट कालोपत्र निर्माण गर्न उपयुक्त छ । “कालोपत्र...
-
२०७६ बैशाख १२, बिहिबार
खोजमूलक समाचारमा ध्यान दिन निर्देशन
राष्ट्रिय समाचार समिति रासस का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको लहानस्थित रासस कार्यालयको निरीक्षण गरेको छ । प्रदेश नं १ स्तरीय प्रशिक्षण कार्यक्रम सकिएर राजधानी फर्किने क्रममा आज लहानस्थित कार्यालयको निरीक्षण गर्दै अध्यक्ष अधिकारीले कार्यालय व्यवस्थापनसँगै खोजमूलक समाचारमा बढी ध्यान केन्द्रित गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । टोलीमा राससका जिल्ला समाचारदाता संयोजक प्रकाश...
-
२०७६ बैशाख १२, बिहिबार
पढाइमा उत्कृष्ट बने असहाय बालबालिका
कुनै समय सडकमा भौतारिएर हिँड्ने गरेका बालबालिका अहिले भने पढाइमा अब्बल बन्दै गएका छन् । सहाराविहीन बनेर सडकमा हिँडिरहेका बालबालिकामध्ये कतिपयले अहिले कक्षामा प्रथम हुन सफल भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित असहाय बाल विकास नेपाल र तुलसीपुर–६ डुंम्रिगाउँस्थित दिदीघर संस्थाले पालन पोषण तथा शिक्षा दिक्षा दिइरहेका बालबालिकामध्ये केही विद्यार्थी कक्षामा प्रथम हुन सफल भएका हुन्...
-
२०७६ बैशाख ११, बुधबार
मदिराले धानेको राजश्व
आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस कार्यालयमा सङ्कलन हुने राजश्वको ८७ प्रतिशत हाराहारी वियर र मदिराको हुने गरेको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म सङ्कलन भएको कूल राजश्व रु २० अर्ब चार करोड ७० लाख ८६ हजारमध्ये रु १७ अर्ब ६७ करोड ९३ लाख ४१ हजार अन्तःशुल्कको रहेको छ । कार्यालयका सूचना...
-
२०७६ बैशाख ११, बुधबार
नीतिविपरीत जनप्रतिनिधिले कार्य गरेको आरोप
हरेक विकास निर्माणका आयोजनामा स्थानीय तथा प्रदेश सरकारले नीतिविपरीत कार्य गरेको भन्दै निर्माण व्यवसायीले असन्तुष्ट व्यक्त गरेका छन् । जनताको अपनत्व जगाउने कार्यप्रति बेवास्था गरेको उनीहरुको आरोप छ । स्थानीय उपभोक्ताको प्रत्यक्ष संलग्नतामा विकास निर्माण गर्ने परिपाटी भए पनि स्थानीय र प्रदेश सरकारले त्यसविपरीत कार्य गरिरहेको भन्दै निर्माण व्यवसायी समितिले सो कार्य तत्काल सच्याउनसमेत अपिल गरेको छ...
-
२०७६ बैशाख ११, बुधबार
विकास योजनाको अनुगमन
सूर्यविनायक नगरपालिकाले विकास अनुगमन शुरु गरेको छ । नगरपालिकाको पूर्वाधार विकास समितिको नेतृत्वमा मङ्गलबार भएको अनुगमनका क्रममा सडक, पुल, सामुदायिक भवनदेखि फुटसलसम्मको निर्माणको अवस्थाबारे अनुगमन गरेको थियो । नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली, समितिका अध्यक्ष एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, सदस्य अर्जुन खतिवडा, इञ्जिनीयर जनक न्यौपाने, नगरपालिकाका प्राविधिक एवं कर्मचारी र...
-
२०७६ बैशाख ११, बुधबार
मोटरसाइकल दुर्घटनामा मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा मङ्गलबार मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–१ झुम्काका २६ वर्षीय उमेश चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १२३६ नंको ट्रकले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को५प ५०३३ नंको...
-
२०७६ बैशाख ११, बुधबार
१८ वर्षदेखि व्यवसाय गर्दै न्यूनदृष्टियुक्त
पोखरा बागलुङ भूपि शेरचन राजमार्मा १८ वर्षदेखि एक दृष्टिविहीनले ओखलमा टिमुर र खुर्सानी कुटेर व्यापार गर्दै आउनुभएको छ । अन्नपूर्ण गाउँपालिका–३ का ५० वर्षीय अमृत तुलाचनले विसं २०५८ देखि उक्त व्यापार गर्दै आउनुभएको हो । क्षयरोगका बिरामी उहाँले नौ वर्षसम्म नियमित औषधि खानुहुन्थ्यो । विस्तारै औषधिको असरले उहाँको दृष्टिशक्ति गुम्न पुगेको तुलाचनले बताउनुभयो । एक छोरा, दुई छोरीका बुबा उहाँले सोही...
-
२०७६ बैशाख ११, बुधबार
स्थानीय तहमा नेकपाको नेतृत्व
जिल्लाका दश वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी नेकपा को नेतृत्व टुङ्गिएको छ । पार्टी जिल्ला संयन्त्रको सिफारिशका आधारमा गण्डकी प्रदेश समितिले मङ्गलबार नेतृत्वको अन्तिम टुङ्गो लगाएको हो । यसअघि पार्टीको जिल्ला संयन्त्र बैठकले पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्र लाई पाँच÷पाँच स्थानीय तहमा नेतृत्व बाँडफाँट गर्ने निर्णय गरेको थियो । बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका, काठेखोला र बडिगाड...


