STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख ११, बुधबार

    गुफाभित्र कार्यपालिकाको बैठक

    तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ ।  बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक मङ्गलबार सो गुफाभित्र सम्पन्न गरेको हो ।  पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले प्रत्येक वडामा पुगेर कार्यपालिकाको बैठक गर्ने...

  • २०७६ बैशाख ११, बुधबार

    मार्सी धान जोगाउन डिपिआर तयार

    विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डिपिआर तयार गर्न थालिइएको छ ।  जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सो गाउँपालिकाले अहिले डिपिआर तयार गर्न थालेको हो ।  गुरुयोजना निर्माणका लागि डिपिआरको काम अगाडि बढाइएको गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । यसले कालीमार्सीको गुणस्तर, उत्पादन परिणाम तथा...

  • २०७६ बैशाख ११, बुधबार

    बीमाले उत्साह

    कालीमार्सी जोगाउन अहिले किसानले बीमासमेत गर्न थालेका छन् । मार्सी चामलको माग बढिरहेकाले यसको सुरक्षा गर्न बीमा पनि आवश्यक छ, स्थानीय किसान बताउँछन् । मार्सी चामलको माग बढ्दै गए पनि खेतीमा बढी दुःख गर्नुपर्ने भएकाले किसानको रुचि घट्दै गएको थियो । मार्सी हुने खेतमा समेत उन्नत धानको खेती श्ुरु भएको थियो । मार्सी धाननै लोप हुने जोखिम बढ्दै गएपछि बीमा सुविधा पनि दिइएको शिखर इन्स्योरेन्स कम्पनीले...

  • २०७६ बैशाख ११, बुधबार

    नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती

    एसिसी १६ वर्षमुनि यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोसो खेलमा नेपालले मलेशियालाई १४२ रनको चुनौती दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमवल ५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल बनायो । नेपालका लागि आशीष भट्टराईले सर्वाधिक ३४ रनको योगदान दिए भने विशालविक्रम केसीले २८, दीपक बोहोरा र अर्जुन कुमालले समान १६÷...

  • २०७६ बैशाख ११, बुधबार

    काङ्ग्रेस नेता ताम्राकारको निधनप्रति दुःख व्यक्त

    नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयले पूर्वमन्त्री एवं पार्टीका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज विज्ञप्तिमार्फत् नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व ताम्राकारले पु¥याउनुभएको योगदानको स्मरण गर्दै उहाँको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।  प्रमुख सचेतक खाँणले उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक...

  • २०७६ बैशाख ११, बुधबार

    आठौँ खेलकूद  भलिबलमा पुलिस र एपिएफ प्रथम

    आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत पुरुष भलिबलमा नेपाल पुलिस क्लब र महिला भलिबलमा सशस्त्र प्रहरी बल एपिएफ ले उपाधि हात पारेका छन् ।  आज खजुरास्थित शुक्र रङ्गशालामा भएको फाइनल खेलमा पुरुषतर्फ पुलिस क्लबले नेपाल आर्मी क्लबलाई र महिलातर्फ एपिएफले प्रदेश नं ३ लाई हराउँदै उपाधि हात पारेको प्रदेश खेलकूद विकास समितिका सदस्य रीता कोइराला जानकारी दिनुभयो ।  पुरुषतर्फको खेलमा पहिलो सेट २५–१८ ले आर्मीलाई...

  • २०७६ बैशाख ११, बुधबार

    दुर्गम गाउँमा ‘एक घर एक धारा’

    बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ स्थित नर्जा गाउँमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ । खानेपानीको चरम सङ्कटमा रहेको विकट गाउँमा गाउँपालिकाले दुई वर्ष लगाएर एक घर एक धारा निर्माण गरिदिएको हो ।  गाउँपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा रु १५ लाख, चालू आर्थिक वर्ष २०७५÷७६ मा रु १९ लाख र जनसहभागिताबाट रु छ लाख गरी कूल रु ४० लाखको लागतमा एक घर एक धारा निर्माण सम्पन्न गरिएको गाउँपालिकाका...

  • २०७६ बैशाख ११, बुधबार

    बलात्कार आरोपमा एक पक्राउ

    पन्ध्रवर्षे किशोरीलाई बलात्कार गरेको अरोपमा मण्डन देउपुर नगरपालिका–३ नयाँगाउँका एक युवक पक्राउ परेका छन् । आफन्तको छोरी घरमा आएको मौका पारी गत चैत २९ गते राति एक्लै सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गर्ने १९ वर्षीय राज बजगाईंलाई मङ्गलबार राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानुकारी दिनुभयो । बनेपा घर भएकी किशोरीको आफन्तको किटानी जाहेरीका...

  • २०७६ बैशाख ११, बुधबार

    राष्ट्रपतिको राजकीय भ्रमणः नेपाल चीन सम्बन्धका सबै पक्षमा पुनरवलोकन

    सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालको राष्ट्राध्यक्षका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीको जनवादी गणतन्त्र चीनको पहिलो राजकीय भ्रमणमा द्विपक्षीय र बहुपक्षीय विषयमा छलफल र सम्झौता हुने भएका छन् ।  सन् १९५५ अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना गरी दुई मुलुकले सम्बन्धलाई औपचारिकता दिएपछि यो सम्बन्ध मैत्रीपूर्ण, समझदारी, आपसी सहयोग तथा एकार्काका संवेदनशीलतामा सहयोग र सम्मान गर्ने तथा...

  • २०७६ बैशाख ११, बुधबार

    तेह्र वर्षदेखि जनआन्दोलनका घाइते मुकेशको अवस्था उस्तै

    जनआन्दोलन विसं २०६२÷६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् । जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सङ्घीयताको मूल मर्मअनुसार तीन तहको सरकार गठन भएर सेवा प्रवाह भइरहेको अवस्थामा लोकतन्त्र स्थापना गर्न आन्दोलनमा होकिएका जनआन्दोलनका घाइतेको अवस्था भने उस्तै रहेको जनआन्दोलनका घाइते मुकेशका आमा मिरा कायस्थले बताउनुभयो ।...

  • २०७६ बैशाख ११, बुधबार

    एक वर्षमा १३३ सडक दुर्घटना

    मकवानपुरमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५१ को मृत्यु भएको छ । दुर्घटनाबाट ४३ पुरुष, पाँच महिला र तीन  बालबालिकाको मृत्यु भएको बताइएको छ ।   यस अवधिमा ६२ गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मकवानपुरमा दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल बढी दुर्घटना भएको बताइएको छ । पछिल्लो समय सडकमा छाडा छोडिएका पशु चौपायाका कारण पनि दुर्घटनाको जोखिम बढिरहेको छ ।...

  • २०७६ बैशाख ११, बुधबार

    ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

    पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको सितापुरमा ट्र्याक्टर दुर्घटनामा परी एक जना कामदारको आज घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेको प्रहरी निरीक्षक गुरु तिमल्सिनाले बताउनुभयो । सोही दुर्घटनामा परी चालकसहित चार जनासमेत घाइते भएका छन् । उनीहरुको अग्निसाई कृष्णशवरण गााउँपालिका–४ स्थित मोहली बजारमा रहेको अहिर अस्पतालमा उपचारको लागि...

Pages