STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख ८, आइतबार

    दोस्रो किस्ता नपाएपछि एघार सय दलितका घर अलपत्र

    जनता आवास कार्यक्रमबाट निर्माण हुन लागेका डोल्पाका एक हजार एक सय घर अलपत्र परेका छन् । त्रिपुरासुन्दरी नगरपलिका–१ त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा निर्माण हुन लागेका जनता आवासका बस्ती पूर्ण रुपमा निर्माण नभई अलपत्र परेका छन् । पहिलो किस्ता रकम दिएर पाँचवर्षे योजना बनाइ जनता आवास कार्यक्रम सञ्चालन गरिएको थियो । तर पहिलो किस्ताको रकम दिएर, दोस्रो किस्ता नदिँदा यहाँ निर्माण भएका आधा घर...

  • २०७६ बैशाख ८, आइतबार

    एक दशकदेखि महिला बन्दी गृह निर्माण अलपत्र

    साबिकको धौलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दी गृह झण्डै एक दशकदेखि अलपत्र अवस्थामा छ । दश वर्ष अगाडि रु ७२ लाखको योजनामा बन्दी गृह निर्माणको काम शुरु गरिएको थियो । तत्कालीन अवस्थामा रु १४ लाख मात्र बजेट आएपछि सोही रकमले मात्र निर्माण थालिएको बन्दी गृह नै अलपत्र परेको हो । रु १४ लाखमा गृह निर्माणस्थल सम्याउने, जग राख्ने र...

  • २०७६ बैशाख ८, आइतबार

    श्रीलङ्काका होटल र चर्चमा बिस्फोट, ४२ जनाको मृत्यु

    श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर चर्च मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा कम्तीमा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिस्फोटका कारण अरु सयौं व्यक्ति घाइते भएका छन् । पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए । सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल...

  • २०७६ बैशाख ८, आइतबार

    पाँच वर्षपछि गाउँ उज्यालो

    हुम्लाको सिमकोट गाउँपालिका–७ टुलिङ्गका स्थानीयले पाँच वर्षपछि उज्यालो देख्न पाएका छन् । हिल्दुम वितरण केन्द्रले विसं २०७० मा टुलिङ्ग गाउँका ३१ घरधूरीलाई अन्धकारमुक्त बनाउने लक्ष्य राखेता पनि हिल्दुम वितरण केन्द्रका कर्मचारीकै लापरवाहीका कारण त्यहाँ स्थानीयले शनिबार साँझबाट मात्र उज्यालो देख्न पाएका छन् । टुलिङ्ग गाउँका स्थानीयलाई अन्धकारबाट उज्यालो बनाउनका लागि पहिलो किस्ता रु ९० हजार र दोस्रो...

  • २०७६ बैशाख ८, आइतबार

    बौलाह कुकुरको टोकाइले चार जना घाइते

    समकोट गाउँपालिका–७ को डाँडाफयामा बौलाह कुकुरले टोक्दा चार जना घाइते भएका छन् । बौलाह कुकुरले शनिबार बिहान साढे पाँच बजे ओखेन भन्ने गाउँमा तीन जनालाई र शुक्रबार एक जना बालकलाई टोकेको त्यहाँका स्थानीयले जानकारी दिएका छन् । कुकुरले टोकेर घाइते भएकी २७ वर्षीया सङ्गिता शाही, ३२ वर्षीय बागेश्वी सिंह, १० वर्षीया सुमित्रा सिंह, र आठ वर्षका जन्मजय राज शाही रहेका नन्द शाहीले बताउनुभयो । घाइतेको उपचार...

  • २०७६ बैशाख ८, आइतबार

    प्रेस फोरममा निराला चयन

    सङ्घीय समावादी फोरम नेपालका भातृ सङ्गठन सङ्घीय प्रेस फोरम नेपाल महोत्तरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । महोत्तरीको रामगोपालपुरमा शनिबार सम्पन्न भएको जिल्ला अधिवेशनले सङ्घको अध्यक्षमा अनिलकुमार निरालालाई चयन गरेकोछ । त्यस्तै सङ्घको उपाध्यक्षमा पुरुषोत्तमकुमार यादव, महिला उपाध्यक्षमा उषाकुमारी यादव, सचिवमा मञ्जितकुमार राम, कोषाध्यक्षमा सुशीलकुमार यादव, सदस्यमा तुलसीकुमार मण्डल, देवकुमार...

  • २०७६ बैशाख ८, आइतबार

    मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक

    मुलुकमा दिनहुँ बढ्दै गएको मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको औँल्याइएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालीगुराँस युवा क्लबद्वारा शनिबार आयोजित ‘मानव बेचबिखन विरुद्व’ एकदिने अन्तरक्रिया कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बढ्दो मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको बताउनुभयो । “मानव बेचबिखन धेरै प्रकारले हुने गर्छ”, उपप्रमुख ढकालले भन्नुभयो, “यसको...

  • २०७६ बैशाख ८, आइतबार

    महायज्ञमा रु ३० लाख र सात क्वीन्टल धातु सङ्कलन

    चितवनको देवघाटमा अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माणका लागि काठमाडौँको पशुपतिमा जारी महायज्ञमा शनिबारसम्म रु ३० लाख नगद र करीब सात क्वीन्टल धातु सङ्कलन भएको छ । यही वैशाख १ गतेबाट शुरु भएको धार्मिक कार्यक्रममा ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ आर्थिक तथा धातु सङ्कलनसहित तीन करोड बेलपत्र चढाउने र एक करोड बत्ती प्रज्वलन गर्ने कार्यक्रमसमेत छ । वैशाख...

  • २०७६ बैशाख ८, आइतबार

    दृश्यावलोकन स्तम्भ निर्माणका लागि समय थप

    काठमाडौँ भ्यू टावर दृश्यावलोकन स्तम्भ निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ । निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि हालसम्म जमीनमुनिकै काम गरिरहेकाले ठेकेदारको माग अनुरुप समय थप गरिएको कामपाले जानकारी गराएको छ । निर्माणको कामअन्र्तगत अहिले जमीनमुनिको काम भइरहेको छ । जमीनमुनिको ८० प्रतिशत काम सकिएपनि अन्य काम शुरु नै...

  • २०७६ बैशाख ८, आइतबार

    आर्चरी  बालिकादेखि वृद्धसम्म खेलाडी

    तराईमा गर्मीले तताउँदै गएको छ । बिहानीको घामको झुल्कोसँगै गर्मी बढ्दै जान्छ, दिउँसोसम्म पुग्दा ३५ डिग्री सेल्सियसको हाराहारीमा पुग्छ । यही बेला नेपालगञ्जलाई केन्द्र बनाएर आठौँ राष्ट्रिय खेलकूद चलिरहेको छ ।  खेलकूदको रौनकले बेग्लै रङ लिएर देशको वातावरणलाई तरङ्गित तुल्याइरहेको छ । खेलाडी खेलिरहेका छन्, प्रशिक्षक खेलाइरहेका छन्, आयोजक खेल महोत्सव आयोजनामा रमाइरहेका छन् र दर्शक जता मन लाग्यो उतैतिर...

  • २०७६ बैशाख ८, आइतबार

    निजी पोखरीमा पौडी प्रतियोगिता

    आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत आजदेखि हुने ‘स्वीमिङ’ खेल निजी पौडी पोखरीमा हुने भएको छ । नेपालगञ्ज रङ्गशाला परिसरमा निर्माणाधीन स्वीमिङ पुल तयार नभएपछि होटल सिग्नेट इन कृष्णाको पौडी पोखरीमा हुने भएको छ । प्रदेश खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीले शुरुआती चरणका खेलहरु होटल सिग्नेट इन कृष्णाको पौडी पोखरीमा गरिने बताउनुभयो ।  उहाँले भन्नुभयो, “यहाँ हामीले आजैदेखि पानी...

  • २०७६ बैशाख ८, आइतबार

    राष्ट्रपतिको समुपस्थितिमा पद तथा गोपनीयताको शपथ

    राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्मा हुनुहुन्छ ।  उहाँहरुमध्ये ढुङ्गाना र माथेमा उच्च...

Pages