-
२०७६ बैशाख ८, आइतबार
सहमति, सहकार्य र एकताका साथ अघि बढ्नुपर्छ – नेत्री कोइराला
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न सकेको छैन् ।” पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेतृ कोइरालाले काङ्ग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति÷व्यक्ति दोषी भएको उल्लेख...
-
२०७६ बैशाख ८, आइतबार
युक्रेनमा राष्ट्रपतिका लागि दोस्रो चरणको मतदान शुरु
युक्रेनमा राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान आइतबार बिहानैदेखि शुरु भएको छ । चुनावमा राष्ट्रपति पेट्रो पोरोशेन्को र हास्य कलाकार भोलोडिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पछिल्ला जनमत सर्वेक्षणले हास्य कलाकार जेलेन्स्की निर्वाचित हुने सम्भावना रहेको देखाएका छन् । यसअघि सम्पन्न पहिलो चरणको चुनावमा वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध जेलेन्स्की र पूर्व...
-
२०७६ बैशाख ८, आइतबार
मालीमा एक जना शान्ति सैनिकको मृत्यु, चार जना घाइते
अफ्रिकी मुलुक मालीको मोप्तीमा तैनाथ राष्ट्रसङ्घीय शान्ति सेना चढेको सवारी साधनलाई लक्षित गरी शनिबार गरिएको बारुदी सुरुङ बिस्फोटबाट एक जना शान्ति सैनिकको मृत्यु भएको छ भने अरु चार सैनिक घाइते भएका छन् । राष्ट्रसङ्घको माली मिसनद्वारा जारी वक्तव्यमा मारिएका शान्ति सैनिक इजिप्टका रहेको उल्लेख छ । शान्ति सैनिकहरु चढेका सवारी साधनहरु बोनीबाट डुएन्जातर्फ जाँदै थिए । राष्ट्रउसङ्घका महासचिव एन्टोनियो...
-
२०७६ बैशाख ८, आइतबार
लागुऔषधसहित तीन पक्राउ
मकवानपुरका विभिन्न स्थानबाट लागुऔषधसहित प्रक्राउ परेका तीन जनालाई प्रहरीले आज आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बारा, परसौनी गाउँपालिका–५ का २२ वर्षीय पप्पु राय, मकवानपुर हेटौँडा–८ कमानेका २६ वर्षीय रुपक राई र भारत विहारस्थित वैशाली जिल्लाका ३२ वर्षीय अमरजित सिंह रहेका छन् । उनीहरुबाट प्रहरीले...
-
२०७६ बैशाख ८, आइतबार
खाद्य संस्थानको चामल कारागारमा बढी खपत
गण्डकी प्रदेशका पहाडी जिल्लामा चामल आपूर्ति गर्दै आइरहेका नेपाल खाद्य संस्थाको पोखारा शाखामा हाल ५०० क्विन्टल चामल मौज्दात छ । यहाँबाट पहाडी जिल्ला खासगरी मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि र अन्य जिल्लाका कारागारमा चामल आपूर्ति हुँदै आएको छ । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा, पर्वत, कास्कीका कारागारका साथै पोखराको सराङकोटस्थित बाल सुधारगृहमा चामल बिक्री गर्दै आइरहेको सो शाखाका सूचना...
-
२०७६ बैशाख ८, आइतबार
यसकारण चिनियाँ भाषाको आवश्यकता
विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मित्रराष्ट्र चीनको तीव्रत्तर विकासबाट नेपालले लाभ लिन अब चिनियाँ भाषाको आवश्यकता बढ्दै गएको छ । उदाउँदो विश्व शक्तिमान चीनलाई बुझ्न, देशभित्रै जागीर खान, पर्यटन व्यवसाय र व्यापार गर्न वा वैदेशिक कामका सिलसिलामा समेत चिनियाँ भाषाको महत्व बढेर गएको हो । आपसी सहकार्यको विकासमा पनि भाषा सिकाइ महत्वपूर्ण माध्यम हुने विश्वास गरिएको छ । दक्षिण एशियाली मुलुकमा भाषा...
-
२०७६ बैशाख ८, आइतबार
राष्ट्रपति ट्रम्पको सन्देश उत्तर लैजान दक्षिण कोरिया प्रतिक्षारत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–अनलाई पठाउनुभएको सन्देश हस्तान्तरण गर्न आफू प्रतिक्षारत रहेको दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले बताउनुभएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका एक अधिकारीका अनुसार त्यस्तो सन्देश दुबै नेताबीच हुने सम्भावित अन्तर–कोरियाली चौथो सम्मेलनका अवसरमा हस्तान्तरण गरिनेछ । तर अन्तर कोरियाली चौथो सम्मेलनको मिति अझै घोषणा भएको छैन ।...
-
२०७६ बैशाख ८, आइतबार
मकरीकोट खुट्कीला पदमार्ग निर्माण तीन वर्षभित्र
अपी हिमाल गाउँपालिकाको– ५ मकरीगाडदेखि वडानम्बर ४ को सिद्ध मकरिकोट खुट्किला पदमार्ग । कुल आठ हजार २०० खुट्किला निर्माण हुने सिद्ध मकरीकोट खुट्कीला पदमार्ग निर्माण तीन वर्षभित्र सकिने छ । गाउँपालिकाले खुट्किला निर्माणमा हालसम्म ४५ लाख रुपैयाँ खर्च गरेको छ भने वित्तीय सामानीकरणअन्तर्गत चालू वर्षमा रु एक करोड ११ लाख खुट्किला निर्माणका लागि टेण्डर भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको लागि दुई घण्टा...
-
२०७६ बैशाख ८, आइतबार
छोरो पाउने आसमा गर्भमै भ्रूण हत्या
जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ गैराकी २५ वर्षीया कालु विकले दुई छोरी पाएपछि अर्की पनि छोरी हुने डरले भारतको पलिया शहरमा गएर हालै गर्भपतन गराएर फर्किनुभयो । दुई छोरी पाइसक्नुभएकी कालुले अर्को सन्तान पनि छोरी हुने डरले गर्भपतन गराएको बताउनुभयो । “हामीलाई छोरो चाहिएको थियो, पलिया गएर मेसिनले हे¥यौँ, चेली रैछ, फालेर आयौँ”, उहाँले भन्नुभयो । स्वास्थ्य परीक्षण गर्न श्रीमान्सँग भारत पुग्नुभएकी...
-
२०७६ बैशाख ८, आइतबार
बाख्रा उपहारले एकल महिलामा खुशियाली
रामपुर नगरपालिका–६ विजयपुरका जमुना घिमिरेले दुई छोरीको साथमा जीवनयापन गर्दै आउनुभएको छ । श्रीमान्को निधन भएपछि उहाँलाई जीवन गुजारा गर्न भने त्यति सजिलो थिएन । दुई छोरीको पठनपाठन र घरायसी खर्च चलाउने जिम्मेवारी उनीमाथि आइपुगेको थियो । दुःखकष्टका साथ जनजिविका चलाउँदै आएका धिमिरेलाई रामपुर नगरपालिका–६ कार्यालयले आयआर्जन गर्नका लागि बाख्रा उपहार दिएपछि उनको परिवारमा खुशियाली छाएको छ । “एकल...
-
२०७६ बैशाख ८, आइतबार
प्राथमिकतामा परेन सडक सुरक्षा
सडक सुरक्षा परिषद् गठन गर्न मन्त्रिपरिषद्ले तीन वर्ष अघि नै निर्णय गरेपनि सरोकारवाला निकायको यसप्रति ध्यान जान सकेको छैन । सडक सुरक्षा विधेयक ल्याउने पहल शुरु भएको चार वर्षसम्म पनि मूर्तरुप लिनसकेको छैन । विसं २०७२ देखि नै परिषद् गठन र विधेयक मस्यौदा गरी संसद् सचिवालयमा दर्ता गर्ने तयारी गरिए पनि हालसम्म सफल हुन सकेको छैन् । जसका कारण प्रत्येक वर्ष सडक दुर्घटना बढ्दो छ । सन् २०१७ अप्रिल १२ मा...
-
२०७६ बैशाख ८, आइतबार
सवस्टेशन निर्माणको ढिलाइले विद्युत् प्रवाहमा समस्या
वातावरणीय प्रभाव मूल्याङ्कन र लात अनुमान स्पष्ट नहुँदा १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माणमा ढिलाइ भएको छ । ढिलाइका कारण चार जिल्लामा दैनिक विद्युत् आपूर्ति हुन सकेको छैन । त्यस्तै कोहलपुरदेखि जाजरकोटसम्म ३३ केभी प्रसारण लाइनको विद्युत् आपूर्तिमा पनि समस्या आउने गरेको छ । सो प्रसारण लाइनको सवस्टेशन ६० किलोमिटरको दूरीमा राखिनुपर्नेमा कोहलपुरदेखि जाजरकोटसम्म १५० किलोमिटरभन्दा लामो दूरीमा...


