-
२०७६ बैशाख ८, आइतबार
भीमसेन मन्दिरको पुनःनिर्माण शुरु
पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिरको पुनःनिर्माण कार्य शुरु भएको छ । आफ्नो ठाउँको सम्पदा आफैँले बनाऔं भन्ने उद्देश्यले पुनःनिर्माण थालिएको भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिले जनाएको छ । भूकम्प गएको झण्डै चार वर्षपछि स्थानीयवासीको अग्रसरतामा अहिले तीन तले सो मन्दिरको माथिल्लो भाग भत्काउने काम भइरहेको छ । पहिले भारत सरकारले मन्दिर पुनःनिर्माणमा आर्थिक सहयोग गर्ने बताए पनि प्रक्रिया अघि...
-
२०७६ बैशाख ८, आइतबार
श्रीलङ्काका होटल र चर्चमा बिस्फोट, १३७ जनाको मृत्यु अपडेट
श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर चर्च सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १३७ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ । मृत्यु हुनेमा ९ जना विदेशी नागरिक समेत छन् । बिस्फोटका कारण अरु सयौं व्यक्ति घाइते भएका छन् । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटलमा गरी ४५ जनाको ज्यान गएको छ भने राजधानी नजिकको नेगोम्बोस्थित...
-
२०७६ बैशाख ८, आइतबार
संस्कृत शिक्षाप्रति आकर्षण बढ्दै
विद्यार्थीको अभावमा देशका विभिन्न स्थानका संस्कृत विद्यालय बन्द हुने अवस्थामा पुगेपछि पोखरास्थित संस्कृत माध्यमिक विद्यालयमा भने विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दो छ । केहीवर्ष अघिसम्म विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको यस विद्यालयमा पछिल्ला वर्षमा भने विद्यार्थी बढ्दै गएका छन् । भाषा पाठशालाका रुपमा स्थापित पोखराको संस्कृत माविले यस क्षेत्रकै शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै...
-
२०७६ बैशाख ८, आइतबार
स्थानीयवासीसँग विकास योजना माग
काठमाडौँ महानगरपालिकाले सबै वडाका बासिन्दासँग आगामी आर्थिक वर्षको विकास योजना लिएर आउन आग्रह गरेको छ । आआफ्नो वडाको विकासका लागि आवश्यक माग लिएर आउन सबै वडालाई यही वैशाख १२ गतेसम्मको समय दिइएको छ । आगामी आव २०७६÷०७७ का लागि तयार गरिने वार्षिक बजेट, नीति तथा कार्यक्रममा सबै नागरिकको भावना समेट्न नागरिकसँग विकास योजना माग गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । उहाँका...
-
२०७६ बैशाख ८, आइतबार
दुर्घटनामा दुईको मृत्यु
पृथ्वीराजमार्गको नौबिसे मुग्लिन सडकखण्डअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । काठमाडौँबाट मनकामना दर्शनका लागि जाँदै गरेको ना ४ ख १४१५ नम्बरको बस उछिन्ने क्रममा सडकबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा मृत्यु हुनेमा दोलखाका हरिवंश केशीर र सोहि ठाउँका पार्वती बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज...
-
२०७६ बैशाख ८, आइतबार
मृत्यु भएकाको नामबाट समेत सामाजिक सुरक्षाभत्तामा
सरकारले नागरिकलाई उपलब्ध गराएको सामाजिक सुरक्षाभत्तामा अनियमितता रहेको पाइएको छ । स्थानीय तहले नामै नभएका, मृत्यु भइसकेका तथा कुनै विवरण नै नभएकालाई समेत सामाजिक सुरक्षा भत्ताका नाममा रकम खर्च उपलब्ध गराएको पाइएको हो । महालेखापरीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको मूल अभिलेख नभएको, भरपाई परीक्षण गर्दा लगतमा नाम नभएको, मूल लगतमा सङ्ख्या नमिलेको तथा, मृत्यु...
-
२०७६ बैशाख ८, आइतबार
श्रीलङ्का आक्रमण, १८५ जनाको मृत्यु, कोलम्बोमा लगातार दुई वटा बिस्फोटन अपडेट
श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर चर्च सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १८५ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ । मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत छन् । बिस्फोटका कारण अरु करिब ५०० व्यक्ति घाइते भएका छन् । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटलमा गरी ४५ जनाको ज्यान गएको छ भने राजधानी नजिकको...
-
२०७६ बैशाख ८, आइतबार
आठौँ खेलकूद खेलस्थलमा खेलाडीको उपचार
आठांँ राष्ट्रिय खेलकूद प्रतियोगितामा खेलाडीलाई खेलस्थलमा प्राथमिक स्वास्थ्य सेवा प्रदान गरिँदै आइरहेको छ । प्रतियोगितास्थलमा नै प्रतियोगिता हेरेर स्वास्थ्य सेवा प्रदान गरिएको प्रदेश नं– ५ का प्रदेश खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिनुभयो । नेपालगञ्जमा भइरहेका ११ खेलस्थलमा नै प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । प्रतियोगितका लागि महेन्द्र रङ्गशालामा चिकित्सकसहितको...
-
२०७६ बैशाख ८, आइतबार
‘मायालु डाँडा’को मनमोहकता
बेनी नगरपालिका वडा नंं २ खबरास्थित ‘लभ्ली हिल’ यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजीकै रहेको ‘खाराको डाँडो’ अहिले ‘मायालु डाँडा’ नामबाट परिचित भएको छ । बेनी बजारदेखि झण्डै आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने रमणीय लभ्ली हिलमा अहिले दिनहुँजसो आन्तरिक पर्यटकको घुइँचो देख्न सकिन्छ । कालीगण्डकी र म्याग्दीखोलाको दोभानका बीचमा रहेको सुन्दर...
-
२०७६ बैशाख ८, आइतबार
पौडीमा आर्मीलाई तीन स्वर्ण
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत बाँकेको नेपालगञ्जमा आज भएको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण जितेको छ । चार स्पर्धाको प्रतिस्पर्धामा एनआरएनएले एक स्वर्ण हात पारेको छ । महिला ८०० मिटर फ्रिस्टाइल स्पर्धामा त्रिभुवन आर्मीका उपास्ती महर्जनलाई पराजित गरी त्रिभुवन आर्मीकै गौरिका सिंहले स्वर्ण पदक हात पारिन् । उक्त विधामा नेपाल पुलिस क्लबका सामिरा शोभा थापाले कास्यमा...
-
२०७६ बैशाख ८, आइतबार
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा
रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलन्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ । शिलान्यास पूर्व गर्नुपर्ने प्रारम्भिक काम चरणबद्धरुपमा भइरहेका छन् । रङ्गशाला निर्माण गर्दै गरेको सीताराम कट्टृेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलका अनुसार रङ्गशाला क्षेत्रलाई जस्ताले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय...
-
२०७६ बैशाख ८, आइतबार
सहकारीको भूमिका महत्वपूर्ण प्रचण्ड
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायसहितको आर्थिक समृद्धि र समाजवादोन्मुख राज्यका निम्ति सहकारीको भूमिका बढाउनुपर्ने बताउनुभएको छ । जिल्ला सहकारी सङ्घ चितवनले यहाँ निर्माण गरेको साझा पेट्रोल पम्पको आज उद्घाटन कार्यक्रममा उहाँले समुदायमा सहकारीले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । तीन खम्बे अर्थ नीतिअन्तर्गतको सहकारी अन्ततः सामाजिक...


