-
२०७६ बैशाख ९, सोमबार
कुम्भेश्वर मन्दिरको पुनःनिर्माण सुस्त
पाटनको प्रसिद्ध कुम्भेश्वर मन्दिरको पुनःनर्माण सुस्त छ । मन्दिर निर्माणका लागि भएको ठेक्का सम्झौताको अवधि सकिएर थप भएको अवधिमा समेत काम नसकिने देखिएको छ । दुई वर्षमा निर्माण सक्ने योजनामा मन्दिरको पुनःनिर्माण शुरु भएकामा त्यो सकिएर अर्को छ महीना थप भएको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । थप भएको अवधि असारमा सकिने भए पनि त्यतिबेलासम्म काम सकिने नदेखिएको कार्यालयका प्रमुख काजीमान...
-
२०७६ बैशाख ९, सोमबार
अपराध नियन्त्रणमा प्रहरीको उल्लेख्य काम
नेपाल प्रहरीले मुलुकको अपराध नियन्त्रणमा विसं २०७५ मा उल्लेख्य काम गरेको बताएको छ । प्रहरीले सरकारले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न गृह प्रशासन सुधार योजनाअनुसार काम गरेको बताएको हो । प्रहरी प्रधान कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकको शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाउन अपराध नियन्त्रणका लागि प्रहरीले पूर्ण रुपमा...
-
२०७६ बैशाख ९, सोमबार
सैनिक मुख्यालय भवन तयार, राष्ट्रपतिबाट उद्घाटन हुँदै
नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ । गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो । विसं २०७३ जेठ २४ गते निर्माण शुरु भएको उक्त भवन दुई वर्ष १० महीनाको अवधिमा तयार गरेको हो । उक्त भवन निर्माणका लागि दैनिक ४०० को सङ्ख्यामा जनशक्ति अहोरात्र...
-
२०७६ बैशाख ९, सोमबार
सुडानी प्रदर्शनकारीलाई ‘अबरोध’ हटाउन सेनाको आग्रह
सुडानी सेनाले सैनिक मुख्यालय अघिल्तिर राखेका अबरोधहरु हटाउन सोमबार प्रदर्शनकारी समक्ष आग्रह गरेको छ । सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै सैनिक मुख्यालय बाहिर हजारौं सुडानी जनता केही दिनदेखि धर्नामा बसेका छन् । नागरिकलाई सत्ता हस्तान्तरण गर्नेबारेमा सत्तारुढ सैनिक परिषदसँग भएको वार्ता बिफल भएसँगै सेनाले उक्त आग्रह गरेको हो । प्रदर्शनमा सहभागी नेताहरुले सेनालाई शासनसत्ता त्यागी जनताको हातमा...
-
२०७६ बैशाख ९, सोमबार
फिलिपिन्समा भूकम्प
फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५।७ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६।३ म्याग्नीच्यूडको रहेको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले जनाएको छ ।
-
२०७६ बैशाख ९, सोमबार
विधेयक सर्वसम्मत रुपमा पारित
प्रदेश नं ५ को प्रदेशसभाले प्रदेश नं ५ प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक आज सर्वसम्मत रुपमा पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५, प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गर्नुभएपछि विधेयक पारित भएको थियो । भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सभामा उक्त विधेयक पारित गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्नुभएको थियो...
-
२०७६ बैशाख ८, आइतबार
मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार सडक कालोपत्रको शिलान्यास
सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र गर्नका लागि शिलान्यास गरिएको छ । सडकको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शनिबार शिलान्यास गर्नुभएको हो । प्रदेश सरकारको कार्यक्रमअनुसार पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत रु १३ करोड ५३ लाख ५८ हजार २२७ लागतमा सडक कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो । पाँच किलोमिटर लम्बाइ रहेको सो...
-
२०७६ बैशाख ८, आइतबार
सगरमाथाबाट फोहर सङ्कलन
सगरमाथा सरसफाइ अभियानअन्तर्गत यस क्षेत्रमा सङ्कलन गरिएको एक हजार किलो फोहर काठमाडाँै लगिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो फोहर काठमाडौँ र एक हजार किलो फोहर ओखलढुङ्गा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । विभिन्न भागमा वर्गीकरण गरी सङ्कलन गरिएको फोहरलाई सोहीअनुसार व्यवस्थापन गर्ने गरी पठाइएको हो । स्थानीयस्तरमा व्यवस्थापन गर्न...
-
२०७६ बैशाख ८, आइतबार
जनताको आर्थिकवृद्धिमा सरकार कटिवद्ध ः मन्त्री महासेठ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताउनुभएको छ । सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्रे योजना र बन्दिपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्रे सडक योजनाको शनिबार शिलान्यास गर्नुहुँदै मन्त्री महासेठले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले...
-
२०७६ बैशाख ८, आइतबार
अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्या बढ्यो
विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीहरुको सङ्ख्या वृद्धि भएको छ । उत्तरी म्याग्दीका हिस्तान, दोबा, नारच्याङ, घोडेपानी र पश्चिमी म्याग्दीका गुर्जा, मुदी, मुना, ताकम, रुम, ओखरबोट लगायतका जङ्गलमा पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको हो । अनुकूल बासस्थान र आहाराको कमीका कारण यस क्षेत्रबाट बसाइ सरेर...
-
२०७६ बैशाख ८, आइतबार
विषादी प्रयोगशाला स्थापना
गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको प्रवेश नाका तनहुँको आँबुखैरेनीमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला स्थापना गरेको छ । तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले मन्त्रालयले प्रदेशको नाका आँबुखैरेनी गाउँपालिका–३ मा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगाशाला स्थापना गरेको हो । उक्त प्रयोगशालाको...
-
२०७६ बैशाख ८, आइतबार
जापानीद्वारा विद्यार्थीलाई पोशाक सहयोग
उज्ज्वल आधारभूत विद्यालय पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा पाल्पामा अध्ययनरत् विद्यार्थीलाई जापानी नागरिकले विद्यालय पोशाक सहयोग गरेका छन् । यहाँ अध्ययनरत् विद्यार्थीलाई जापानी नगारिक काजुमासा काकीमी ओकेबाजे र मसाहिरो क्युरोको सहयोगमा रु ६० हजार बराबरको विद्यालय पोशाक वितरण गरिएको हो । गरीब, जेहेन्दार, दलित, जनजाति विद्यार्थीलाई नियमित रुपमा विद्यालयमा जाने बानी बसाल्न विद्यालय पोशाक दिएर खुशी...


