STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख ३, मंगलबार

    मुख्यमन्त्रीको ध्यानार्कषण

    प्रदेशसभा सदस्यद्वय इन्द्रलाल सापकोटा र चन्द्र सागर बुढाले गल्कोटसहित बागलुङका विभिन्न क्षेत्रमा बाढी र वर्षाले पु¥याएको क्षतिका बारेमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानार्कषण गराउनुभएको छ । बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यद्वयले बाढी तथा वर्षाका कारण भएको क्षति तथा राहतका विषयमा आज मुख्यमन्त्री निवासमा पुगेर उहाँलाई ध्यानार्कषण गराउनुभएको हो । सो अवसरमा मुख्यमन्त्री...

  • २०७६ बैशाख ३, मंगलबार

    तीस विधेयक पारित

    प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म ३० विधेयक पारित गरेको छ । पारित भएका विधेयकमध्ये ४ विधेयक प्रथम अधिवेसनले, ११ विधेयक दोस्रो अधिवेसनले र १५ विधेयक तेस्रो अधिवेसनले पारित गरेको प्रदेश नं ५ को प्रदेशसभा सचिवालले जनाएको छ । तेस्रो अधिवेसनले पारित गरेका १५ विधेयकमध्ये सात विधेयक मात्रै प्रदेश प्रमुख उमाकान्त झाले प्रमाणित गर्नुभएको छ भने अन्य विधेयक प्रमाणित हुने क्रममा छ । “विधेयक प्रमाणित भएपछि...

  • २०७६ बैशाख ३, मंगलबार

    बौद्धमा तेमाल जात्रा 

    चैत्र शुक्लचतुर्दशीका दिन बौद्ध क्षेत्रमा लाग्ने तेमाल जात्राको तयारी पूरा भएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ ।   तामाङ समुदायले प्रत्येक वर्ष चैत्र शुक्लचतुर्दशीका दिन बेलुकी दिवङ्गत आत्माको शान्तिको कामना गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन् । लामा गुरुहरुद्वारा विशेष पूजापाठ ९ङोवा मोन्लम० समेत गरी मनाउने गरिन्छ ।    प्राचीनकालमा तेमाल क्षेत्रका तामाङ समुदाय आएर मनाउने भएकाले तेमाल...

  • २०७६ बैशाख ३, मंगलबार

    आलेख ः छलिया नर्तकहरुलाई जीवन धान्नै मुश्किल 

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ दीपनगरका श्याम दमाईले छलिया नृत्य देखाउन थालेको डेढ दशक भयो । नृत्य देखाएवापत मुश्किलले उहाँको महीनामा पाँच हजार रुपैयाँ जति कमाइ हुन्छ । कुनै महीना नृत्यका लागि माग नआए खाली हात घरमै बस्नु पर्ने हुन्छ ।   छलिया नृत्यमा सहभागी हुने दशजनाको टोली उहाँसँग छ । टोलीका सदस्यहरुमध्ये दुई जनाले नृत्य देखाउने, गीत गाउने र अरुले बाजा बजाउने गर्छन् ।  टोलीले छलिया नृत्य...

  • २०७६ बैशाख ३, मंगलबार

    बाह्रसिङ्गाको गणना शुरु

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आइतबारदेखि बाह्रसिङ्गाको गणना शुरु भएको छ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र प्रकृति संरक्षण कोष एनटिएनसी को संयुक्त पहलमा पाँच वर्षपछि शुरु गरिएको बाह्रसिङ्गा गणनाका लागि २५ जनाको प्राविधिक टोली सहभागी रहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले आगामी वैशाख ५ गतेसम्म शुक्लाफाँटाभित्र रहेका मुलुककै ठुलो घाँसे...

  • २०७६ बैशाख ३, मंगलबार

    भेरी–बबई डाइभर्सन सुरुङको ‘बे्रक थु्र’

    प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज ‘बे्रक थु्र’ भएको छ । टनेल बोरिङ मेशिन ९टिबिएम० प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो । सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि ९कोभेक० ले टिबिएममार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ...

  • २०७६ बैशाख ३, मंगलबार

    नेपालले ओमनलाई हरायो

    आइसिसी उन्नाइस वर्षमुनि यु १९० एक दिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले ओमनलाई पराजित गरेको छ । मलेशियाको शिलानगोर ट्रफ क्लबको मैदानमा भएको खेलमा नेपालले ओमनलाई १५० रनको भारी अन्तरले पराजित गरेको हो । यस जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना जीवितै रहेको छ ।    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल तयार...

  • २०७६ बैशाख ३, मंगलबार

    मौरीपालनबाट मनग्य आम्दानी 

    दैनिक हेरचाह गर्न नपर्ने र दानपानीको उचित व्यवस्थापन नगरे पनि सजिलै आम्दानी लिन सकिने भएकाले मौरीलापालन व्यवसाय यहाँका कृषकलाई राम्रो अम्दानीको स्रोत बनेको छ ।  बाली नालीमा जस्तो रोगकिरा नलाग्ने भएकाले बैतेश्वर गाउँपालिका–४ का युवा प्रमोद दाहाल  हिजो आज बिहान उठ्ने बित्तिकै आफ्नो  घर नजिकैको मौरीको घार पुग्नुहुन्छ । विसं २०७० देखि  ग्यालेक्सी मौरीपालन फार्म खोलेर व्यावसायिकरुपले मौरी पाल्न...

  • २०७६ बैशाख ३, मंगलबार

    विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशत वृद्धि

    विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ । दादुराको दुई वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि दादुराका बिरामीको संख्या एकाएक वृद्धि भएको डब्लुएचओको भनाई छ । विश्वभरबाट सङ्कलित प्रारम्भिक तथ्याङ्क विश्लेषण गर्दा सन् २०१९ को पहिलो तीन महिनामा...

  • २०७६ बैशाख ३, मंगलबार

     विदेशी सैनिक अधिकृतको आकर्षक केन्द्र बन्दै सैनिक कलेज शिवपुरी 

    नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्न चाहने विदेशी सैनिकका लागिसमेत आकर्षणको केन्द्र बन्दै गएको छ । उक्त कलेजमा आजदेखि शुरु भएको २६ औँ समूहको कमाण्ड एण्ड स्टाफ कोर्षमा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा विश्वमा विभिन्न १० मुलुकका १० सैनिक अधिकृत सहभागी रहेको कलेजका कमाण्डडेन्ट एवं उपरथी ईश्वर हमालले जानकारी दिनुभयो । तालीममा बङ्गलादेश, चीन, भारत, लेवनान...

  • २०७६ बैशाख ३, मंगलबार

    उपभोक्ताको स्वास्थ्यलाई खेलवाड गर्ने हत्यारासरह हुन्–मुख्यमन्त्री राउत

    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजायको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित उपभोक्ताको मानवअधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले फर्मालिन ९शवलाई गन्हाउन नदिने० औषधिको प्रयोग गरी वस्तु बिक्री गर्ने व्यक्ति मानव हत्यारा हुन् भन्नुभयो । विगतमा काठमाडौँ...

  • २०७६ बैशाख ३, मंगलबार

     नौ महीनामा २५ लाख राजश्व सङ्कलन

    छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा रु २५ लाखभन्दा  बढी राजश्व सङ्कलन गरेको छ । नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलङ्गाको सीमा क्षेत्रमा अवस्थित उक्त कार्यालयले गत साउनदेखि चैतसम्म रु २५ लाख तीन हजार राजश्व सङ्कलन गरेको हो । उक्त कार्यालयमा निर्यातभन्दा पनि आयातका सामानबाटै राजश्व सङ्कलन गरिएको निमित्त कार्यालय प्रमुख नरसिंह बडालले जानकारी दिनुभयो ।  सबै सामानमा...

Pages