STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख ४, बुधबार

    नेपाली क्रिकेट टोलीको घोषणा 

    थाइल्याण्डमा आयोजना हुने एसीसी सोह्र वर्षमुनि यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि आज १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । यही वैशाख ७ देखि १५ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा अन्य चार वैकल्पिक खेलाडीसमेत चयन भएका छन् ।  छनोट हुने अन्य खेलाडीमा आशिष भट्टराई, प्रशान्त महमत, अर्जुन कुमाल, दीपक...

  • २०७६ बैशाख ४, बुधबार

    भर्ना अभियानमा परिचालित हुन युवाविद्यार्थीलाई आग्रह

    प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय भर्ना अभियान सफल बनाउन विभिन्न युवा विद्यार्थी सङ्गठनलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित अन्तरक्र्रियामा उहाँले  गत वर्षदेखि विशेष रुपले शुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न विद्यार्थी र युवालाई आग्रह गर्नुभयो । युवा र विद्यार्थीले अब सिर्जनशील  समाज सुधारका काममा लाग्नका लागि कुनै अवरोध नरहेको...

  • २०७६ बैशाख ३, मंगलबार

    कोशीपारि जान वैकल्पिक सडक

    जिल्लाको विकट क्षेत्र कोशीपारि जानका लागि अब वैकल्पिक सडक खुलेको छ । काभ्रेपलाञ्चोकको कोशीपारि भुम्लु गाउँपालिकाको सिलामेबाट बेखसिम्ले जोड्ने मोटरबाटो सोमबारदेखि शुरु भएको हो ।  सो मोटर बाटो खुला गर्न विगत नौ वर्षदेखि नै काम शुरु गरे पनि सम्पन्न हुनसकेको थिएन । डिभिजन सडक कार्यालयको करीब रु एक करोडको लागतमा सडकको ट्र्याक खुला गरेपछि यात्रुबाहक बस सञ्चालनमा आएको भुम्लु गाउँपालिकाका अध्यक्ष...

  • २०७६ बैशाख ३, मंगलबार

    देशभर विद्यार्थी भर्ना अभियान शुरु

    ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ भन्ने नाराका साथ सोमबारदेखि देशभर एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वान तथा स्थानीय सरकारको अधिकार अनुरुप सोमबारबाट देशभरका ७५३ स्थानीय तहमार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गरिएको हो । मन्त्रालयअन्तर्गतको शिक्षा तथा...

  • २०७६ बैशाख ३, मंगलबार

    एचआइभीले उजाडिएको जिन्दगी

    ‘चरीले राएन हो कि लेग काफल पाक्दा न घरबारी न जिन्दगी एड्स रोग लाग्दा’  ‘वनमा डुल्ने चरीले चैत, वैशाखमा काफल पाकेको थाहा नपाउँदा भोकै बस्नुपरेको र आफूलाई एचआइभी लागेको थाहा नपाउँदा जीवनमरणको दोसाँधमा पुगेको’ जस्ता दुःखका गीत गाएर दिन बिताउन बाध्य भएकी छन् डोटी जोरायल गाउँपालिकाकी एचआइभी सङ्क्रमित एक महिला ।  एचआइभी एड्सकै कारण उहाँले २४ वर्षको कलिलो उमेरमा आफ्ना पति मात्रै गुमाउनुभएको छैन,...

  • २०७६ बैशाख ३, मंगलबार

    विश्व शान्तिको कामना गर्दै त्रिपुरासुन्दरी मन्दिरमा पूजा

    हिमाली जिल्ला डोल्पाका महिलाले विश्व शान्तिको कामना गर्दै प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गरेका छन् । नववर्ष शुरुआतसँगै त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय महिलाले सोमबार सामूहिकरुपमा मन्दिरमा भेला भई नवदुर्गादेवीको पूजाआजा गर्दै विश्व शान्तिको कामना गरेका हुन् । विश्वमा दिनप्रतिदिन बढिरहेको हत्या, हिंसा, बलात्कार तथा प्राकृतिक विपत्तिका कारण हजारौँ मान्छेले ज्यान...

  • २०७६ बैशाख ३, मंगलबार

    विद्यालय भर्ना अभियानलाई सफल बनाउन शिक्षामन्त्रीको आग्रह

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन सरोकारवाला सबैसँग आग्रह गर्नुभएको छ । सोमबार सार्वजनिक ‘अपिल’ जारी गर्दै उहाँले ज्ञानको ज्योति बाल्ने यस महान अभियानमा आ–आफ्नो स्थानबाट खुला हृदयले सरिक भई विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने वातावरण तयार गर्न आम नेपाली दाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्नुभएको छ । उहाँले अभियानलाई...

  • २०७६ बैशाख ३, मंगलबार

    मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने

    चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माका अनुसार रेलिङ, फुटपाथ र वायरिङको काम मात्र बाँकी रहेको छ । शर्माले...

  • २०७६ बैशाख ३, मंगलबार

    ६८ योजना अधुरै

    जाजरकोट जिल्लामा तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा सञ्चालित अधिकांश भौतिक संरचना अधुरै रहेका छन् । मन्त्रालय खारेज भएपछि संरचनाको पुनःनिर्माणकार्य अलपत्र परेका हुन् । मन्त्रालयले आर्थिक वर्ष २०६४÷६५ देखि २०७२÷७३ सम्म तत्कालीन जिल्ला विकास समिति तथा जिल्ला प्राविधिक कार्यालयमार्फत काम गरेको थियो । मन्त्रालयको ‘पी वान’ अन्तर्गतको पुनःनिर्माण तथा पुनःस्थापना शीर्षकका ६८ भौतिक संरचना...

  • २०७६ बैशाख ३, मंगलबार

    तनहुँमा होमस्टेको सङ्ख्या वृद्धि हुँदै

    तनहुँमा होमस्टे घरबास सञ्चालन गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तेत्तीस होमस्टे सञ्चालनमा रहेको यस जिल्लामा अहिले थप छ नयाँ होमस्टे थपिने अवस्थामा छन् । गाउँमा होमस्टे सञ्चालनपश्चात गाउँमै स्वरोजगार बन्न सकिने हुँदा पछिल्लो समय तनहुँमा होमस्टे सञ्चालनतर्फ मानिसको आकर्षण बढ्दै गएको छ । होमस्टे घरबास को प्रवद्र्धनका लागि प्रदेश सरकारमार्फत ३३ होमस्टेलाई रु १० लाखको दरले रु ३३ लाख विनियोजन गरी...

  • २०७६ बैशाख ३, मंगलबार

    रोकी राखेको ट्रकमा कार ठोक्किँदा छ घाइते

    भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबर राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ घाइते भएका हुन् । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुईको अवस्था गम्भीर...

  • २०७६ बैशाख ३, मंगलबार

    बस दुर्घटना एकको मृत्यु, १४ गम्भीर घाइते

    काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५ सवार ना४ख ७४११ नंको बस गए राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते बनेका राईको एम्बुलेन्समार्फत उपचार गराउन...

Pages