-
२०८० फाल्गुण ८, मंगलबार
भीआईपी सवारीका नाममा सडक बन्द नगराउनू : सर्वोच्च
काठमाडौं - सर्वोच्च अदालतले भीआईपी सवारीका नाममा सडक बन्द नगराउन सरकारका नाममा परमादेश जारी गरेको छ। करिब ६ वर्षअघि अधिवक्ता ज्ञानेश्वर कोइरालाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्याायाधीश मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो। भीआईपीको सवारीका नाममा सडक बन्दा गराउँदा सर्वसाधारणहरूले सास्ती खेप्नु परेपछि अधिवक्ता कोइरालाले १९ माघ २०७४ सालमा सर्वोच्चमा...
-
२०८० फाल्गुण ८, मंगलबार
अब कांग्रेस एक्लै चुनाव लड्ने : गगन थापा
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गरेका छन्। मंगलबार ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा उनले सांगठनिक प्रस्ताव पेस गरेका हुन्। महासमिति बैठकमा योसँगै पाँच वटा प्रस्ताव पेस भएका छन्। सांगठनिक प्रस्ताव पेस गर्दा अब नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने उनले बताएका छन्। एक्लै चुनाव लड्ने र रुखमा मात्रै मत हाल्ने सुनिश्चितताको कुरा उनले...
-
२०८० फाल्गुण ७, सोमबार
नौ जनालाई 'नइ पुरस्कार' प्रदान गरिने
नेपालको वाङमय क्षेत्रमा लामो समयदेखि विभिन्न तवरले सकृय प्राज्ञिक संस्थ नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्रप्त नौ जना महानुभावहरूलाई २०७९ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको संवर्धनका लागि निष्ठावान् डा.भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको हो । त्यसै गरी छ दशकअघिदेखि...
-
२०८० फाल्गुण ७, सोमबार
बाफ्टा अवार्ड २०२४- ‘ओपनहाइमर’लाई सर्वाधिक ७ अवार्ड
काठमाडौं– क्रिस्टोफर नोलान निर्देशित फिल्म ‘ओपनहाइमर’ले ‘बाफ्टा अवार्ड २०२४’ ले ‘बेस्ट फिल्म’सहित सर्वाधिक ७ विधामा अवार्ड जितेको छ। लण्डनमा सोमबार बिहान सम्पन्न अवार्डमा ‘ओपनहाइमर’का लागि निर्देशक क्रिस्टोफर नोलनले ‘बेस्ट डिरेक्टर’को अवार्ड जित्दा अभिनेता सिलियन मर्फेले ‘बेस्ट एक्टर’को अवार्ड जिते । उनले फिल्ममा जे रोबर्ट ओपनहाइमरको भूमिका अभिनय गरेका छन् । ओपनहाइमर आणविक बमका पिता हुन् ।...
-
२०८० फाल्गुण ७, सोमबार
प्रजातन्त्र दिवसमा नेपाल टेलिकमले ल्यायो अफर
काठमाडौं - नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि अफर ल्याएको छ । आजदेखि सुरु भएको अफर यही फागुनको १२ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । टेलिकमले साबिक बमोजिमको फ्रि रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा दिन लागेको हो । यस्तै, ३० दिन सम्म सो रिर्सोस चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई...
-
२०८० फाल्गुण ७, सोमबार
आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा
काठमाडौं - आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस । आज सरकारले सार्वजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालिन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो । नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरी बिभिन्न...
-
२०८० फाल्गुण ७, सोमबार
आजदेखि देशभर वर्षा सुरु हुने
काठमाडौं - पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा आजदेखि देशका धेरै स्थानमा बदली र वर्षा सुरु हुने भएको छ । शुक्रबारसम्म नेपालको धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा आजदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । ...
-
२०८० फाल्गुण ६, आइतबार
नेपालभाषाकाे नयाँ न्यूज पाेर्टल ebukhan.com आरम्भ
कन्फराक्टीभ मिडिया सोलुसनको कन्फराक्टीभ हलको उद्घाटनको साथमा नेपालभाषाको न्यूज पोर्टल www.ebukhan.com को एक कार्यक्रम बीच शुभारम्भ गरिएको छ । प्रमूख अतिथी बागमति प्रदेशका सांसद शैलेन्द्र बज्राचार्यले अब चाँडै नै बागमति प्रदेशमा नेपालभाषा र तामाङ भाषा कामकाजी भाषाको रुपमा प्रयोगमा आउने बताएका छन् । उक्त कार्यक्रममा बोल्दै सांसद बज्राचार्यले प्रदेशमा भाषा सम्बन्धि विधेयक पारित भइसकेको र अब चाँडै...
-
२०८० फाल्गुण ४, शुक्रबार
काठमाडौंमा थप दुई महिना लम्बियो निषेधाज्ञा
काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्रको समयावधि थप दुई महिना लम्ब्याएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माका अनुसार यसअघि शुक्रबारसम्म कायम भएको निषेधाज्ञालाई थप दुई महिनाका लागि निरन्तरता दिइएको हो। प्रशासनले माइतीघर मण्डलदेखि बानेश्वर चोकसम्म, शीतल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद् भवन नयाँ बानेश्वर र...
-
२०८० फाल्गुण ४, शुक्रबार
नइ प्रकाशनका नाउँमा प्रकाशित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा
आज शुक्रबार नइ प्रकाशनका नाउँमा प्रकाशित हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री श्रीमती रेखा शर्माले प्रथम दिवसीय टाँचा लगाउनु भयो । यो टिकट दस लाखप्रति प्रकाशित भएको छ । आजको कार्यक्रममा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले यो कार्यलाई नेपालको वाङमय इतिहासमा स्वर्णिम क्षणको रुपमा लिनु भएको छ । कार्यक्रममा दीनानाथ शर्मा, रामकुमारी झाँक्रीले पनि सम्बोधन गर्नु भयो । साथै नेपाल राष्ट्र...
-
२०८० फाल्गुण ४, शुक्रबार
हेटौंडामा एघार सेसनमा सिनेमा र पर्यटनका संवाद सहित चलचित्र पत्रकारको राष्ट्रिय भेला
चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा आयोजना हुने भएको छ । संस्था स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले फागुन ५ देखि ८ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्न लागेको हो । सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तर्कृया, कार्यशाला, गोष्ठि, कार्यपत्र प्रस्तुतलगायतका विभिन्न कार्यक्रमहरु गरिने संघका...
-
२०८० फाल्गुण ४, शुक्रबार
नामिबियासँग ४ विकेटले हार्यो नेपाल
काठमाडौँ -आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको हो । नामिबियाका लागि जान फ्रांकलिनले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बलमा चार चौका हिर्काए । त्यस्तै जान निकोल लोफ्टी इटनले ३० बलमा ३१ रनको पाली खेले । उनले ५ चौका हिर्काए । नेपालले...


