-
२०८० फाल्गुण १०, बिहिबार
जेलबाहिरै बसेर पुनरावेदनको मुद्दा लड्न सन्दीपलाई उच्च अदालतको अनुमति
काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन्। बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए। बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेको थियो। त्यसविरुद्ध बिहीबार सन्दीपले उच्च अदालत पाटनमा...
-
२०८० फाल्गुण १०, बिहिबार
काठमाडौंमा छिटपुट वर्षा
काठमाडौं– बिहीबार दिउँसो काठमाडौंमा छिटपुट वर्षा भएको छ। बिहीबार बिहानैदेखि मौसम आंशिकदेखि सामान्य बदली रहेकोमा दिउँसो उपत्यकाका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा भएको हो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौंको दक्षिणी भूभागमा केही बेर छिटपुट वर्षा भएको हो। काठमाडौंसँगै अहिले देशका अधिकांश भूभागको मौसम बदली रहेको र पाल्पा...
-
२०८० फाल्गुण १०, बिहिबार
गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा स्थगित
काठमाडौँ - प्रतिनिधि सभा बैठक स्थगित भएको छ । बिहीबार बसेको बैठक गणपूरक सङ्ख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन सकेन । गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक सङ्ख्या यकिन गर्न माग गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले...
-
२०८० फाल्गुण १०, बिहिबार
रुस–युक्रेन युद्धमा नेपाली युवकको निधन, कुशको शव बनाएर अन्त्येष्टि
गण्डकी, १० फागुन : रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको निधन भएको छ । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको ज्यान गएको उहाँका साढुभाइ सनबहादुर विकले जानकारी दिनुभयो । गत माघ २० गते निधन भए पनि परिवारजनलाई बुधबार मात्र जानकारी आएको उहाँको भनाइ छ । पर्यटक भिसामा गत असोज ११ गते रुस पुग्नुभएका विकपछि रुसी फौजमा भर्ना भएको सनबहादुरले बताउनुभयो । “रुस लैजाने...
-
२०८० फाल्गुण १०, बिहिबार
अठार प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिरीमा रहेका र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका १८ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि कार्यालयमा...
-
२०८० फाल्गुण १०, बिहिबार
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गरिँदै
एभरेष्ट नेपाल कल्चरल ग्रुपले यही फागुन १८ देखि २७ गतेसम्म १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष आरसी कोइरालाले नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मुख्य पर्यटकीयस्थलमा महोत्सव गर्न लागेको जानकारी दिनुभयो । उहाँले उक्त महोत्सवले मुलुकमा पर्यटन र संस्कृतिको प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त...
-
२०८० फाल्गुण ९, बुधबार
विराटनगर जुट मिल्समा आगलागी
विराटनगर - बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको पहिलो उद्योगमा मंगलबार राति आगलागी भएको हो । आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले बताए । बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने खुलेको छैन । कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोतले बतायो । ‘आगो सुरु भएको...
-
२०८० फाल्गुण ९, बुधबार
कांग्रेसको खर्च : महाधिवेशन गर्न १२ करोड, आमनिर्वाचनमा १ करोड १५ लाख
काठमाडौं - नेपाली कांग्रेसले आफ्नो १४ औँ महाधिवेशनमा १२ करोडभन्दा बढी खर्च भएको सार्वजनिक गरेको छ । कांग्रेसले ०७८ को मंसिर तेश्रो साता पार्टीको केन्द्रीय महाधिवेशन गरेको थियो । गोदावरीमा जारी महासमिति बैठकमा पार्टीको आयव्यय प्रस्तुत गर्दै लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले १४ औँ महाधिवेशनमा १२ करोड २१ लाख ९७ हजार ७ सय ७ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशन भएकै वर्ष...
-
२०८० फाल्गुण ९, बुधबार
कांग्रेस महासमिति बैठकमा उठ्यो कोशी प्रदेशमा पहिचानको आन्दोलनको विषय
काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठकमा पहिचानको आन्दोलनको विषयले पनि प्रवेश पाएको छ। ललितपुरको गोदावरीमा जारी बैठकमा कोशी प्रदेशका जिल्ला सभापतिहरुले कोशी प्रदेशमा भएको पहिचानको आन्दोलनको विषय उठाएका हुन्। कांग्रेस धनकुटाका सभापति दिनेश राईले कोशीमा प्रदेश नामकरणको विषय पेचिलो बनिरहँदा कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आक्रोश व्यक्त गरे। ‘हामीले कोशीमा खुलेर राजनीतिक गतिविधि...
-
२०८० फाल्गुण ९, बुधबार
श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या
काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका– ६ गोठाटार भैरव टोलमा बुधबार बिहान करिब ८ बजेतिर साइरन बजाउँदै प्रहरीको एउटा टोली पुग्यो। सुरुमा केही प्रहरीहरु मोटरसाइकलमा पुगेका थिए। पछि गाडीमा पनि ठूलो संख्यामा प्रहरी त्यहाँ पुगे। केही प्रहरीहरु घरको भुइँ तलाको कोठामा छिरे। केही बाहिर रहे। प्रहरी कर्मचारीहरुले सञ्चार सेटमा कुरा गर्न थाले– लास भेटिएको छ– एउटा महिला, २ जना बच्चा छन्। गोठाटार भैरव...
-
२०८० फाल्गुण ९, बुधबार
चलचित्र पत्रकारहरुले विभिन्न माग सहित जारी गर्यो हेटौंडा घोषणा पत्र २०८०
चलचित्र पत्रकार संघ नेपालको तत्वावधानमा चार दिने प्रथम राष्ट्रिय भेला हेटौँडामा सम्पन्न भएको छ । संघको आयोजनामा भएको कार्यक्रममा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले समन्वय तथा व्यवस्थापन गरेको थियो । फागुन ५ गतेदेखि ८ गतेसम्म चलेको सो भेलामा विभिन्न ११ सेसनमा कार्यक्रम भएको हो । भेलामा सिनेमा र पर्यटनका विभिन्न विषयमा ११ सेसनमा अन्तरसंवाद भएको कुरा संघका अध्यक्ष समीर बलामीले जानकारी दिए ।...
-
२०८० फाल्गुण ८, मंगलबार
सर्वसाधारणको बचत पूर्णरूपमा सुरक्षित छ : नेपाल राष्ट्र बैंक
काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंकिङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्ने गरी भइरहेको दुष्प्रचारको पछाडि नलाग्न सबैमा आग्रह गरेको छ। केन्द्रीय बैंकले मंगलबार सूचना प्रकाशित गरी लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमितरूपमा बैंकिङ कारोबार गर्न अनुरोध गरेको छ। 'नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी यस बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय...


