-
२०८० फाल्गुण ४, शुक्रबार
माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने
काठमाडौँ - नेकपा माओवादी केन्द्रले आफ्नो नाम र चुनाव चिह्न नफेर्ने भएको छ। चार दिनदेखि काठमाडौँमा जारी विधान अधिवेशनले उक्त निर्णय गरेको हो। अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिह्न (गोलाकारभित्र हँसिया हथौडा) यथावत रहने बताएका हुन्। विधान अधिवेशनका क्रममा बनाइएका समूहबाट पार्टीको नाम र चुनाव चिह्न फेर्ने सुझाव आएको थियो। केही समूहले सबै माओवादी...
-
२०८० फाल्गुण ४, शुक्रबार
भ्रमको पछि नलागौं’ : बालेन
काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले खुलामञ्चमा खेल मैदान बनाउँदैछ भनेर आम मानिसमा भ्रम सिर्जना गरिएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मेयर शाहले कर्मचारी र प्रमुखको सचिवालयबाट जानकारी गराउँदा पनि खुलामञ्चमा प्लास्टिकको दुबो सहितको पाँच करोडको लगानीमा खेल मैदान बन्ने समाचार आउनु दुखद भएको बताएका छन्। उनले लेखेका छन्, ‘विगत केही महिनादेखि...
-
२०८० फाल्गुण ४, शुक्रबार
केकीको फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज
काठमाडौं - अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । आगामी वर्षको वैशाख १४ गते रिलिज हुने फिल्मको पोस्टर फिल्म युनिटले बुधबार सार्वजनिक गरेको हो । पोस्टर नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ । पोस्टर फिल्मको नामसँग मिल्ने गरी बिम्बात्मक रुपमा डिजाइन गरिएको छ । नेपाली समाजमा बोक्सीले कपाल फिजाएर रातो साडी लगाएर पूर्णिमाको दिनमा...
-
२०८० फाल्गुण ४, शुक्रबार
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोलियम पदार्थको मूल्य बढेको छ । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर १.८३ र डिजेलको मूल्यमा प्रतिलिटर १.५६ रुपैयाँले बढेर आएकोले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिट २ रुपैयाँ वृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले बिहीबार साँझ जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्य आज मध्यरातिदेखि लागू हुनेछ ।
-
२०८० फाल्गुण ३, बिहिबार
मन्त्रीलाई चैन, कर्मचारी र भूमाफियालाई ऐन
काठमाडौं– अदालतले बहुचर्चित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा ३ जना पूर्वमन्त्रीले सफाइ पाएका छन्। ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने निर्णयमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले त्यसको कसुरमा कर्मचारी संयन्त्रको मात्रै संलग्नता रहेको ठहर गरेको छ। विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तत्कालीन भौतिक पूर्वाधारमन्त्री...
-
२०८० फाल्गुण ३, बिहिबार
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद, ८० लाख जरिवाना
काठमाडौं - ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई दोषी ठहर गरेको हो। अदालतले गुरुङलाई २ वर्ष कैद ८० लाख रुपैयाँ जरिवाना सुनाएको छ।
-
२०८० फाल्गुण ३, बिहिबार
म्युजिक भिडियो क्षेत्रमा शतक संख्याको नजिक सुरेन्द्र मानन्धर
हास्यव्यङ्ग प्रस्तुतिका लागि लोकप्रिय सुरेन्द्र मानन्धर नेपालभाषाको मनोरन्जनात्मक क्षेत्रमा चर्चित कलाकर्मि हुन् । विशेष गरी " समयबजि ” सिरियलका कारण लोकप्रिय मानन्धर नाटक र प्रहसन जगतमा बेग्लै छाप छोडेका मानन्धर गायन , गीत लेखनका साथसाथै म्युजिक भिडियो निर्देशनमा पनि ख्यातिप्राप्त नाम हो । उनको निर्देशनमा करिब सय वटा म्युजिक भिडियो प्रकाशमा आइसकेको छ भने " आः जि छु याये यःमा ” , अब म के गरुँ...
-
२०८० फाल्गुण २, बुधबार
सापकोटा र राईलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’
नइ प्रकाशनले २०७९ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने अमर प्राज्ञ भारत आसामका नव सापकोटालाई समर्पण गर्ने निर्णय गरेको छ । ताम्रपत्रका साथ यस पुरस्कारको राशि दुई लाख रूपियाँ रहेको छ । यसैगरी नइ प्रकाशनले सिर्जनाद्वारा...
-
२०८० फाल्गुण २, बुधबार
शिक्षक सेवा आयोगले माग्यो निमावि शिक्षक
काठमाडौँ - शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो । न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले...
-
२०८० फाल्गुण २, बुधबार
पाल्पा जिप दुर्घटनामा ८ जनाको मृत्यु, १८ जना घाइते
पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये ३ जना पुरुष र ५ जना महिला रहेका छन् । मंगलबार भएको जिप दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते भएका १८ जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ। मृतक र घाइतेको भने सनाखत भएको छैन ।
-
२०८० फाल्गुण २, बुधबार
बालेनको नेतृत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन
काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । मंगलबार नगरप्रमुख शाहको कार्यकक्षमा बसेको सरोकारवाला प्रतिनिधिहरूसहितको बैठकले उक्त समिति गठन गरेको हो । समिति सदस्यमा महानगरपालिका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, महानगरकै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन छन्...
-
२०८० फाल्गुण २, बुधबार
क्रिकेटर देव खनाल युवा वर्ष खेलाडी
क्रिकेटर देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आज आयोजना गरेको २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत खनाललाई वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गरेको हो । मनोनयनको शीर्ष ३ मा परेका एथलेटिक्सकी राममाया बुढा र बक्सिङका सुष्मा तामाङलाई पछि पार्दै देव खनालले उक्त अवार्ड जितेका हुन् । २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन...


