STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० माघ २७, शनिबार

    थाइल्यान्ड, सिंगापुर, हुँदै मलेशियामा तेस्रो अन्तर्राष्ट्रिय सिल्भर म्युजिक अवार्ड सम्पन्न

    म्युजिक भिडियो जगतको चर्चित निर्देशक बबिता श्रेष्ठ मलेकुको सभापतित्वमा  प्रियसी म्युजिक प्राली को आयोजना थाइल्यान्ड  सिगापुर हुँदै  मलेशिया मा सम्पन्न भएको  छ । वरिष्ठ गायक तथा लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल का पुर्व अध्यक्ष चन्द्र शर्माको प्रमुख आथित्यतामा सम्पन्न भएको सो तेस्रो अन्तर्राष्ट्रिय सिल्भर म्युजिक अवार्ड मलेशिया को क्वालालमपुर एन.आर.एन हल मा सप्पन्न भएको थियो । सो कार्यक्रम सफल...

  • २०८० माघ २७, शनिबार

    संस्थापक अध्यक्षबारेको भ्रामक कुरा सच्याउन पत्रकार महासंघ लाई अपिल

    नेपाल पत्रकार महासङ्घ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको तथ्य स्पष्ट हुँदाहुँदै महासंघले सो सत्यतथ्य को बेवास्ता गरेकोले अादिबासी जनजाति पत्रकार महासंघ फोनिज ले विरोध गरेको  छ । नेपाली पत्रकारिताको इतिहासमा वि.सं.२००८ साल वैशाख ९ गते पहिलो पटक नेपाल पत्रकार सङ्घ गठन गरेर सभापतिका रूपमा नेपालका पत्रकारलाई सङ्गठित गर्दै नेतृत्व प्रदान गर्ने व्यक्ति...

  • २०८० माघ २७, शनिबार

    तीन जनालाई त्रिमूर्ति पुरस्कार

    त्रिमूर्ति निकेतनले सत्रौँ त्रिमूर्ति दिवस नाट्यसम्राट् बालकृष्ण समको १२२ ओैँ जयन्तीका अवसर पारेर मनायो । उक्त अवसरमा तीन जना महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गरियो ।  त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.महादेव...

  • २०८० माघ २६, शुक्रबार

    कोशीका नवनियुक्त चार मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

    विराटनगर - कोशी प्रदेशका नवनियुक्त चार मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार नियुक्त भएका चार जना मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। आज नेपाली कांग्रेसका दुई प्रदेशसभा सदस्य मन्त्री बने भने नेकपा माओवादी केन्द्रका दुई सांसद मन्त्री बने। यसैगरी, कांग्रेसका दुई सांसद राज्यमन्त्री बनिन्। माओवादीका...

  • २०८० माघ २६, शुक्रबार

    प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

    काठमाडौं- सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत...

  • २०८० माघ २६, शुक्रबार

    घरेलु मदिरा ब्रान्डिङ गर्न मन्त्रालयमा छलफल

    काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर बिक्री प्रवर्द्धन गर्ने बताएका छन् । उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रवर्द्धन विषयक छलफलमा मन्त्री रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै लैजाने बताए ।  ठूला उद्योगी हाबी नहुने गरी स-साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने मन्त्री रिजालको भनाइ थियो । उनले...

  • २०८० माघ २६, शुक्रबार

    कोसी प्रदेशमा पहिचान पक्षधर र सरकारबीच ५ बुँदे सहमति

    काेसी प्रदेश सरकार र एक वर्षदेखि आन्दोलित पहिचान पक्षधरबीच शुक्रबार ५ बुँदे सहमतिमा हस्ताक्षर भएको छ। बिहीबारदेखि जारी वार्तामा कोसीका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले पहिचान पक्षधरसँग ५ बुँदे सहमति गरेको हो।  सहमतिअनुसार प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत् रुपमा प्रदेशकाे नाम फेर्नका लागि राजनीतिक वातावरण वनाउन संयुक्त रूपमा पहल गर्ने सहमति गरेका छन्। सहमतिअनुसार अब पहिचान...

  • २०८० माघ २६, शुक्रबार

    त्रिवि उपकुलपतिको लागि १४ जनाको नामवली सर्टलिस्ट

    काठमाडौँ- छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न आवेदन दिने ४३ मध्ये १४ जनाको नामवली सार्वजनिक गरेको छ । सय पूर्णाङ्कमा खुला प्रतिस्पर्धा गराएर उपकुलपति छनोट, सिफारिस र नियुक्तिको प्रक्रिया अघि बढाइएको छ । व्यक्तिगत विवरणसहित कार्ययोजना र सोचपत्रको मूल्यांकन गरी ‘सर्टलिस्ट’ तयार पारिएको हो ।  ३५ अंक छुट्याइएको विद्यालयसम्बन्धी सोचपत्र र कार्ययोजनाको शिक्षामन्त्री...

  • २०८० माघ २६, शुक्रबार

    टीकापुर सार्वजनिक जग्गा हिनामिना अभियोगमा २४९ विरुद्ध मुद्दा दायर

    काठमाडौँ - नक्कली कागजात खडा गरी कैलालीको टीकापुरमा झन्डै ७ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा टीकापुर नगर विकास समितिका तत्कालीन पदाधिकारी एवं कर्मचारीहित २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । समितिका तत्कालीन तीन अध्यक्ष, कर्मचारी र बाँकी २ सय २८ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारको अभियोगपत्रमा ६ बिघा १९...

  • २०८० माघ २६, शुक्रबार

    नेपालद्वारा क्यानडा सात रनले पराजित

    काठमाडौँ - पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको...

  • २०८० माघ २५, बिहिबार

    बग्दादमा अमेरिकाको ड्रोन आक्रमण, हिजबुल्लाह कमान्डर मारिए

    काठमाडौं- इराकको राजधानी बग्दादमा बुधबार अमेरिकाले ड्रोन आक्रमण गरेको छ । मिडिया रिपोर्ट अनुसार आक्रमणमा एक शीर्ष कमान्डरसहित इरान समर्थित मिलिसिया समूह कताइब हिजबुल्लाहका तीन सदस्यको मृत्यु भएको छ । पूर्वी बगदादको मश्ताल क्षेत्रको मुख्य सडकमा अमेरिकी ड्रोनले निशाना बनाएको गाडीमा कताइब हिजबुल्लाहका कमान्डर र उनका दुई सहयोगी थिए । आकस्मिक सेवा टोली घटनास्थल पुग्नुअघि नै कार जलेर नष्ट भएको थियो । ...

  • २०८० माघ २५, बिहिबार

    पाकिस्तानमा आज आम निर्वाचन, देशभर मोबाइल सेवा बन्द

    पाकिस्तानमा आज (बिहीबार) आम निर्वाचन हुँदैछ। यसका लागि पूरै देशमा मोबाइल सेवा बन्द गरिएको छ। पाकिस्तानको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘देशमा हालै भएका आतंकवादी घटनाका कारण धेरैको ज्यान गएको छ। शान्ति सुरक्षा कायम गर्न र सम्भावित खतरा सामना गर्न सुरक्षा उपाय आवश्यक छन्। त्यसैले देशभर मोबाइल सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो।’ राष्ट्रियसभाका ३३६ सिटमा आज मतदान हुँदैछ।...

Pages