STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० कार्तिक २२, बुधबार

    पोखराको लेकसाइड २४सै घण्टा खोल्न अदालतको आदेश

    कास्की— पोखराको पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खुला गर्न अदालतले आदेश दिएको छ। देवीकुमारी बरालको रिट निवेदनमा उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले उक्त आदेश गरेको हो । बरालले २४ घण्टा नै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखी जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामलाई विपक्षी बनाएर मुद्दा दायर...

  • २०८० कार्तिक २२, बुधबार

    सडकमा भेटिने गाईबाच्छा काठमाडौं महानगरले काञ्जी हाउसमा राख्ने

    काठमाडौं— काठमाडौं महानगरपालिकाले भोलि देखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर काञ्जी हाउसमा राख्ने भएको छ ।  बुधबार काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले सामाजिक सञ्जाल मार्फत भोलि देखी महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं ७ को पुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने जानकारी दिएका हुन् ।  उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाले कार्तिक २३ गतेदेखि सडकमा...

  • २०८० कार्तिक २०, सोमबार

    जाजरकोटमा फेरि भूकम्प, त्रासमा पीडित

    काठमाडौं- फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । मानिसहरू घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ हिँडेका छन् । भूकम्प मापन केन्द्रका अनुसार सोमबारको भुकम्प जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको हो । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै सोमबार अपराह्न अर्को ५.८ रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि त्रास फैलिएको हो । सोमबार बेलुका ४ बजेर ३१ मिनेटमा गएको...

  • २०८० कार्तिक २०, सोमबार

    साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने

    काठमाडौँ - तिहार तथा छठ पर्वका लागि सरकारले चिनीको आयात सहज बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिइने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि उक्त कार्यालयले चिनी उत्पादक उद्योगसँग समन्वय गर्दै तीन हजार मेट्रिकटन चिनी साल्टट्रेडिङ मार्फत किन्ने प्रबन्ध गरेको थियो । यसका साथै अवैधरुपमा भित्रिएको...

  • २०८० कार्तिक २०, सोमबार

    वायु प्रदूषण बढ्दै गएपछि दिल्लीमा विद्यालय बन्द

    काठमाडाैँ - वायु प्रदुषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द रहने भएका छन् । भारतको राजधानी दिल्ली र वरपरको वायु प्रदुषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालयहरू नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले आईतबार घोषणा गरे । मन्त्रीले प्राथमिक विद्यालय बन्द रहने भए पनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको बताए...

  • २०८० कार्तिक २०, सोमबार

    भूकम्प पीडितको गुनासो - ‘अहिलेसम्म राहत पाएका छैनौँ’

    जाजरकोट - शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुप¥यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा छन्। दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाउनुप¥यो । उनको सात जनाको परिवारमध्ये तीन जना मात्र मृत्युको मुखबाट...

  • २०८० कार्तिक २०, सोमबार

    राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलको १० दिने युरोप भ्रमण तत्कालका लागि स्थगित भएको छ । भूकम्पका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा विदेश भ्रमण गर्न उचित नहुने भन्दै भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले बताउनुभएको छ । गएको शुक्रवार राति जाजरकोटमा गएको भूकम्पका कारण भएको क्षतिले गर्दा देश नै शोकमा र सङ्कट परेको अवस्थामा राष्ट्रपतिले भ्रमण नगर्ने निर्णय...

  • २०८० कार्तिक २०, सोमबार

    विश्वकपमा पुगेको नेपाली टोलीलाई क्यानले ५० लाख दिने

    काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट भएको राष्ट्रिय टीमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यान सचिव पारस खड्काले बताए । काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो । तर फाइनलमा भने नेपाल सुपर ओभरमा...

  • २०८० कार्तिक १९, आइतबार

    सद्भाव बिगार्ने सामग्री हटाउन टिकटकसँग सहयोग माग

    काठमाडौं- सरकारले चर्चित भिडिओ सेयरिङ एप टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग छलफल गरेको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन सरकारले आग्रह गरेको छ । टिकटक दुरुपयोग गरेर हालिने यस्ता सामग्रीलाई हटाएर शान्ति सुव्यवस्था र समाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको गृह मन्त्रालयले जनाएको छ । दोषीउपर कानुन बमोजिम कारवाही गर्न नेपाल प्रहरीको साइबर...

  • २०८० कार्तिक १९, आइतबार

    भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ९१० वटा भवन पूर्णरूपमा क्षति

    काठमाडौं- जाजरकोट र रूकुम पश्चिममा ९१० वटा घर भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको छ । शुक्रबार राति ११ः४७ जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पका कारण ९१० वटा घर पूर्ण रूपमा क्षति पुगेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ । यस्तै २ हजार ८६१ घरहरूमा आंशिक रूपमा क्षति पुगेको छ । जाजरकोट, रूकुम पश्चिमसँगै कर्णाली प्रदेशका अन्य केही जिल्लाका केही घरहरूमा...

  • २०८० कार्तिक १९, आइतबार

    टी–२० विश्वकप एसिया छनोटः ओमानलाई उपाधि, नेपाल उपविजेता

    काठमाडौं- आईसीसी टी–२० विश्वकप एसिया छनोटको उपाधि ओमानले जितेको छ । सुपर ओभरमा पुगेको खेलमा ओमानले नेपाललाई हराएको हो। यससँगै नेपाल उपविजेतामा सीमित बनेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो । सुपर ओभरमा नेपालबाट ब्याटिङ गर्न कुशल भुर्तेल र गुलशन झा आएका थिए । ओमानका बिलाल खानले बलिङ गरेका थिए । बिलाल खानले पहिलो बलमा कुशल भुर्तेललाई पहिलो बलमै क्याच...

  • २०८० कार्तिक १९, आइतबार

    भूकम्पमा परी निधन भएकाका परिवारलाई प्रतिव्यक्ति दुई लाख दिने सरकारको निर्णय

    काठमाडौं - नेपाल सरकारले जाजरकोट–भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक...

Pages