-
२०८० कार्तिक १४, मंगलबार
६२ औं बिराट सम्मेलनमा मल्ल के. सुन्दरलाई सम्मान
भक्तपुर । बिराट नेपालभाषा साहित्य सम्मेलन गुथिको ६२ औं साहित्य सम्मेलन बीच नेवाः अग्रज साहित्यकार मल्ल के. सुन्दरलाई एक लाख रुपियाँ नगद सहित सम्मान गरेको छ । यो वर्ष मात्रै स्थापना भएको बिराट पूर्ण पुरस्कारको एक लाख रुपियाँ र नगद प्रदान गरी मल्ल के. सुन्दरलाई सम्मान गरेको हो । बिराटका सल्लाहकार स्वर्गीय पूर्ण बैद्यको स्मृतिमा स्थापित कोषबाट पहिलोपल्ट यो पुरस्कार प्रदान गरिएको हो । प्रमुख अतिथि...
-
२०८० कार्तिक १४, मंगलबार
सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्ने महासचिव गुटेरेसको विश्वास
काठमाडौँ,संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्क्रमणकालीन न्याय जटिल प्रक्रिया भए पनि यसले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “तपाईँहरू आफ्नो शान्ति प्रक्रियाको अन्तिम चरणमा हुनुहुन्छ, सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ, सङ्क्रमणकालीन...
-
२०८० कार्तिक १४, मंगलबार
टी-२० विश्वकप छनोट : आज नेपाल र मलेसिया भिड्दै
काठमाडौं- नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्दैछ । खेल दिउँसो सवा १ बजे टीयू क्रिकेट मैदामा हुनेछ । नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते भएपछि नेपाललाई प्लेइङ ११ मा सन्तुलन मिलाउन नै...
-
२०८० कार्तिक १४, मंगलबार
महासचिव गुटरेसले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
काठमाडौं— संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि संघीय संसद्को संयुक्त बैठक बस्ने समय मंगलबार अपराह्न ४ बजे बोलाइएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठक बोलाइएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बताए । गुटेरेसको सम्बोधन हुनु भन्दा १५ मिनेट अगाडि सांसदहरूलाई...
-
२०८० कार्तिक १४, मंगलबार
कसलाई ‘महामहिम’, ‘सम्माननीय’ र ‘माननीय’ भन्ने ?
काठमाडौँ - राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । सो गैरसरकारी विधेयक राष्ट्रियसभाको मङ्गलबार बस्ने बैठकमै प्रस्तुत गर्ने तयारी छ । समितिको आजको बैठकले सदस्य र विज्ञसहितको सुझाव समेटेर मर्यादासम्बन्धी विधेयक पारित गरेको सभापति जयन्ती राईले जानकारी दिनुभयो । त्यसले राष्ट्रिय मर्यादा क्रमका सन्दर्भमा उठेको केही...
-
२०८० कार्तिक १४, मंगलबार
प्रिन्सिपल हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुग्यो
काठमाडौं— बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकार (गुड्डु) को हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ । बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए । पक्राउ पर्नेमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिका समेत रहेको प्रहरीले...
-
२०८० कार्तिक १४, मंगलबार
गुटेरेस अन्नपूर्ण आधार शिविरमा
काठमाडौं- एन्टोनिए गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेका छन् । उनी आज मंगलबार बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका थिए । अन्नपूर्ण आधार शिविरमा पुगी उनले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद गरेका छन् । गुटेरेस त्यहाँकाे हिमाली हावापानी र प्राकृतिक साैन्दर्यमा रमाएका छन् । पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने...
-
२०८० कार्तिक १३, सोमबार
लालुपाते बहुउद्देश्यीय सहकारीका उपाध्यक्षसहित पाँचजना पक्राउ
खोटाङ, बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित आठ जनामध्ये तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई,...
-
२०८० कार्तिक १३, सोमबार
महासचिव गुटेरेस सगरमाथा क्षेत्र जानुहुँदै
काठमाडौँ, नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जानुहुने भएको छ । मौसम अनुकूलताअनुसार उहाँ आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जानुहुने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्नुहुने जनाइएको छ । त्यसपछि ललितपुर पुल्चोकस्थित...
-
२०८० कार्तिक १३, सोमबार
प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार
दाङ, चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति आज फरार भएका छन् । फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार भएको प्रहरी उपरीक्षक केसीले जानकारी...
-
२०८० कार्तिक १३, सोमबार
मसानघाट पनि अतिक्रमणमा
ढोरपाटन , एकदशक अगाडिसम्म निसीखोलाका किनार सुनसान थिए । ढुङ्गा र बालुवाका थुप्रोमा बकुल्ला डुल्थे । मान्छेको मृत्युपछि दाहसंस्कार गर्ने विभिन्न जातजातिको आआफ्नै घाट हुन्थ्यो । अचेल ती घाटमाथि संरचना बन्न थालेका छन् । कतिले त घाटलाई अतिक्रमण गरी खेतमा परिणत गरेका छन् । पातीहाल्ने, तिलाचन, घुमदेखि बग्दै आएको निसीखोला भुजीखोला र तमानखोलासँग मिसिएर बडिगाड बनेको छ । बुर्तिबाङ बजारदेखि केही तल...
-
२०८० कार्तिक १३, सोमबार
काभ्रेमा डेङ्गुको सङ्क्रमण बढ्दै
काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनयता डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा छ जनामा सङ्क्रमण देखिएको धुलिखेलस्थित जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । थपिएका सङ्क्रमित चार महिलासहित छ जना बनेपा नगरपालिका पाँचखाल नगरपालिका र रोशी गाउँपालिकाको बासिन्दा रहेको कार्यालयका निमित्त प्रमुख डा अनिता खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अझै केही दिन डेङ्गु सङ्क्रमण...


