STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० कार्तिक १६, बिहिबार

    खाद्यान्न र चिनीको अभाव हटाउन सांसदको माग

    काठमाडौँ - राष्ट्रियसभाका सांसदहरुले चाडपर्वका समयमा बजारमा खाद्यान्न र चिनीको अभाव देखिएको जनाउँदै खाद्यान्नको आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले इजरायमा हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई छुटाउन सरकारबाट भएको पहलका बारेमा जानकारी माग गरिन् । साथै उनले वैदेशिक रोजगारीका लागि मेनपावर कम्पनीले निःशुल्क पठाउने भने...

  • २०८० कार्तिक १६, बिहिबार

    संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

    काठमाडौँ - सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । आजको बैठकले सहसचिव राधिका अर्याललाई प्रशासनतर्फको सचिव र विश्वबाबु पुडासैनीलाई प्राविधिकतर्फको सचिवमा बढुवा गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । 

  • २०८० कार्तिक १६, बिहिबार

    एक सातामै बाह्र हजार चालक कारबाहीमा

    काठमाडौँ - ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तिब्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दसैँलगत्तै कात्तिक ९ देखि आज बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरुलाई कारबाही गरिएको हो । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले...

  • २०८० कार्तिक १६, बिहिबार

    पक्राउ परे रिगल, पुनः कारागार चलानको तयारी

    काठमाडौं- सर्वोच्च अदालतले कैद माफी बदर गर्न परमादेश दिएपछि प्रहरीले व्यक्ति हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई पक्राउ गरेको छ । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु बिक चोकबाट पक्राउ गरेको डीएसपी नारायण डाँगी जानकारी दिए । सर्वोच्च अदालतबाट राष्ट्रपतिले दिएको सजाय माफीविरुद्धको मुद्दामा आदेश आएलगत्तै रिगल मोबाइल स्वीच अफ गरेर भाग्ने तयारीमा रहेको...

  • २०८० कार्तिक १६, बिहिबार

    रिगललाई दिइएको आममाफी बदर, कैद असुलउपर गर्न परमादेश

    काठमाडौं- सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गरेको छ । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले बिहीबार रिगललाई तत्काल पक्राउ गर्न परमादेश समेत दिएको छ । अझै ११ वर्ष ११ महिना ५ दिन कैद असुलउपर गर्नका लागि रिगललाई तत्काल पक्राउ गर्न परमादेश जारी भएको रिट निवेदक पक्षका अधिवक्ता...

  • २०८० कार्तिक १५, बुधबार

    ‘जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्’

    जनकपुरधाम, ‘रिल’ मा एक दिनका लागि मन्त्रीरमुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन । यो धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुनका लागि पनि ‘रिल’मा नौलो विषय होइन । तर ‘रिल’ मा देखे सुनेको घटना वास्तविक ९रियल० मै आफ्नो जीवनमा आउला भन्ने कुरा रजीनाले कल्पनासमेत गर्नुभएको थिएन ।     बुधबार उहाँको जीवनमा कल्पना नगरेकै घटना भयो अर्थात् रजीना एक...

  • २०८० कार्तिक १५, बुधबार

    लागुऔषध दुव्र्यसनविरुद्धको अभियानका लागि महोत्सव

    चितवन, नारायणगढको नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानका लागि महोत्सव हुने भएको छ । रिकभरिङ युनाइटेडको मुख्य आयोजना तथा औद्योगिक शान्ति नेपालको सह–आयोजनामा ‘चितवन रिकभरी जनचेतना, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८०’ हुन लागेको हो ।     महोत्सव मङ्सिर ६ गतेदेखि १६ गतेसम्म हुनेछ । लागुऔषध तथा मद्यपान प्रयोगकर्ताहरुको निःशुल्क उपचार गर्ने लक्ष्यसहित महोत्सव आयोजना...

  • २०८० कार्तिक १४, मंगलबार

    मलेसियालाई हराउँदै नेपाल टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा

    काठमाडौं- टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा भेटाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरे । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए । नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टीम ओमान...

  • २०८० कार्तिक १४, मंगलबार

    ठगी पुष्टिपछि सशस्त्र प्रहरीको पेट्रोल पम्पलाई एक लाख जरिवाना

    काठमाडौं- कम परिमाणमा डिजेल बिक्री गरेर नापतौलमा ठगी गरेको भन्दै काठमाडौंको स्वयम्भूमा सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पलाई जरीवाना तिराइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौं कार्यालयले स्वयम्भुस्थित हलचोक फ्यूल सेन्टरलाई एक लाख रुपैयाँ जरिवानाको निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालयको विशेष सक्रियतामा कात्तिक १ मा भएको छड्के अनुगमन क्रममा उक्त पम्पको एउटा नोजलबाट बिक्री...

  • २०८० कार्तिक १४, मंगलबार

    प्यालेस्टाइनको समर्थनमा ललितपुरमा प्रदर्शन

    काठमाडौं- प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको आक्रमणको विरोधमा ललितपुरमा प्रर्दशन भएको छ ।  पाटन दरबार स्क्वाएरमा जम्मा भएका विभिन्न जनजाति अगुवाहरूले, प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको आक्रमण रोकिनु पर्ने भन्दै प्लेकार्डसहित प्रर्दशन गरेका हुन् ।  कार्यक्रममा सहभागीहरूले कविता मार्फत शान्ति स्थापनाको आग्रह गरेकासमेत गरेका थिए ।

  • २०८० कार्तिक १४, मंगलबार

    डिजेल र मट्टीतेलको मूल्य घट्यो

    काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य  बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागु हुने उनले बताए । निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको छ,’ ठाकुरले भने...

  • २०८० कार्तिक १४, मंगलबार

    सङ्क्रमणकालीन न्यायको विषय नाजुक र जटिल : गुटेरेस

    काठमाडौं- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्क्रमणकालीन न्यायको विषय नाजुक र जटिल रहेको भन्दै त्यसको टुंगो लगाउन नेपाल एक्लो नभएको बताएका छन् ।  नेपालको औपचारिक भ्रमणमा रहेका गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।  ‘सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न...

Pages