-
२०८० आश्विन ३, बुधबार
गणतन्त्रको वास्तविक अनुभूति गर्न बाँकी छ : राष्ट्रपति पौडेल
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नु पर्ने बताएका छन् । संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले अहिलेका शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जितेर लोकतन्त्रलाई अझ परिणाममुखी बनाउन आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘कतै हाम्रा कमजोरीलाई...
-
२०८० आश्विन ३, बुधबार
विद्यालय बन्द गरेरै जान शिक्षकहरुको आह्वान
कठमाडौं - काठमाडौं महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले संघीय संसदमा दर्ता भएको शिक्षा विधेयकविरुद्धको आन्दोलनमा विद्यालय बन्द गरेर जानेमा एक स्वर गरेका छन् । बुधबार महानगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अनिश्चित रुपमा विद्यालय बन्द गरेर आन्दोलनमा जाने भनि सुरु गरिएको आन्दोलनप्रति समर्थन जनाउँदै सबै शिक्षक...
-
२०८० आश्विन ३, बुधबार
शिक्षा विधेयकमा मेयर बालेनको पनि असहमति, तर विद्यालय बन्द गरे कारबाही गरिने
काठमाडौं - कामठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले शिक्षकहरुको सरकारले ल्याएको शिक्षा विधेयकमा शिक्षकहरुसँगै आफ्नो पनि असहमति रहेको बताएका छन् । सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकविरुद्ध शिक्षकहरुले माइतीघरमा आन्दोलन चर्काइरहेको बेला मेयर शाहले विधेयकमा आफ्नो पनि असहमति रहेपनि शिक्षकहरुले विद्यालय बन्द गर्ने सवालमा असहमति जनाएका छन् । उनले सामाजिक...
-
२०८० आश्विन २, मंगलबार
शिक्षकहरु मन्त्रालयसँगको वार्तामा अनुपस्थित, भोलिबाट देशभरका विद्यालय बन्द गर्न आह्वान
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको वार्ता नेपाल शिक्षक महासंघले बहिस्कार गरेको छ। बुधबारबाट आन्दोलनको कार्यक्रम घोषणा गरेपछि शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर आज दिउँसो ३ बजे वार्तामा आउन महासंघलाई अपिल गरेपनि शिक्षकहरु वार्तामा नगएका हुन्। संसदमा शिक्षा सम्बन्धि विधेयक दर्ता भइसकेकाले शिक्षा मन्त्रालयले गर्ने वार्ताबाट समस्या समाधान नहुने भएको वार्तामा...
-
२०८० आश्विन २, मंगलबार
‘कोशी नाम खारेज गर’ भन्दै पहिचानवादीद्वारा मोटरसाइकल र्याली
काठमाडौं - विगत केही महिनादेखि कोशी प्रदेशको नामाकरणको विरोध गर्दै आएका पहिचान पक्षधरहरुले विराटनगरमा मोटरसाइकल र्याली निकालेर विरोध जनाएका छन् । विराटनगरमा मंगलवार सुनसरीको इटहरीदेखि मोटरसाइकल र्यालीसहित आएका पहिचानपक्षधरहरूले विराटनगरस्थित महेन्द्रचौकमा कोण सभा गरेका थिए । उनीहरूले ‘कोशी नाम खारेज गर’, ‘पहिचानवादी जिन्दावाद’, ‘पहिचान विरोधी होसियार’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘जातिवाद मुर्दावाद...
-
२०८० आश्विन २, मंगलबार
महाराजगञ्ज चोकमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि
काठमाडौं- काठमाडौंको महाराजगञ्ज क्षेत्रमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। महाराजगञ्जस्थित अमेरिकी दूतावास नजिकै शंकास्पद देखिने एउटा झोला देखिएपछि सेनाको टोलीले उक्त वस्तु डिस्पोज गरेको हो। नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले उक्त वस्तु ‘होक्स’ रहेको जानकारी दिए। ‘नेपाली सेनाको बम डिस्पोजल टोली गएर बेलुका डिस्पोज गर्ने क्रममा उक्त वस्तु ‘होक्स’ रहेछ,’ उनले...
-
२०८० आश्विन २, मंगलबार
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
काठमाडौं- भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नित्यकर्म समाप्त गरी हरितालिकाको व्रत समापन गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । वाग्मती, मनोहरा, रुद्रमतीलगायत नदी किनारको मुहान क्षेत्रमा...
-
२०८० आश्विन २, मंगलबार
संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट छ सय ७० जना कैदीको माफी मिनाहा
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ । उनले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को...
-
२०८० आश्विन २, मंगलबार
काठमाडौं-भक्तपुर सडकमा डेडिकेटेड लेन
काठमाडौं- काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रमा अहिले धमाधम द्रुत बस सेवाका लागि डेडिकेटेड लेन बनाउने कार्य जारी छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारको द्रुत बस सेवा सञ्चालन गर्ने योजनाअनुसार भोलि बुधबारदेखि सञ्चालन गर्न लागिएको रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार भइरहेको हो । अहिले पनि ‘रेड मार्क’ लगाउने कार्य जारी छ । कार्यालयका प्रहरी...
-
२०८० आश्विन २, मंगलबार
ख्यातिप्राप्त अभिनेता मदनकृष्ण र पत्रकार विजयरत्न सहित दस जनालाई प्रदान
नेपाल चलचित्र विकास बोर्डको आयोजनामा असोज ३ गते पर्ने संविधान दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमूख आतिथ्यमा चलचित्र मार्फत सांस्कृतिक रूपान्तरण पुरस्कार २०८० मंगलबार एक समारोह बीच प्रदान गरिएको छ । मंगलबार बिकास बोर्डको प्रेक्षालयमा सम्पन्न सो समारोहमा ख्यालिजुजु का रुपमा ख्यातिप्राप्त हास्ककलाकार मदनकृष्ण श्रेष्ठ र अग्रज सिने पत्रकार विजयरत्न तुलाधर सहित १० जनालाई...
-
२०८० आश्विन २, मंगलबार
प्रसिद्ध वाङ्गमयविद् राजेन्द्र सुवेदी स्मृति समाज गठन
प्रसिद्ध वाङ्गमयविद् समालोचक तथा निबन्धकार स्वर्गिय राजेन्द्र सुवेदीको स्मृतिलाई अक्षुण्ण राख्ने उद्देश्यले राजेन्द्र सुवेदी स्मृति समाज नामक संस्था गठन गरिएको छ । स्वर्गीय सुवेदीको परिवारले दश लाख रुपिया अक्षयकोष राखी सुरु गरेको यो संस्थाका अध्यक्ष जीवेन्द्रदेव गिरी, उपाध्यक्ष रमेश लुइँटेल, सचिव कमल सुवेदी, कोषाध्यक्ष पुष्पा घिमिरे, सदस्यहरुमा धीरकुमार श्रेष्ठ, सावित्री श्रेष्ठ, भागवत आचार्य,...
-
२०८० आश्विन २, मंगलबार
मनाइयो गणेश चतुर्थी पर्व
काठमार्डौँ, प्रथमपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, धनगणेश, जलविनायक, कार्यविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेश चतुर्थी पर्व मनाइएको हो ।...


