-
२०८० श्रावण २३, मंगलबार
प्रचण्ड गर्मीले अमेरिकाका पाँच काउन्टीमा एक सय सतचालिस जनाको मृत्यु
अमेरिकामा प्रचण्ड गर्मीका कारण पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको ज्यान गएको छ । यो विज्ञहरूले अनुमान गरेभन्दा निकै कम भएको केबल न्युज नेटवर्क सिएनएन ले जनाएको छ । मृत्युको रिपोर्ट तीन राज्यमा भएको छ जुन सबैभन्दा खराब पीडित छ । यसै महिनाको प्रारम्भमा एरिजोनाको पिमा काउन्टीमा ६४ र म्यारीकोपामा ३९ जना, नेभाडाको क्लार्क काउन्टीमा २६ जना, टेक्सासको वेबमा ११ र ह्यारिस काउन्टीमा सात जनाको ज्यान...
-
२०८० श्रावण २३, मंगलबार
कहिलेसम्म पहिचानकै खोजी ? ( बिचार )
वैज्ञानिक समाज विज्ञान प्रविधिको सहायताले अरू ग्रहहरुमा मानव अस्तित्वको खोजीमा छ । तर नेपाली समाजमा मानवशास्त्रीय अध्ययन पनि राम्ररी हुन सकेको छैन । यसले गर्दा समाजमा पहिचानको सङ्कट अहिलेसम्म देखा पर्ने गरेको छ । “म यो समुदायको हुँ’’ भन्दा पनि पहिचान दिन गाह्रो मान्ने राज्य व्यवस्था अझै छ । यस विषयमा हुम्लाका ‘जाड’ र ‘व्यासी’ का बारेमा सोधखोज गर्न खोजिएको छ । हुम्लाको जडान क्षेत्रका भोट्या लामा...
-
२०८० श्रावण २३, मंगलबार
षडानन्द सीताराम गुठीको जग्गा खोजी गरिँदै
देशको पहिलो संस्कृत पाठशाला सञ्चालनका लागि स्थापना भएको ऐतिहासिक षडानन्द सीताराम गुठीको जग्गा खोजी थालिएको छ । भोजपुरको दिङ्लामा नेपालकै पहिलो पाठशाला सञ्चालनका लागि आबाल ब्रह्मचारी षडानन्द अधिकारीले विसं १९३२ मा स्थापना गरेको गुठीको जग्गा खोजी थालिएको हो । हालसम्म गुठीको नाममा करिब एक हजार दुई सय रोपनी जमिन रहेको भए पनि बाँकी जग्गा कहाँ–कहाँ छ भनेर खोजीकार्य भइरहेको षडानन्द सीताराम गुठीका...
-
२०८० श्रावण २३, मंगलबार
काठमाडौँमा भारी वर्षा नदी किनार आसपास सतर्कता अपनाउन अनुरोध
सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि काठमाडौँमा निरन्तर वर्षा भइरहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर ९नेपाल नजिक० अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने महाशाखाले जनाएको छ । यसका साथै नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको...
-
२०८० श्रावण २३, मंगलबार
हेटौँडा-काठमाडौँ जोड्ने दुई राजमार्ग अवरुद्ध
मकवानपुर - अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडालाई काठमाडौँसँग जोड्ने दुई छोटा राजमार्ग अवरुद्ध भएका छन् । पहिराका कारण कान्तिलोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । गए राति मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौँडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडाँै सडकखण्डमा पहिराका कारण बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । वर्षाका कारण पहिरो...
-
२०८० श्रावण २३, मंगलबार
कैलालीका पाँच सय भन्दा बढी घर डुबानमा
काठमाडौं- गएराति परेको अविरल वर्षाका कारण कैलालीमा ५ सय भन्दा बढी घर डुबानमा परेका छन् । गएराति चुरेमा परेको अविरल वर्षाका कारण तल्लो तटीय क्षेत्रका कैलालीका जानकी, जोशीपुर, कैलारी गाउँपालिका र भजनी तथा टीकापुर नगरपालिका डुबानमा परेका हुन् । टीकापुर नगरपालिका वडा नम्बर ६ को भर्तापुरमा थरैया नदिमा आएको बाढी पसेको छ । जोशीपुर गाउँपालिका वडा नम्बर ३ भितरिया गाउँमा काँडा नदीमा आएको बाढी पसेर करिब २००...
-
२०८० श्रावण २३, मंगलबार
अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान
काठमाडाैँ - अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका बागमती तथा विष्णुमती नदी आसपासका क्षेत्र, टेकु, सानेपा, त्रिपुरेश्वर, गौरीघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला...
-
२०८० श्रावण २२, सोमबार
नागढुङ्गा-सिस्नेखोला सुरुङको ‘ब्रेक थ्रू’
काठमाडौं - नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको आकस्मिक सुरुङ (रेस्क्यु टनेल) छिचोलिएको छ । निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक थ्रू’ गरिएको हो । नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकासहित उच्च अधिकारीको उपस्थितिमा ब्रेक थ्रू गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा...
-
२०८० श्रावण २२, सोमबार
विवादास्पद छविका लामा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त
काठमाडौं - सरकारले विवादास्पद छवि भएका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ। तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले लामालाई अर्थराज्यमन्त्री बनाएका थिए। सो समयमा चौतर्फी विरोध भएपछि अर्थराज्यमन्त्री भएको केही दिनमै उनले पदबाट राजीनामा दिएका थिए। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका लामा दोहोरो नागरिकता मुद्दामा मुछिएका छन्। केही दिनअघि बसेको मन्त्रिपरिषद...
-
२०८० श्रावण २२, सोमबार
चितवनमा सुजुकी जिम्नी र फ्रोन्क्स गाडि सार्वजनिक
नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभी गाडीहरु सुजुकी जिम्नी र फ्रोन्क्स चितवनमा सार्वजनिक भएको छ । उक्त दुई एसयूभीको टेस्ट ड्राइभ पनि अब ग्राहकले शोरुमबाट गर्न सकिने चितवनका लागि आधिकारिक विक्रेता साध्वी इन्टरनेशनल प्रा.लिले जनाएको छ । नेपालका लागि सुजुकी ब्राण्ड चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोक्रप तथा सिजी जक्स्टजेनले...
-
२०८० श्रावण २२, सोमबार
विशिष्ट चलचित्रकर्मीहरुलाई "भुवन चैत्य वसुन्धरा” पुरस्कार प्रदान
‘भुवन चैत्य वसुन्धरा’ फाउण्डेशनद्वारा विशिष्ट चलचित्रकर्मिहरुलाई प्रदान गर्दै अाइरहेको विभिन्न पुरस्कारहरु एक समारोहको बीच अाइतबार प्रदान ट गरिएको छ । प्रथम नेपाली चलचित्र " आमा बाट अभिनय यात्रा थालेका विशिष्ट अभिनेत्रीहरु भुवन चन्द, चैत्यदेवी सिंह र बसुन्धरा भुसालद्वारा स्थापित भुवन चैत्य बसुन्धरा फाउनडेसनले आइतबार राजधानीको चलचित्र बिकास बोर्डमा एक कार्यक्रम आयोजनागरी विशिष्ट कलाकर्मीहरूलाई...


