-
२०८० श्रावण २६, शुक्रबार
खण्डहर बन्दै भृकुटी कागज कारखाना
नवलपुर, नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले चार दशकअघि स्थापना गरिएको नेपालकै ठूलो कागज कारखानाको अवस्था अहिले भेन्टिलेटरमा राखिएको बिरामीजस्तै भएको स्थानीय बताउँछन् । भृकुटी कागज कारखाना नजिकैका ७० वर्षीय रामेश्वर कँडेलले उद्योग सञ्चालनमा हुने बेलासम्म यहाँ निकै...
-
२०८० श्रावण २६, शुक्रबार
भक्तपुरमा एक वर्षमा एक लाख ६७ हजार पर्यटक आए
भक्तपुर, कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ ।भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष २०७९/८० को एक वर्षमा एक लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकमा आगमन भएको छ । भ्रमणका लागि आएको विदेशी पर्यटकले भक्तपुर नगरपालिका क्षेत्रभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकन गरेका हुन् । कोरोना महामारी पछि यस वर्ष...
-
२०८० श्रावण २६, शुक्रबार
चुँदीरम्घामा भानुभक्तकालीन घर बनाइँदै
तनहुँ, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ । हाल भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरलाई भने सोही अवस्थामा नै संरक्षण गरिने भएको छ । भानुजन्मस्थल विकास समिति र भानु नगरपालिकाको समन्वयमा पश्चिमाञ्चल विकास मञ्चले आदिकवि आचार्यको जन्मघरकै स्वरुपमा नयाँ घर बनाउन लागेको हो । नेपाली साहित्यमा...
-
२०८० श्रावण २६, शुक्रबार
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउनक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज...
-
२०८० श्रावण २६, शुक्रबार
सुन तस्करी प्रकरण स् थप दुई चिनियाँ नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा आज थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।उक्त प्रकरणमा चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा...
-
२०८० श्रावण २६, शुक्रबार
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
आइतबार आठ वर्ष अवधिको रू १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो ।विकास ऋणपत्र साउन २८ गते आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने साउने २९ गते निष्काशन हुनेछ । यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि...
-
२०८० श्रावण २५, बिहिबार
चोरी भएको सवारीसाधन पत्ता लगाउन जिपीएस प्रविधि सुरु
काठमाडौं - मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जिपीएस प्रविधि (लोकोमो) सुरु भएको छ । घर, कार्यालय तथा सुरक्षित पार्किङबाटै पनि मुलुकमा दैनिक पाँचवटासम्म दुईपाङ्ग्रे सवारीसाधन हराउने र चोरी हुने गरेको सन्दर्भमा यो प्रविधि प्रयोगमा आएसँगै प्रहरीलाई हराएको मोटरसाइकल फेला पार्न सफलता मिल्नेछ । चोरी तथा सडक सुरक्षा, राजमार्ग यात्रा, महिला सुरक्षालगायतका समस्या प्रविधिको प्रयोगले...
-
२०८० श्रावण २५, बिहिबार
शैक्षिक प्रमाणपत्र कीर्ते प्रकरण : सांसद शर्मासहित ५ जना सिआइबीको फन्दामा
काठमाडौं - शैक्षिक प्रमाणपत्र कीर्ते प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका सांसदसमेत रहेका डा. सुनिलकुमार शर्मासहित ५ जनालाई पक्राउ गरेको छ । बिहीबार सिआइबीले सांसद शर्मासहित डा. रामबाबु यादव, डा. एरिना यादव, अमृत चौधरी र डा. रञ्जित कुमार यादवलाई पक्राउ गरेको हो । शर्मा काठमाडौंबाट पक्राउ परेका हुन् भने रञ्जितकुमार यादव महोत्तरी पिपराबाट र अमित चौधरी...
-
२०८० श्रावण २५, बिहिबार
अमेरिकाबाट आएका हिरोसित आराध्यलक्ष्मी
नेपालभाषाको गीतसंगीत र सिनेमाका नायिका , कोरियोग्राफर, मोडल र निर्देशकका रुपमा बहु चर्चित प्रतिभा आराध्यलक्ष्मी खड्गी अब गायिकाको रुपमा पनि अगाडि बढेका छन् । उनको गायनमा डेब्यु को रुपमा " मतिनाया देशय् ”( मायाको देशमा) बोलको नेपालभाषाको गीतको म्युजिक भिडियो विहिबार सार्वजनिक गरिएको छ । रासु अर्थात राम खडगी र सुर्जलक्ष्मी खडगी प्रस्तुतकर्ताका रुपमा रहेको बहु प्रतिभाशाली व्यक्तित्वका रुपमा...
-
२०८० श्रावण २५, बिहिबार
‘नेपालभाषा टाइम्स’सहित पाँच सञ्चारकर्मीलाई सम्मान
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल भाषामा प्रकाशित पत्रिकासहित पाँच सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । महासङ्घले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८०’ बाट पत्रकार दिलीप थापा मगर र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान २०८०’बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ सम्मान गर्न लागेको हो । ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८०’ स्व किसन...
-
२०८० श्रावण २५, बिहिबार
संस्कृति र पहिचान झल्कने घर नासिँदै
मन्थली, झिँगटी र पातला ढुङ्गाको छाना भएका ठूला घर अब गाउँमा देख्दा अनौठो लाग्छ । पहिले पहिले सभ्रान्त परिवारको चिनारीका रुपमा रहेका त्यस्ता घर अहिले खण्डहर बनेका छन् । जसोतसो २०७२ सालअघि त्यस्ता घर मर्मतसम्भार गरेर काम चलाइए पनि भूकम्पपछि साना घर निर्माणको लहर आयो । कला, संस्कृति र पहिचाहनसहितका घर जातीय हिसाबले रङ्ग्याइएका हुन्थे । मगर, हायुँ, तामाङ, नेवार र अन्य जातिको घरको बनावट र सजावटले...
-
२०८० श्रावण २४, बुधबार
संगीत शिक्षाको महत्व’ विषयक अन्तर्क्रिया सम्पन्न
राष्ट्रिय लोक साँस्कृतिक संघको आयोजनामा काठमाडौंको कपन स्थित रिलायन्स इन्टरनेशनल एकेडेमीमा ‘संगीत शिक्षाको महत्व’ विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सम्पन्न भएको हो । अन्र्तक्रिया कार्यक्रममा संघका महासचिव योगेन्द्र उपाध्यायले संगीत शिक्षाको महत्वका बारेमा प्रकाश पारेका थिए । संगीतमै स्नातकोत्तर गरेका योगेन्द्रले संगीतको औपचारिक अध्ययन गरेर संगीतमा लाग्नुका फाइदाहरु बारे...


