-
२०८० आषाढ ५, मंगलबार
नेपालले अमेरिकालाई ६ विकेटले हरायो
काठमाडौं - आईसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटअन्तर्गत भएको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । मंगलबार जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले जितका लागि दिएको २०८ रनको लक्ष्य ४२.४ ओभरमा ४ विकेट गुमाउँदै नेपालले लक्ष्य पूरा गरेको हो । नेपालका तर्फबाट भीम सार्कीले अर्धशतक पूरा गरे । उनले ७७ रन बनाए...
-
२०८० आषाढ ५, मंगलबार
काठमाडौँ महानगरद्वारा ११ महिनामा रु आठ अर्ब राजस्व सङ्कलन
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९÷८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशतमात्रै हो । महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य रु...
-
२०८० आषाढ ५, मंगलबार
मातृभाषा बोल्न र बुझ्न सक्ने भए दुरा
दमौली, ५ असार (रासस) एक महिना अघिसम्म मातृभाषाबारे ज्ञान नभएकी तनहुँको व्यास नगरपालिका–४ निवासी लिला दुरा अहिले मातृभाषा बोल्न थाल्नुभएको छ । उहाँले अहिले मातृभाषामा गीत गाउन, बोल्न जान्नुका साथै बोलेको कुरा बुझ्न सक्ने हुनुभएको छ । उहाँले भन्नुभयो, “एक महिना अगाडीसम्म मातृभाषा कसरी बोलिन्छ भन्ने जानकारी थिएन, एक महिनाको प्रशिक्षणपछि अहिले त धेरै कुरा जाने ।” उहाँले दुरा भाषामा गीत गाउन पनि...
-
२०८० आषाढ ५, मंगलबार
अन्तरजातीय विवाहको पीडा स् न विवाह दर्ता न जन्मदर्ता
बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उहाँको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उहाँको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताले बताउनुभयो । तीन सन्तानकी आमा सुनिताका दुई छोरी र एक छोरा छन् । तीनै जनाको...
-
२०८० आषाढ ४, सोमबार
प्रधानमन्त्री बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने भएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, शहरी विकासमन्त्री सीता गुरुङ, सांसदहरु योगेश भट्टराई, बसन्त नेम्बाङ, दीपक खड्का लगायत पनि टोलीमा हुनेछन् । टोलीले ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर लगायतका प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । सडक...
-
२०८० आषाढ ४, सोमबार
गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन
काठमाडौं - राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानविन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ । समिति सभापति प्रकाश पन्थको अध्यक्षतामा बसेको बैठकले गोलभेँडा फालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै तरकारी किन फाल्नु परेको हो भनि गृह र कृषि तथा पशुपक्षी मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको हो । बैठकको निर्णयमा...
-
२०८० आषाढ ४, सोमबार
१ करोड २० लाख कित्ता फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्टको आईपीओ स्थगित
काठमाडौँ– विभिन्न काण्डमा मुछिएको घोराही सिमेन्ट इन्डस्ट्रीको १ करोड २० लाख कित्ता फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्ट प्राथमिक निष्कासन (आईपीओ) स्थगन भएको छ । फर्जी आवेदनमा लगातार वृद्धि भएपछि नेपाल धितोपत्र बोर्डले इस्यु म्यानेजरलाई तत्काल आवदेन स्थगन गर्न पत्र पठाएको हो । फर्जी आवेदनसँगै गुनासो आउने क्रम बढेपछि इस्यु म्यानेजर हिमालयन क्यापिटललाई पत्र पठाएर प्रक्रिया स्थगन गरेको हो । घोराही...
-
२०८० आषाढ ४, सोमबार
बालकोटमा ओली र रेशम चौधरीबिच भेटवार्ता
काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो। सो भेटवार्तामा दुवै नेताका बिचमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो । जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाई धन्यवादसमेत दिएका थिए । जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै समेत...
-
२०८० आषाढ ४, सोमबार
नेपालभर ‘आदिपुरुष’को प्रदर्शन रोक्ने निर्णय
काठमाडौं - ‘आदिपुरुष’ फिल्मको नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि देशव्यापी प्रदर्शन रोक्ने निर्णय गरेको छ । कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको बताए । ‘निर्णयपछि सबैतिर फिल्मको प्रदर्शन रोकिएको छ,’ उनले भने । काठमाडौं महानगरपालिकाको आधिकारिक पत्रबिनै हल व्यवसायीले फिल्मको प्रदर्शन रोकेकोप्रति आपत्ति जनाउँदै राठीले फिल्म उतार्ने...
-
२०८० आषाढ ४, सोमबार
समाजवादी मोर्चा घोषणा, हामीमा लागेका धुलो मैलो सफा हुन्छ : प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि मिसिएपछि मोर्चाको दूरगामी प्रभाव देखिएको ठोकुवा गरेका छन् । सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले विप्लव नेतृत्वको पार्टी मिसिएको यो मोर्चाको गुणात्मक र दूरगामी महत्व बढेको बताउँदै संसदमा लागेकाहरुको धुलोमैलो सफा गर्ने मद्धत...
-
२०८० आषाढ ४, सोमबार
गायक प्रमोद खरेलको गीतमा बबिता श्रेष्ठको म्युजिक भिडियो
विष पिउन मन लाग्छ किन र गलती भो लगायतका धेरै लोकप्रिय गीतहरुका गायक प्रमोद खरेलको नयाँ गीत " कस्तो थिएँ कस्तो भएँ ” गीतको अडियो आउँदा नै भाइरल बनिसकेको थियो भने हालै यो गीतको म्युजिक भिडियो लोकप्रिय भइरहेको छ । यो भिडियोको निर्देशन सिउँदो सजायौ, भो कुरै नगर , तिम्रो प्यार गरी एकपछि अर्को सफल म्युजिक भिडियो सार्वजनिक गर्दै आइरहेकी चर्चित निर्देशक बबिता श्रेष्ठको निर्देशन रहेको छ । यो गीतको...
-
२०८० आषाढ ४, सोमबार
ठेक्काको आठ वर्षपछि कालोपत्रको तयारी
जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्र गर्न तयारी सुरु गरिएको छ । ठेक्का भएको आठ वर्षपछि वर्षायाममा कालोपत्र गर्न सुरु गरेपछि सडक कति गुणस्तरीय होला भन्नेमा स्थानीय चिन्तित छन् । लामो समयसम्म पनि सडक कालोपत्र नहुँदा खाल्डाखुल्डीका कारण दैनिक सवारी सञ्चालनमा समस्या हुने गरेको छ । मनसुन सुरु भएसँगै दैनिक पानी पर्ने याममा गोकर्णेश्वर नगरपालिका–१ नयाँपाटी पुल क्षेत्रमा...


