STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० आषाढ १, शुक्रबार

    ‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति चलचित्र विकास बोर्डको कडा आपत्ती

    काठमाडौँ - चलचित्र विकास बोर्डले ‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति कडा आपत्ति जनाएको छ । बोर्डका तर्फबाट कार्यकारी अध्यक्ष भुवन केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा चलचित्रले नेपालकी ऐतिहासिक पात्रको इतिहासलाई तोडमोड गरिएको देखिएकोले संसारभर जहाँ प्रदर्शन गरेपनि ‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति कडा आपत्ती जनाउने उल्लेख गरिएको छ । ‘भारतीय चलचित्र आदिपुरुषमा माता जानकीलाई भारतकी...

  • २०८० आषाढ १, शुक्रबार

    बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहित १६ जनालाई थुनामा राख्न आदेश

    काठमाडौं - जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले प्रहरी हिरासतमा रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा...

  • २०८० आषाढ १, शुक्रबार

    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त

    काठमाडौं - प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। कार्कीले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शुक्रबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको थियो। कार्की...

  • २०८० आषाढ १, शुक्रबार

    मेयर शाहलाई साेधे नागरिक उड्डयनले सात दिने स्पष्टीकरण

    काठमाडौँ - नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारवार महानगरका प्रमुख मेयर शाहको निर्देशनमा बिहीबार भत्काएपछि आज प्राधिकरणले मेयर शाहलाई सात दिने लिखित स्पष्टिकरण सोधेको हो । स्पष्टीकरणमा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका वडा...

  • २०८० आषाढ १, शुक्रबार

    असार लाग्यो, भक्तपुरमा सुरु भयो रोपाइँ

    यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।     गत जेठ ३२ गतेदेखि परेको ठूलो वर्षका कारण खेतमा पानी भरिएपछि किसानलाई यतिखेर धान रोप्ने चटारो परेको छ । जेठ महिनामा वर्षा नभएर धानको बीउ ब्याडमै मरेको र डढेपछि धानको बीउको अभाव भने भएको किसानको भनाइ छ ।    सूर्यविनायक नगरपालिका–१०...

  • २०८० आषाढ १, शुक्रबार

    तथ्याङ्कमा जातजातिलाई फुटाउने काम हुँदैनः प्रधानमन्त्री दाहाल

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका जातजातिलाई तथ्याङ्कमा नाममा फुटाउने काम नहुने बताउनुभएको छ । नेपाल मगर सङ्घले भूम्या पर्व –२०८० का अवसरमा आज खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “फुटाउने काम हुँदैन, देशलाई जातिलाई फुटाउन हुँदैन भन्नेमा म स्पष्ट छु ।”     उहाँले मगरलगायत अरु आदिवासी समुदायलाई केन्द्रीय तथ्याङ्क कार्यालयले जनगणनाका क्रममा...

  • २०८० जेठ ३२, बिहिबार

    अध्यादेशमार्फत् कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोड ३५ लाखको बजेट

    काठमाडौं - कोशी प्रदेश सरकारले अध्यादेशमार्फत् आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अध्यादेशमार्फत आर्थिक मामिला मन्त्रालयको सभाहलमा आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका हुन् उनले वाचन गरेर सार्वजनिक गरेको बजेटमा पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर्ब ३९ करोड ६३ लाख ६६...

  • २०८० जेठ ३२, बिहिबार

    अष्ट्रेलियाको संसदमै सिनेटरमाथि यौन दुर्व्यवहार !

    एजेन्सी- एक जना अष्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन्। बिहीबारको संसद् बैठकमा रुदै स्वतन्त्र सांसद लिडिया थोर्पेले आफूमाथि ‘यौन टिप्पणी’ भएको, भर्‍याङ्मा भाग्नै नसकिने परिस्थिति सृजना गरिएको केही ‘शक्तिशाली पुरुष’द्वारा ‘गलत नियतले छोइएको र प्रस्ताव’ गरिएको दाबी गरेकी छन्। लिवरल पार्टीका सांसद डेभिड भानले...

  • २०८० जेठ ३२, बिहिबार

    अवतारको तेस्रो सिरिज २०२५ डिसेम्बरमा

    एजेन्सी- हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार’का सिरिज दर्शकका लागि प्रतिक्षाको विषय हुन् । यो फ्रेन्चाइजीमा कुल पाँच फिल्म छन्, जसमा दुई रिलिज भइसकेका छन् भने बाँकी तीन फ्रेन्चाइजीले रिलिजको मिति सार्वजनिक गरिसकेका छन् । ‘अवतार २’ गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो । यो सिरिज ओटीटी प्लेटफर्मममा पनि आइसकेको छ । तर बाँकी सिक्वेलको रिलिज तोकिएकै समयमा नहुने भएको छ । बाँकी सिरिजको रिलिज...

  • २०८० जेठ ३२, बिहिबार

    काठमाडौं महानगरले बन्द गरायो शैक्षिक मेला

      काठमाडौं - मापदण्ड विपरित मेला आयोजना गरेको भन्दै काठमाडौं महानगरपालिकाले कान्तिपुर हिसान एडुफेयर बन्द गराएको छ । बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको (शैक्षिक मेला) को आठौं संस्करण महानगरले दिएको मापदण्ड भन्दा विपरित एसईईको नतिजा नै नआइकन विद्यार्थीहरुलाई प्रलोभनमा परेको पाइएको भन्दै मेला बन्द गराएको हो । काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेलामा एसईईको नतिजा नै नआइकन...

  • २०८० जेठ ३२, बिहिबार

    सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा पक्राउ परे ८ जना कलाकार : ४ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं - अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा पक्राउ परेका युट्युबर र कलाकारलाई काठमाडौं जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न अनमुति दिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार अनलाइन बेटिङको प्रवर्द्धन गरेको आरोपमा पक्राउ गरेर ५ कलाकार र ३ जना युट्युबरलाई अदालतमा उपस्थित गराएर हिरासतमा राख्न अनुमति माग्दा अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान...

  • २०८० जेठ ३२, बिहिबार

    ज्येष्ठ नागरिकसम्बन्धी ऐन छ, कार्यान्वयन छैन

    रामेछापका डिलबहादुर मगर शुक्रबार बिहान पुतलीसडक जानका लागि कोटेश्वरबाट नेपाल यातायात चढ्नुभयो । सत्तरी वर्षीय डिलबहादुर बस्नका लागि ज्येष्ठ नागरिक सीट त थियो तर खाली थिएन । ज्येष्ठ नागरिक सीटमा एक जना युवा बसिरहेका थिए । यसै पनि नेपाल यातायातमा भिड हुन्छ । त्यो दिन खुट्टासमेत टेक्ने ठाउँ थिएन । गाडीको गल्लीभरी यात्रु उभिएर यात्रा गरिरहेका थिए । ती युवाले ७० वर्षीय डिलबहादुर निकै कष्टका साथ उभिएर...

Pages