-
२०८० जेठ ३२, बिहिबार
खानेपानीको परिमाण बढाउँदै जाने योजना
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ग्राहकलाई हाल वितरण गर्दै आएको खानेपानीको परिमाण बढाउँदै जाने योजना बनाएको छ ।वर्षाको समयमा आन्तरिक स्रोतबाट उत्पादन हुने पानी बढ्ने र मेलम्चीको पानी नियमित हुँदा उपभोक्तालाई थप पानी वितरण गर्न सकिने लिमिटेडले जनाएको छ । अहिले दैनिक वितरण नभए पनि उपभोक्ताले हाल पाइरहेको भन्दा वर्षामा बढी पानी पाउन सक्ने गरी योजना बनाइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले...
-
२०८० जेठ ३१, बुधबार
नेपालमा मनसुन भित्रियो
काठमाडौं -नेपालमा यस वर्षको मनसुन प्रणाली भित्रिएको छ । आज नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पुर्वी भू-भागमा आगमन भएको । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरि नेपालमा प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन...
-
२०८० जेठ ३१, बुधबार
काठमाडौं महानगरले लगायो दर्ताबिनाका दुई अस्पतालमा ताला
काठमाडौं - दर्ता नै नगरी सञ्चालनमा रहेका काठमाडौँ महानगरपालिकाका दुईवटा अस्पतालमा आज काठमाडौँ महानगरपालिकाले ताला लगाएको छ । दर्ता नगरी सञ्चालनमा रहेको वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ कोटेश्वरमा रहेको सहयात्री अस्पतालमा कामपा जनस्वास्थ्य विभागले ताला लगाएर बन्द गरेको हो । स्वास्थ्यजस्तो संवेदनशील सेवा प्रदान गर्ने स्थान दर्ता नै नभएको पाइएपछि बन्द गराएका कामपा जनस्वास्थ्य विभागका...
-
२०८० जेठ ३१, बुधबार
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार
काठमाडौं - संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार गर्ने भएको छ। बुधबार बसेको समिति बैठकले केहि उजुरीकर्तासंग छलफल गरेपछि सुनुवाईका लागि बिहीबार कार्कीलाई समितिमा बोलाउने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। उनले जननिर्वाचित प्रतिनिधि संस्थाको बैधानिकतामाथि प्रश्न उठाउन नमिल्ने भएकाले उजुरीकर्ताको छलफलपछि...
-
२०८० जेठ ३१, बुधबार
भ्रष्टाचारीलाई कारबाही गर्ने बिषयमा कसैसंग सम्झौता नहुने प्रधानमन्त्री प्रचण्डको अडान
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्। नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता डिआर पौडेलको चौथों स्मृति दिवसका सन्दर्भमा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयोजित स्मृति कार्यक्रममा प्रचण्डले भ्रष्टाचार विरुद्ध सरकार कठोर रुपमा प्रस्तुत भएको भन्दै कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारे। उनले सरकार आफ्ना लागि...
-
२०८० जेठ ३१, बुधबार
थारू आयोगको गुनासो कार्यान्वयन भएन सिफारिस
थारू आयोगले सरकारसमक्ष पेस गरेको सिफारिस कार्यान्वयन नभएको गुनासो गरेको छ । महिला तथा सामाजिक मामिला समितिको मङ्गलबार बसेको ‘आयोगको क्षेत्राधिकार, गत वर्षमा सम्पन्न कार्यक्रम, पूरा हुन नसकेका काम, चालु आर्थिक वर्षको कार्यक्रम तथा समस्यासम्बन्धी’ बैठकमा आयोगले यस्तो जनाएको हो । बैठकमा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले केन्द्रमा बसेर थारू आयोगका समस्या समाधान गर्न कठिनाइ हुने गरेको बताउनुभयो । “...
-
२०८० जेठ ३१, बुधबार
लिम्बू भाषाको पाठ्यपुस्तक वितरण
लोप हुँदै गएको भाषा संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इजरायल समितिले लिम्बू भाषाका पुस्तक वितरण गरेको छ । मोरङको पथरी शनिश्चरे नगरभित्र लिम्बू भाषा अध्यापन गराउँदै आएका दुई विद्यालयलाई करिब ५० हजार बराबरको पाठ्यपुस्तक उपलब्ध गराएको हो । पथरी शनिश्चरेका ती विद्यालयमा दुई शिक्षकले लिम्बू भाषा अध्यापन गराइरहेका छन् । किरात याक्थुङ चुम्लुङ इजरायल समितिले चन्द्र किराँतेश्वर माध्यमिक...
-
२०८० जेठ ३१, बुधबार
नेपालमा मनसुन प्रवेश
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार मनसुन नेपाल प्रवेश गरेको हो। महाशाखाले कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन आइपुगेको जानकारी दिएको छ। मनसुन जेठ २५ गते भारतको केरला पुगेको थियो । त्यहाँबाट नेपालमा पाँच दिनपछि आइपुगेको हो। मनसुन पूर्वबाट झापा हुँदै नेपाल प्रवेश गर्ने मनसुन नेपालभरी फेलिन केही...
-
२०८० जेठ ३१, बुधबार
काठमाडौँ महानगरपालिकाभित्र धमाधम हटाइँदै अव्यवस्थित तार
काठमाडौँ महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ । महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो । तार व्यवस्थापनका लागि काटिएका तार सडकपेटीमा अलपत्र छोडिँदा पैदलयात्रुलाई समस्या हुनुका साथै त्यसले दुर्घटनाको जोखिम बढाएको काठमाडौँ...
-
२०८० जेठ ३१, बुधबार
‘जन्मोत्सवमा रक्तदान अभियान’को सान्दर्भिकता
प्रेमसागर कर्माचार्य स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा गराउन सन् २००४ जुन १४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२३ जुन १४ को यस वर्षका लागि ‘रगत तथा प्लाज्मा नियमित दान गरौँ, जीवन बचाउने कार्यमा ऐक्यबद्ध होऔँ’ भन्ने नारा तय गरेको छ । हरेक वर्ष कुनै न कुनै देशको प्रमुख आयोजनामा मनाइने यो दिवस यसपटक अल्जेरियामा भव्यरूपमा मनाइँदैछ । दक्षिण अफ्रिकी...
-
२०८० जेठ ३०, मंगलबार
करुणामय मानव विकास संघले वितरण गरे छात्रवृत्ति
करुणामय मानव विकास संघले विभिन्न ठाउँका ८२ जना गरिब र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । काभ्रेको बनेपास्थित चक्रज्योति माविमा सम्पन्न भएको कार्यक्रममा २१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल व्याग, ड्रेस, जुत्ता लगायतका सामग्री वितरण गरेको हो । सन् २००५ सालमा स्थापना भएको संघले १८ वर्ष यतादेखि सिन्धुपाल्चोक, काभ्रे र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा...
-
२०८० जेठ ३०, मंगलबार
जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने
काठमाडौं - जीप र माइक्रोबस आगामी असार १ गतेदेखि गोँगबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागेको जानकारी दिएको हो । समितिका संयोजक राजेन्द्र आचार्यले यसअघि काठमाडौँभित्रका विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका माइक्रो बस तथा जिपलाई असार १ गतेदेखि गोँगबुस्थित...


