-
२०८० जेठ १९, शुक्रबार
आममाफी, नागरिकताको विषयमा देउवाको एकल सहमति : गगन थापा
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीको आममाफी र नागरिकता विधेयक प्रमाणीकरण जस्ता विषय पार्टी सभापति शेरबहादुर देउवाको एकल सहमतिमा भएको दाबी गरेका छन् । काठमाडौंमा आयोजित प्रेस युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो दुई निर्णय कांग्रेसको नभएको बताए । उनले भने, ‘आममाफी, नागरिकताको विषय, प्रदेश सरकारमा सहभागिताका लागि प्रदेशको मन्त्रालय तोडफोड, सांसद विकास कोषलगायत यी...
-
२०८० जेठ १९, शुक्रबार
भारत भ्रमण सफल : प्रधानमन्त्री दाहाल
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय हित र नेपाल-भारत सम्बन्धका दृष्टिले भारत भ्रमण निकै महत्त्वपूर्ण भएको बताएका छन् । भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले भ्रमण सफल भएको बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीको रूपमा मेरो चौंथो राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल भारत सम्बन्धका दृष्टिले निकै महत्वपूर्ण अनुभूत भइरहेको छ ।...
-
२०८० जेठ १८, बिहिबार
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
काठमाडौं - नेपाल र भारतबीच बिभिन्न सात सम्झौतामा हस्ताक्षर भएको छ। बिहीबार हैदरावाद हाउसमा भएको द्विपक्षीय भेटवार्ता र छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो। दुईपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही परियोजनाहरुको संयुक्त रुपमा बटन थिचेर उद्घाटन गरे। दुईदेशबीच नेपाल भारत पारवहन सम्झौता नवीकरण गर्ने सम्झौता भएको...
-
२०८० जेठ १८, बिहिबार
काठमाडौंमा ह्वात्तै बढ्यो गर्मी
काठमाडौं - काठमाडौँ उपत्यकासहित देशैभर गर्मी बढेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्नसक्ने अनुमान छ । पछिल्लो दुई–तीन दिन यता काठमाडौंसहित देशभरकै अधिकतम तापक्रम दुईदेखि तीन डिग्री सेल्सियसले बढेको छ । गत सोमवार र मंगलवार काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियसको हाराहारीमा थियो । बुधबार ३२ दशमलव २ डिग्री सेल्सियसमा पुगेको छ । तराईका धेरैजसो क्षेत्रमा अधिकतम...
-
२०८० जेठ १८, बिहिबार
भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार हो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताएका छन्। भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । प्रधानमन्त्रीका रूपमा आफ्नो यो चौथो भारत भ्रमण रहेको स्मरण गर्दै उनले नेपाल र भारतबीचको सम्बन्ध...
-
२०८० जेठ १८, बिहिबार
विदेशमा बस्ने नेपालीको मताधिकार प्रत्याभूत गर्न प्रतिवद्ध छौं- प्रधानमन्त्री प्रचण्ड
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् । चार दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा नेपाली दूताबासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकालाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् । भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिनसमेत उनको आग्रह थियो ।
-
२०८० जेठ १८, बिहिबार
नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिदको लक्ष्य राखेको छ : मोदी
काठमाडौं - नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । यस सम्झौता अन्तरगत भारतले नेपालबाट आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य राखिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकारी दिए । नेपालका प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशबीच थुप्रै महत्त्वपूर्ण सम्झौता भएको बताए । उनले भने, ‘आगामी १० वर्षमा नेपालबाट १० हजार...
-
२०८० जेठ १८, बिहिबार
प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेट
काठमाडौं - भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि...
-
२०८० जेठ १७, बुधबार
कोशी प्रदेशकी मन्त्री निर्मला तावा लिम्बूले दिइन् राजीनामा
काठमाडौं - कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले पदबाट राजीनामा दिएकी छिन् । जनता समाजवाी पार्टी (जसपा) बाट मन्त्री बनेकी उनले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेकी हुन् । राज्यमन्त्री लिम्बूको राजीनामाअघि पार्टीले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । पार्टीको निर्णयलाई मान्दै उनले तत्काल पदबाट...
-
२०८० जेठ १७, बुधबार
सबै अस्पतालमा निःशुल्क शय्या छुट्ट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरूलाई संस्था सञ्चालन सम्बन्धी मापदण्ड अनुसार दश प्रतिशत शय्यामा तोकिएका वर्गलाई निःशुल्क उपचारको अनिवार्य व्यवस्था गर्न ताकेता गरेको छ । मन्त्रालयले बुधवार ताकेता परिपत्र जारी गर्दै स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ को दफा ७ (घ) अनुसार अस्पतालहरूमा उपचारका लागि आउने विपन्न, असहाय,...
-
२०८० जेठ १७, बुधबार
नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरुद्ध : रवि लामिछाने
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण गर्नु लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध रहेको टिप्पणी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक बुधबार प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्बाट पारित भएर पनि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसबेला प्रमाणीकरण नगरेर रोकिदिएको सो विधेयक प्रधानमन्त्री...
-
२०८० जेठ १७, बुधबार
नागरिकता विधेयक प्रमाणीकरणबारे राष्ट्रपति कार्यालयको तर्क
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै आलोचना बढेको छ । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र पत्रबमोजिम प्रमाणीकरण गरिएको भनिएको छ । यो आफैंमा त्रुटिपूर्ण रहेको विज्ञहरु बताउँछन् । कुनै पनि विधेयक प्रमाणीकरणका लागि सरकारले होइन संसदले पठाउने हो । जुन सदनमा उत्पति भएको हो सोही सदनका सभामुख वा अध्यक्षले प्रमाणिकरणको लागि...


