STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० जेठ २२, सोमबार

    कर्णाली प्रदेशमा अन्तर्राष्ट्रीय चलचित्र महोत्सव हुने

    कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’को आयोजना हुने भएको छ । कर्णालीको कथा, जीवनशैली, भेषभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उदेश्यले ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ आयोजना गर्न लागिएको कुरा सोमबार चलचित्र बिकास बोर्डमा आयोजित एक कार्यक्रमका...

  • २०८० जेठ २२, सोमबार

    भव्य रुपमा सम्पन्न भयो राष्ट्रिय संगीत दिवस

    संगीत दिवस भन्ने वित्तिकै  जुन २१ लाई सम्झिनुभयो होला पक्कै पनि । हो, जुन २१ संगीत दिवस नै हो तर अन्तर्राष्ट्रिय भने राष्ट्रिय संगीत दिवस मनाउने गरिंदैन थियो । यही कुरालाई मनन् गर्दै केही कलाकर्मीहरुले चन्द्रमास अनुसार अब जेठ पुर्णिमा अर्थात ज्याःपुन्हिको दिनलाई राष्ट्रिय संगीत दिवसको रुपमा मनाउनुपर्ने आवाज उठाएका छन् । यहि आवाज उठाउँदै ललितपुरमा ‘राष्ट्रिय संगीत दिवस २०८०’ कार्यक्रमको आयोजना...

  • २०८० जेठ २२, सोमबार

    स्रष्टा र सिर्जना कार्यक्रममा वरिष्ठ आख्यानकार सायमि

    नेपालभाषा एकेडमीले ‘सर्जक व सृजना २’ कार्यक्रम सम्पन्न गरेको छ । सर्जक र सृजनाको चर्चा गर्ने कार्यक्रमको दोश्रो संस्करणमा वरिष्ठ आख्यानकार मथुरा सायमिको जीवनी र कथाहरुलाई नेपालभाषाका दिग्गज साहित्यकारहरुमार्फत प्रस्तुत गरिएको थियो । कार्यक्रममा वरिष्ठ आख्यानकार सायमिले आफ्नै कथाहरु वाचन गरेर पनि सुनाए ।  नेपालभाषा साहित्य क्षेत्रका विभिन्न साहित्यकारहरुले पनि सायमिको कथा वाचन गरेका थिए ।...

  • २०८० जेठ २१, आइतबार

    नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाको आन्दोलन

    काठमाडौँ - नेपाल किसान मजदुर पार्टीले नागरिकता विधेयक प्रमाणीकरण भएको विरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ । आईतवार पार्टीका संगठनका नेता, कार्यकर्ताहरु भेला भइ यही जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नगरिकता विधेयक प्रमाणीकरण गर्नुभएको र नागरिकता विधेयक प्रमाणीकरण संविधान विपरित भएको भन्दै बिरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शन काठमाडौंको कोटेश्वरदेखि संसद भवनसम्म भएको थियो । प्रर्दशनका...

  • २०८० जेठ २१, आइतबार

    नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं - सर्वाेच्च अदालतले दुई दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गरेको रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले उक्त अल्पकालीन आदेश दिएको हो । अन्तरिम आदेश दिने कि नदिने भनी दुवै पक्षलाई छलफलका लागि पनि...

  • २०८० जेठ २१, आइतबार

    भोलि ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

    काठमाडौँ - विपक्षी ३ राजनीतिक दलले गरेको अवरुद्ध प्रतिनिधिसभा बैठक सञ्चालनको प्रयास विफल भएपछि सूचना टाँस गरेर भोलि सोमबारसम्मका लागि बैठक सारिएको छ । आइतबार ११ बजेपछि बसेको आइतबारको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्ण पाठ नआउँदै...

  • २०८० जेठ २१, आइतबार

    नेवार समुदायले जातीय पहिचान र संस्कृति जगेर्ना गर्न गर्नुभएको योगदानको सम्मान गर्न चाहन्छु : गृहमन्त्री श्रेष्ठ

      ललितपुर - उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु नभएको बताएका छन्। आज ललितपुर महानगरपालिका–२१ को आयोजनामा ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको अवसरमा रुद्रायणी देवगणमा नव प्रवेशी आठ देव गणको सम्मानमा आयोजित कार्यक्रममा उनले आधुनिकताको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढेको बताउँदै पहिचान छोडेर यान्त्रिक नक्कल...

  • २०८० जेठ २१, आइतबार

    घरभाडा नबढाउन सङ्घको अपिल

    व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र संभावभएमा छुट दिन उद्योग वाणिज्य सङ्घ चितवनले अपिल गरेको छ । आर्थिकमन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै सङ्घले यस्तो आग्रह गरेको हो । सङ्घले कोभिड–१९ पश्चात् सिर्जित अवस्था एवं बैंक तथा वित्तीय संस्थाले लिने गरेको चर्को बैंक ब्याजदरका कारण व्यवसायी समस्यामा परेको जनाएको छ । औद्योगिक उत्पादन तथा वितरण अत्यन्त सुस्त भएका कारण...

  • २०८० जेठ २१, आइतबार

    महानगरपालिकाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु : सुनिता डंगोल

      काठमाडौँ - काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख (उप-प्रमुख) सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छन् । शनिवार काठमाडौंमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् । नगरवासीलाई रोग...

  • २०८० जेठ २१, आइतबार

    भारतीय रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८८ पुग्यो

      एजेन्सी- भारतको पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८८ पुगेको छ भने अन्य ८०३ जना घाइते भएका छन् । टाइम्स अफ इन्डियाले रेल अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, “२० वर्षभन्दा बढी समयको सबैभन्दा घातक रेल दुर्घटनाका कारण २८८ जनाको मृत्यु भएको छ । घाइते यात्रुलाई गोपालपुर, खाँटापारा, बालासोर, भद्रक र सोरोका अस्पतालमा लगिएको छ । ओडिसा राज्यको...

  • २०८० जेठ २१, आइतबार

    बजेट नछुट्याएको भन्दै चलचित्रसंग सम्बन्धित आठवटा संस्थाले पोखे आक्रोश

    नेपाली फिल्मसम्बद्ध आठ वटा संघसंस्थाले राष्ट्रिय चलचित्र उद्योगलाई तत्काल बजेट विनियोजन नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सरकारले जेठ १५ गते  ल्याएको आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यप्रति उनीहरुले कडा आपत्ति जनाएका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले राष्ट्रिय चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने अहिलेको अवस्थामा धरासायी हुने गरी बजेटमा उपेक्षा गर्नु सरकार...

  • २०८० जेठ २१, आइतबार

    मिडिया तालिमको माध्यमबाट रोजगारीको सम्भावना

    प्रशिक्षार्थी पत्रकारहरूलाई स्वराेजगार बनाउने उद्देश्यले भक्तपुरमा न्यू मिडिया तालिम सम्पन्न गरेको छ । राजधानीका तीनवटै जिल्लाबाट सहभागी भएका प्रशिक्षार्थी पत्रकारहरूलाई लक्ष्यित गरि मध्यपुर थिमि नगरपालिका र मध्यपुर सञ्चार समाजले संयुक्तरूपमा सातदिने तालिम सम्पन्न गरेकाे हाे । तालिम कार्यक्रम अन्तर्गत राेजगारीमूलक न्यू मिडिया, खाेज पत्रकारिता तथा फाेटाे पत्रकारिता अध्यापन गराइएकाे आयाेजक संस्थाका...

Pages