-
२०८० जेठ २५, बिहिबार
लूबाट बच्न बढी गर्मीमा घरभित्र बस्न आग्रह
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ । देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा तापक्रम क्रमिकरुपमा बढ्ने देखिन्छ । काठमाडाैँ उपत्यकालगायत देशका अन्य उपत्यकामासमेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई...
-
२०८० जेठ २५, बिहिबार
सांसदको प्रश्न ? गणतन्त्रमा शाही नेपाली राजदूताबास किन ?
राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले भारतस्थित नेपाली दूताबासको नाम अहिले पनि शाही नेपाली राजदूताबास लेखिएको भन्दै नाम सुधार्न आग्रह गर्नुभएको छ ।राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद देवकोटाले मुलुकमा गणतन्त्र आएको डेढ दशक नाघिसक्दा पनि भारतका लागि नेपाली राजदूताबासको नाम सुधार नभएको भन्दै अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले भन्नुभयो, “गणतन्त्र आएको लामोसमय...
-
२०८० जेठ २४, बुधबार
स्पाइनी बाएब्लर फिल्म महोत्सवमा "प्रकाश” सर्वोत्कृष्ट ठहर
राजधानी स्थित राष्ट्रिय नाचघरमा तेश्रो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२३ भब्य रुपमा सम्पन्न भएको छ । स्पाईनी मुभिज प्रा.लि.को आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा राष्ट्रिय विधामा १४ वटा र अन्तराष्ट्रिय विधामा ४ वटा गरि कुल १८ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे थियो । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला संस्कृतिका क्षेत्रमा अझै सक्रिय रहन...
-
२०८० जेठ २४, बुधबार
एमालेमा ७० वर्ष उमेरहद हटाइयो
काठमाडौं - नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले पार्टीको विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हटाइएको जानकारी दिए । यही वैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकपछि पार्टीले हिजो (जेठ २३ गते) जारी गरेको अन्तरपार्टी निर्देशन–७ मा सो कुरा उल्लेख थियो । यसअघि पार्टीमा रहने केन्द्रीय सदस्यको उमेरहद ७०...
-
२०८० जेठ २३, मंगलबार
सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने
काठमाडाैँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँमा बसेर पनि ‘भर्चुअल’ संवाद गर्न सकिने भएको छ । मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुुझाव र गुनासो सहज प्राप्त होस् भनेर यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइटमा ‘मन्त्रीसँग भर्चुअल संवाद’ प्लेटफर्म थप गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट https://mocit.gov....
-
२०८० जेठ २३, मंगलबार
डेब्यू सिजनमै चर्च ब्वाइज बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन
काठमाडौं - नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो । चर्च ब्वाइजलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको थियो । यस्तोमा थ्री स्टारसँग बराबरीमा रोकिएपनि चर्च ब्वाइज च्याम्पियन बनेको हो । चर्च ब्वाइजले ‘ए’ डिभिजन लिगमा बढुवा भएकै...
-
२०८० जेठ २३, मंगलबार
कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता
काठमाडाैँ - नेकपा (माओवादी केन्द्र)ले कोशीमा प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो । केन्द्रीय गठबन्धनमा आएको फेरदलको कारण आफूहरुले समर्थन फिर्ता लिएको उहाँले बताउनुभयो । आज बसेको माओवादी केन्द्रको संसदीय...
-
२०८० जेठ २३, मंगलबार
छात्रवृत्ति नदिने काठमाडाैँका स्कुललाई कारबाहीको चेतावनी
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाह -(बालेन)ले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् । महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूचीसहित...
-
२०८० जेठ २३, मंगलबार
लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए
पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । गत वर्षकोभन्दा यस वर्षको सङ्ख्या एक लाख आठ हजार चार सय ८६ ले बढी छ । सन्...
-
२०८० जेठ २२, सोमबार
‘भैंसी चढेर आएको’ शब्दले संसदमा वादविवाद
काठमाडौं - प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शिशिर खनालले बोलेको ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा प्लेन चढेर आफैंले उद्घाटन गरेको पोखरा विमानस्थल आउनुहुन्छ होला भन्ने सोचेको दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरु आए’ भनेका थिए ।...
-
२०८० जेठ २२, सोमबार
‘प्रचण्ड’को भारत भ्रमण फितलो : ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फितलो मात्र नभएर नेपालको शीर निहुँराउने काम भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण कस्तो खालको भ्रमण हो भन्दै भ्रमण फितलो मात्र नभएर नेपालको शीर निहुँराउने काम भएको बताएका हुन् । उनले भने, ‘विवादको विषय त भारत भ्रमणमा गएर गर्नुभएको फितलो...
-
२०८० जेठ २२, सोमबार
नागरिकता विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्ले सिफारिस नगरी अनुरोध मात्र गरेको : प्रधानमन्त्री दाहाल
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो संसदबाट पारित भएर राष्ट्रपति कार्यालयमा प्रमाणीकरण नभई बसेको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्ले सिफारिस नगरी अनुरोध मात्र गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संसदबाट पारित भइरहेको विधेयक प्रमाणीकरण गर्न मन्त्रिपरिषद्ले सिफारिस गर्न नसक्ने तर...


