-
२०८० जेठ २९, सोमबार
भ्याट लगाएपछि आलु, प्याजको आयात बन्द
काठमाडौं - आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले अति आवश्यक खाद्यवस्तु आलु प्याजमा मुल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि यसको विरोध सदनदेखि सडकसम्म नै भएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले सरकारले आयातित खाद्यान्नमा कर लगाउने व्यवस्था गरेको स्पष्ट गरेको छ । तर, उपभोक्ताको माग अनुसार नेपालमा आलू, प्याजको उत्पादन नभएको भन्दै व्यवसायीहरुले सरकारको निर्णयको विरोधमा आयात नै बन्द गरेका...
-
२०८० जेठ २९, सोमबार
परम्परा जोगाउन पञ्चेबाजा बजाउँदै महिला
बाँके राप्तिसोनारी गाउँपालिका–८ ओभरिकी रुपा वली अहिले ६५ वर्ष पुग्नुभएको छ । उहाँले नौ जवानले फुके झैंँ नरसिङ्गा फुक्नुहुन्छ । लोपहुँदै गएको नेपालीको मौलिक संस्कृति र परम्परालाई जोगाउन आफूल पञ्चेबाजाअन्तर्गत पर्ने नरसिङ्गा फुक्ने गरेको वलीले बताउनुभयो । सुरुसुरुमा सास तान्न र स्वरलाई मोड्न निकै अप्ठ्यारो हुने गरेकामा हिजोआज भने बानी परेपछि सजिलैसँग नरसिङ्गा फुक्न सक्ने उहाँको भनाइ छ । “यो...
-
२०८० जेठ २९, सोमबार
काठमाडौँ उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने
काठमाडौँ उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको समितिका सूचना अधिकारी कमल अर्यालले बताउनुभयो । अहिले उपत्यकाका नदीमा वर्षामा बाढी पस्ने र हिउँदमा खोला पूर्णरुपमा सुख्खा हुने समस्या छ । नदी सफा हुनलाई...
-
२०८० जेठ २९, सोमबार
संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियो : अर्थमन्त्री
काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार बढी भएको बताए । ‘यो कार्यक्रममा बजेटको सीमितता छ । भौतिक पूर्वाधारको निकै माग छ । यस्तो...
-
२०८० जेठ २९, सोमबार
राष्ट्रपति बाइडेनले अवैधानिक रकम आर्जन गरेको खुलासा
राष्ट्रपति बाइडेनले युक्रेनबाट ५० लाख डलर अवैधानिक रकम आर्जन गरेको खुलासा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको एउटा पेट्रोल कम्पनीबाट ५० लाख डलर अवैधानिक रकम आयआर्जन गरेको रहस्यको खुलासा भएको छ। फक्स न्युज टेलिभिजनका अनुसार राष्ट्रपति बाइडेनले बरिस्मा होल्डिङ्ग्स नामक कम्पनीबाट उक्त रकम लिएका हुन्। यो कम्पनीमा राष्ट्रपति बाइडेनका छोरा हन्टर बाइडेन बोर्ड सदस्य थिए र उनले यो कम्पनीमा लामो...
-
२०८० जेठ २९, सोमबार
प्रतिनिधिसभा बैठक : बजेटबारे अर्थमन्त्रीले जवाफ दिँदै
काठमाडौं - आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक १ः०० बजे बोलाइएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ। प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेट माथि छलफल भइरहेको थियो, सो क्रम हिजोबाट सकिएपछि सोमवार अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् । प्रतिनिधिसभा...
-
२०८० जेठ २८, आइतबार
सर्वोच्चमा प्रचण्ड र बाबुरामविरुद्ध रिट दर्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका हुन् । यसअघि ...
-
२०८० जेठ २८, आइतबार
एक घण्टा मै एकलाख भ्युज पाएको ‘कस्तो होला भाटु राजाको दरबार’
टिकटकमा अत्यधिक रुचाईएको गीत ‘कस्तो होला भाटु राजाको दरबार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको एक घण्टामै लाख भन्दा बढी दर्शकले हेरेका छन् भने आइतबार बेलुकी आठ बजेसम्ममा तीन लाख अठार हजारभन्दा बढी दर्शकले हेरिसकेका छन् । रेशम चौधरी र आभा मुकारुङको स्वर कैद गरिएको गीतको संगीत सिर्जना रेशम चौधरी आफैले गरेका हुन् भने शब्द रामचन्द्र बोगटीको रहेको छ । थारु समुदायभित्रको रहन सहन, कला सँस्कृतिलाई...
-
२०८० जेठ २८, आइतबार
विश्व किर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को बत्तिसौं कृति सार्वजनिक
विगत चार दशकदेखि नेपाली भाषा र नेपालभाषामा निरन्तर कलम चलाउँदै आउनु भएका विश्व किर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३२ औं कृति अनौठो माया (उपन्यास) एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको छ । ओएसनेपालको आयोजनामा ओएसनेपाल म्युजिक अवार्ड २०८० को नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रमको प्रमुख अतिथि माननीय अमन लाल मोदी संघीय मामिला तथा प्रशासन मन्त्री र एस. एस. पि धनबहादुर कार्कीबाट...
-
२०८० जेठ २८, आइतबार
ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा ‘झिंगेदाउ’लाई उत्कृष्ट फिचर फिल्मको अवार्ड
दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा उत्कृष्ट फिचर फिल्मको अवार्ड ‘झिंगेदाउ’ले जितेको छ । काभ्रेको भकुण्डेबेंसीमा शनिवार आयोजित समारोहमा गतवर्षको हिट फिल्मलाई उक्त अवार्ड प्रदान गरियो । महोत्सवमा उत्कृष्ट फिचर फिल्म पटकथाको अवार्ड ‘प्रकाश’बाट विकास सुवेदीले प्राप्त गरे । चलचित्र विकास बोर्डसँगको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा फिचर फिल्मतर्फ...
-
२०८० जेठ २८, आइतबार
निरन्तर गीत रचना र म्युजिक भिडियो निर्देशनमा सकृय पवन जोशीको वियोगान्त गीत आउने
गीत रचना र म्युजिक भिडियो निर्देशनमा सकृय हस्ती पवन जोशीको नयाँ युगल गीत एउटा वियोगान्त गीतको रुपमा रहेको छ । "छंगु दुःख...” बोलको यो गीतको म्युजिक भिडियो छायांकन शनिवार ललितपुरका सांस्कृतिक नगर लुभुमा सम्पन्न गरिएको छ । उक्त गीतको संगीतकार अनिल तुलाधर हुन् भने रेकर्डिंग , मिक्सीङ्ग र माष्टरिङ विरेन शाक्यले विट्स स्टुडियोमा गरेका हुन् । चर्चित गायक,गायीका, कृष्ण महर्जन र शरिता शाहीले स्वर...
-
२०८० जेठ २८, आइतबार
तीन पत्रकारलाई ‘टेलिफल्म अवार्ड’
तीन पत्रकार ‘बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८०’ बाट सम्मानित भएका छन् ।दुई दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील भई हाल आर्थिक मिडिया सञ्चालक सङ्घ ९इमान०का सचिवसमेत रहनुभएका पत्रकार टङ्क कार्की, तीन दशकदेखि पत्रकारितामा संलग्न राष्ट्रवाणी साप्ताहिकका सम्पादक ताराचन्द्र देवकोटा र प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्ण कार्की शनिबार मूलपानीमा आयोजित कार्यक्रममा सम्मानित...


