-
२०८० जेठ १५, सोमबार
पाँचौ पिम नेपाल फिल्म फेष्टिवल असार १५ मा हुँदै
काठमाण्डौ– पिम नेपाल चलचित्र महोत्सव २०२२ को लागि आवेदन खुल्ला गरिएको छ । यहि असार १३ देखी १५ गते सम्म काठमाण्डौमा आयोजना हुन गईरहेको पाँचौ संस्करणको फिल्म फेष्टिवलका आवेदन खुला गरिएको आयोजक समितिले बताएका छन् । चलचित्र, बृत्तचित्र तथा लघुचलचित्र लगायतले विभिन्न विधामा आवेदन फारम भर्न सक्ने छन् । आवेदन दिने अन्तिम मिति २०८० को असार असार ७ गते सम्म रहेको आयोजक समितिको अध्यक्ष कमला जोशीले वताईन...
-
२०८० जेठ १५, सोमबार
नेफ्टा को ११ अौं र ग्लोबल नेपाली फिल्म अवार्डको छैठौं संस्करण अमेरिकामा हुने
अमेरिकामा नेपाली फिल्म केन्द्रिय अवार्ड गर्ने क्रम बढ्न थालेको छ । हालैमात्र अमेरिकाको डल्लासमा ११ अौं नेफ्टा फिल्म अवार्ड को उदघाटन सम्पन्न भएको छ भने 'नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को छैठौं संस्करण अमेरिकाको न्यूयोर्कमा अगष्ट १२ तारिखमा हुने तय भएको छ। चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल...
-
२०८० जेठ १४, आइतबार
आर्थिक सर्वेक्षण : आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सिमित हुने
काठमाडौं - सरकारले नयाँ आर्थिक वर्षको बजेट सोमवार ल्याउँदै छ । बजेट आउनुअघि सरकारले आइतबार आर्थिक सर्वेक्षण प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सार्वजनिक संस्थान भित्र राख्न आवश्यक संस्थानहरुको संरचनागत तथा व्यवस्थापकीय सुधार आवश्यक रहेको बताएका छन् । अर्थमन्त्री डा.प्रकाशसरण महतले आइतबार संसदमा चालु आर्थिक वर्ष ०७९/०८०को...
-
२०८० जेठ १४, आइतबार
रेशम चौधरीलाई आममाफी कानूनअनुसार ठिक : सरकार
काठमाडौं - सरकारले रेशम चौधरीलाई आममाफी दिने निर्णय कानुन अनुसार ठिक भएको दाबी गरेको छ। गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिन राष्ट्रपतिलाई सिफारिस गरेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कानूनभन्दा बाहिर गएर निर्णय नगरेको प्रस्ट्याइन्। उनले भनिन्, ‘रेशम चौधरीको मुद्दालाई सर्वोच्च अदालतको जुन फैसला भयो त्यो फैसलालाई उच्च अदालतको फैसलालाई सदर गरेको हो। उच्च अदालतको आदेशलाई नै सदर...
-
२०८० जेठ १४, आइतबार
रेशम चौधरीको कैद सजाय माफी
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी...
-
२०८० जेठ १४, आइतबार
मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानलाई
काठमाडौं - ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन्। शनिबार गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिइन्। प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए। प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरिन्। मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण...
-
२०८० जेठ १४, आइतबार
बागमती प्रदेशसभाकाे नीति तथा कार्यक्रम आज प्रस्तुत हुने
हेटाैँडा - बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न २ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको हो । बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसद्मा पेस गरेको आगामी आवको नीति तथा...
-
२०८० जेठ १४, आइतबार
चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरिने
काठमाडौँ - जेल सजाय भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ । आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलमा रहेका चौधरीलाई आममाफी दिलाउने निर्णय गरेको हो । भोलि गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिमार्फत उनलाई आममाफी दिलाउनगरी मन्त्रिपरिषदले सिफारिस गर्ने निर्णय भएको स्रोतको भनाइ छ ।...
-
२०८० जेठ १२, शुक्रबार
राष्ट्रपतिद्वारा रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफी सम्बन्धि प्रस्ताव फिर्ता पठाएका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार चौधरीको आममाफी सम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता गरेको हो । राष्ट्रपतिको रामचन्द्र पौडेलको सचिवालयकाअनुसार कानुन नपुगेको भन्दै राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको हो । रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च...
-
२०८० जेठ १२, शुक्रबार
संसद अवरुद्ध हुनैपर्छ : ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधै भ्रष्टाचारको विरोधी भए पनि बदनाम गराउने खोजेको आरोप लगाएका छन् । पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आज संसद अवरुद्ध भइरहेको छ । अस्तिका दिनमा एकजना माओवादी सांसदले बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्यो भनेर बोले...
-
२०८० जेठ १२, शुक्रबार
एमाले सांसदहरूका घेराउपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं - नेकपा एमालेका सांसदहरूले वेल घेराउसहित विरोध जनाएपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उठेर विरोध गरिरहेका उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका...
-
२०८० जेठ १२, शुक्रबार
पाकिस्तानको विष्फोटमा परी दुई जनाको मृत्यु
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति दुई स्थानमा भएका विष्फोटमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् । पहिलो विस्फोट प्रान्तको हर्नाई क्षेत्रमा भएको थियो । विष्फोटमा घाइते भएका दुई जनालाई उद्धार गर्न मानिसहरू घटनास्थल पुग्ने बित्तिकै दूर नियन्त्रित उपकरणबाट दोस्रो विस्फोट गराउँदा दुई जना उद्धारकर्मीको ज्यान गएको प्रहरीले जनाएको छ । दोस्रो विष्फोटमा दुई...



