-
२०८० जेठ १७, बुधबार
भारतीय विदेश राज्यमन्त्रीद्वारा प्रधानमन्त्री दाहाललाई स्वागत
नयाँ दिल्ली - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री दाहाललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी हुन् । विदेशमन्त्री एस जयशंकर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि अमेरिकामा रहेका कारण विदेश राज्यमन्त्री लेखी प्रधानमन्त्रीको स्वागतमा विमानस्थल पुगेकी थिइन्...
-
२०८० जेठ १७, बुधबार
विपन्नलाई शैय्या नछुटाउने र नि:शुल्क उपचार नदिलाउने अस्पताल बन्द गरिदिने बालेनकाे चेतावनी
काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले कुल शैयाको १० प्रतिशत छुट्याई नि:शुल्क उपचार तथा अन्य सुविधाहरु नदिलाउने अस्पतालहरुलाई बन्द गरिदिने चेतावनी दिएका छन् । प्रमुख शाहले बुधबार स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलाई भेटेर प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसारको स्वास्थ्य सुविधाहरुको विवरण उपलब्ध नगराउने महानगरभित्रका ६८ स्वास्थ्य संस्थाहरुको विवरणसमेत पेश गर्दै कारवाही गर्न आग्रह...
-
२०८० जेठ १७, बुधबार
प्रधानमन्त्रीसहितको टोली आज दिउँसाे भारत जाँदै
काठमाडौँ - चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै छन् । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो । भ्रमणलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा,...
-
२०८० जेठ १६, मंगलबार
रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता
काठमाडौँ - टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् । सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको छ । सरकारको सिफारिसमा...
-
२०८० जेठ १६, मंगलबार
सगरमाथाको चुचुरोमा छाउपडी अन्त्यको सन्देश
काठमाडौं - साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्। छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन्। सगरमाथा क्षेत्रमा झण्डै एक महिना दिनको बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका क्याम्प–१ र २...
-
२०८० जेठ १६, मंगलबार
भुजेल चलचित्रकर्मिहरुले लिए कथा लेखन तथा क्यामरा प्रशिक्षण
नेपालमा आदिबासी जनजाति मातृभाषामा फिल्म बन्ने क्रम बढ्न थालेको छ । यसै क्रममा विभिन्न भाषाभाषिका चलचित्रकर्मिहरुले आआफ्ना चलचित्रकर्मि हरुलाई प्रशिक्षित गर्ने र क्षमता अभिबृद्धिका लागि तालिम दिने काममा तिब्रता ल्याएको छ । यसैक्रममा भुजेल चलचित्रकर्मि संघको आयोजनामा दुई दिवसिय चलचित्र कथा लेखन तथा क्यामरा प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ । चलचित्र विकास बोर्डको सहयोग मा भएको सहयोगमा जेठ१५ र १६...
-
२०८० जेठ १६, मंगलबार
वडाध्यक्षकै काम गर्ने भए किन सांसद बन्नुहुन्छ : मेयर बालेन
काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले सांसदहरु बल्ल वडाध्यक्षको हैसियतमा आइपुगेको टिप्पणी गरेका छन् । उनले मंगलबार सामाजिक संजालमा स्टाटस लेख्दै सांसदहरु वडाध्यक्षको काम गर्ने मन भए किन सांसद बन्नु भएको भन्ने आशायको प्रश्नसमेत गरेका छन् । ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो,’ उनले भनेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ...
-
२०८० जेठ १६, मंगलबार
बजेटमा गाँजाखेती सम्भाब्यता : वैधानिक हाेला त?
काठमाडौँ - नेपालमा पछिल्लो समय संसदमा समेत बहसको विषय बनेको गाजा खेतिबारे सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नै उल्लेख गरेको छ । गाजाखेतिको सम्भाब्यता अनुसन्धानलाई प्राथमिकता दिने भनी सरकारले बजेटमै उल्लेख गरेको हो । औषधिजन्य प्रयोगका लागि गाजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री डा.रामशरण महतले घोषणा गरेका छन् । नेपालमा गाँजाखेतिलाई बैधानिकता दिनेबारेमा राजनीतिक दलकै नेताहरुबीच...
-
२०८० जेठ १६, मंगलबार
बजेट प्रतिक्रिया : आर्थिक समस्याको समाधान दिन सक्दैन : ओली
काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिन नसक्ने बताएका छन् । सोमवार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले अहिलेको बजेटले आर्थिक संकट दर्शा पनि समाधान नदिने बताएका हुन् । उनले बजेटले संकट दर्शाएको भएपनि संकटको समाधान केही पनि नदिने प्रतिक्रिया दिए । उनले भने,‘बजेटले संकत दर्शाउछ तर संकटको समाधान केही पनि...
-
२०८० जेठ १६, मंगलबार
बजेट प्रतिक्रिया : समस्या समाधान गर्न सक्दैन : पूर्वअर्थमन्त्री पौडेल
काठमाडौं - नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकको अर्थतन्त्रका समस्यालाई देख्न नसकेको प्रतिक्रिया दिएका छन्। सङ्घीय संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “आज प्रस्तुत आगामी आवको बजेटले अहिलेको समस्या समाधान गर्न सक्दैन, यो बजेट समग्रतामा भन्दा आधारभूत सिद्धान्तमाथि उभिएर आएकै छैन ।” एमाले नेता गोकुल बाँस्कोटाले बजेटप्रति प्रतिक्रिया...
-
२०८० जेठ १६, मंगलबार
बजेट २०८०/८१ हाइलाइट : जेष्ठ नागरिक भत्ताका लागि १ खर्ब बढी, २५ हजार भूमिहीनलाई जग्गा, काठमाडौंमा फ्लाइओभर र अन्डरपास
काठमाडौँ - सरकारले जेष्ठ नागरिक भत्ताका लागि १ खर्व ५७ अर्ब ७३ करोड बजेट बिनियोजन गरेको छ । आर्थिक बर्ष २०८० र ८१ को बजेट घोषणामा सरकारले मासिक चार हजारका दरले दिँदै आएको जेष्ठ नागरिक भत्तालाई निरन्तरता दिदै सो रकम छुट्टाएको अर्थमन्त्री डा. रामशरण महतले घोषणा गरेका हुन् । शिक्षक लाइसेन्सको परीक्षामा सबै सहभागी हुन पाउने अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) को परीक्षामा जुनसुकै विषय पढेका...
-
२०८० जेठ १६, मंगलबार
सरकारद्वारा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट घोषणा
काठमाडौँ - आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ । सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् । सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ । जसअनुसार आर्थिक मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य बजेटले लिएको छ । यस्तै, आगामी आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर बढाउने र दोस्रो चरणको...


