STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० जेठ ९, मंगलबार

    अब हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस

    काठमाडौं - नेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी अबदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले संविधानको मौलिक हकको मर्मअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षा दिलाउनु राज्यको दायित्व भएको सन्दर्भमा त्यससम्बन्धी...

  • २०८० जेठ ९, मंगलबार

    नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न शरणार्थीको माग

    काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको माग गर्दै सक्कली भुटानी शरणार्थी सडकमा निस्कीएका छन् । मोरङको पथरी शनिश्चरे शिविर क्याममा रहेका भुटानी शरणार्थीले उक्त प्रकरणमा संलग्नलाई कारबाहीको मागसहित आफूहरुको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्र्थी बनाएर अमेरिका पठाउने गिरोह पक्राउ परेसँगै देशभर व्यापक विरोध भइरहेको छ । पथरी...

  • २०८० जेठ ८, सोमबार

    राजादेखि उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गरौँ : राजेन्द्र लिङ्देन

    काठमाडौँ - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारविरुद्धको अभियानका लागि आयोग गठन गरेर सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले पन्च, राजादेखि सबै उच्च पदस्थ र उनका आफन्तको सम्पत्ति आयोग बनाएर छानबिन गर्न आग्रह गरे । भ्रष्टाचारविरुद्धको प्रतिबद्धता कागजमा सीमित भएर नहुने भन्दै उनले...

  • २०८० जेठ ८, सोमबार

    टोपबहादुर र बालकृष्ण खाँणसहित सबैलाई साढे २० वर्ष कैद सजायको मागदाबी

      काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परी हाल हिरासतमा रहेकाहरुलाई साढे २० वर्ष कैद सजायको मागदाबी गरिएको छ । सोमबार काठमाडौं जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजायको मागदावी गरिएको छ । यस प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् भने बाँकी १६ जना फरार छन् । पक्राउ पर्ने भीआईतीतर्फ...

  • २०८० जेठ ८, सोमबार

    लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीले लिए शपथ

    काठमाडौं - लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन्। नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा आज आयोजित शपथ ग्रहण समारोहमा पद तथा गोपनीयताको शपथ गराए। आज शपथ लिएका मन्त्रीहरुमा नेपाली कांग्रेसका राजुप्रसाद खनाललाई स्वास्थ्य, जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास र जनता समाजवादी पार्टीका...

  • २०८० जेठ ७, आइतबार

    खड्गी समाजद्वारा आयोजित उदघोषण तालिम सम्पन्न

    नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौ जिल्ला समितिको आयोजना र काठमाडौं महानगर पालिका को सहकार्यमा संचालित उदघोषण तालिम को आज आइतबार समापन गरिएको छ । समापन को कार्यक्रममा  माननिय प्रदेश सभासद समिता खड्गी श्रेष्ठ कार्यक्रमको प्रमुख अतिथिको रूपमा उपस्थिति हुनु भएको थियो । त्यस्तैगरी अतिथि को रुपमा काठमाडौ जिल्ला भुमि सुधार आयोगको अध्यक्ष श्याम कृष्ण प्रजापति र खड्गी समाज का केन्द्रिय अध्यक्ष नन्दकिशोर...

  • २०८० जेठ ७, आइतबार

    लोककल्याणकारी विज्ञापन सम्बन्धि गरेको पछिल्लो निर्णयप्रति नेवाः पत्रकार दबूको आपत्ति

    नेपाल सरकार अन्तर्गतको विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन सम्बन्धि गरेको पछिल्लो निर्णयप्रति देशभरका नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको ध्यानाकर्षण भएको भन्दै आपत्ति प्रकट गरेको छ । छापा सञ्चार माध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन वापतको रकम सरकारी कोषमा नपुग भएको कारण देखाउँदै जेठ १५ गतेसम्म प्रकाशित लोककल्याणकारी विज्ञापनको मात्र भुक्तानी दिने...

  • २०८० जेठ ५, शुक्रबार

    वर्षामा ५० र हिउँदमा ३० युनिटसम्मको बिजुली निःशुल्क

    काठमाडौं - सरकारले बिजुलीको आन्तरिक खपत बढाउने लक्ष्यका साथ महत्वपूर्ण कार्यक्रम अगाडि सारेको छ। विशेषगरी वर्षायाममा उत्पादित बिजुलीको खपत बढाउने लक्ष्यका साथ ५० युनिट बराबरको बिजुली निःशुल्क उपलब्ध गराउनेछ । यस्तै हिउँदमा ३० युनिट बराबरको बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा...

  • २०८० जेठ ५, शुक्रबार

    नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्द फिर्ता

    काठमाडौं - वैशाख ६ देखि १० गतेसम्मका लागि नेपाल बन्दको घोषणा गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) दे बन्द कार्यक्रम फिर्ता लिएको छ । शुक्रबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेर फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्‍दै बन्द फिर्ता लिएको विज्ञप्तिमार्फत भनिएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री...

  • २०८० जेठ ५, शुक्रबार

    सरकारका नीति तथा कार्यक्रम प्रस्तुत : सुविधा सम्पन्न सार्वजनिक शौचालय बनाउनेदेखि किसानलाई वाटरपम्प र ट्युबेल निःशुल्क दिइने

    काठमाडौँ - सरकारले यात्री पर्यटक सेवाग्राहीको अत्याधिक चाप हुने सार्वजनिक स्थलमा निजी तथा सामुदायिक साझेदारीमा एक हजार सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्राम स्थल निर्माण गर्ने घोषणा गरेको छ । शुक्रवार सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले राजमार्गहरुमा सार्वजनिक निजी साझेदारीमा स्मार्ट रोड साइट स्टेशन निर्माण गर्ने घोषणा गरे । त्यस्तै...

  • २०८० जेठ ५, शुक्रबार

    सरकार र पत्रकार मिलेर अगाडि बढ्न सके लोकतन्त्र बलियो हुने उदघोष

    आगरा, 17 मई।  उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ भएको कुरा उल्लेख गर्दै सत्ता र पत्रकारिताबीचको खाडल हटाएर लोकतन्त्र बलियो बनाउनुपर्छ, तब मात्र देश र राज्यको उन्नति सम्भव छ भनि उदगार पोखेका छन् ।  प्रेस क्लब अफ आगरा र उत्तर प्रदेश पत्रकार संघको आयोजना तथा सार्क जर्नलिस्ट्स फोरमको सहयोगमाा ​आयोजित इन्डो–नेपाल–बंगलादेश मिडिया कन्क्लेभ–२०२३ मा...

Pages