-
२०८० बैशाख २८, बिहिबार
शरणार्थी प्रकरणमा दोषी उम्किन र निर्दोष फस्न हुँदैन : ओली
काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किनु नहुने बताएका छन् । ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले निर्दोषलाई फसाउन र दोषीलाई उम्काउन खोजे आफूले त्यसको विरोध गर्ने बताए। अध्यक्ष ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहपूर्ण ढङ्गले कसैलाई फसाउन खोजिएको बताए। उनले...
-
२०८० बैशाख २८, बिहिबार
बालकृष्ण खाँणलाई कांग्रेसले तत्काल पार्टीबाट निलम्बन नगर्ने
काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कांग्रेसले तत्काल पार्टीबाट निलम्बन नगर्ने भएको छ। बिहीबार बसेको पदाधिकारी बैठकले प्रहरीलाई अनुसन्धानमा सघाएको र पक्राउ पर्नुको कारणबारे पूर्ण रुपमा पुष्टि नभएकाले तत्काल पार्टीबाट निलम्बन नगर्ने निर्णय भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । खाँण यस प्रकरणमा...
-
२०८० बैशाख २८, बिहिबार
पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान निवासबाटै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ। काठमाडौं जिल्ला अदालतले पूर्वमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीले बुधबार खाँणलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । बुधधबार खाणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ । पक्राउपश्चात् खाँणलाई परिसरबाट...
-
२०८० बैशाख २८, बिहिबार
अडियो ‘फेक’ भन्दै देउवा पत्नी आरजुले दिइन् साइबर ब्यूरोमा निवेदन
काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियो ‘फेक’ भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन् । उनले आज सो माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदनसमेत दिएकी छन्। उनले साइबर ब्यूरो भोटाहिटीमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त फेक अडियो बदनियतपूर्ण ढङ्गबाट बदनाम...
-
२०८० बैशाख २८, बिहिबार
नक्कली भुटानी शरणार्थी प्रकरणले शीर्ष नेतामा बेचैनी
काठमाडौं - नक्कली शरणार्थी प्रकरण पेचिलो बन्दै गएपछि दलका शीर्ष नेताहरु नियमित भेटवार्तामा जुट्न थालेका छन् । संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल चलेको बताउने गरेका दलका नेताहरुले भित्रि रुपमा भने नक्कली शरणार्थी प्रकरणले ल्याएको तरङ्गलाई नियालिरहेको बुझ्न कठिन छैन् । तर, शीर्ष नेताहरु एकपछि अर्को गर्दै पक्राउ पर्ने देखिएपछि हालका भेटलाई थप अर्थपू्र्ण मानिएको छ । नक्कली शरणार्थी प्रकरणमा...
-
२०८० बैशाख २७, बुधबार
भ्रष्टाचारीलाई नछाड्ने गृहमन्त्री श्रेष्ठको उद्घोष
काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्ने उद्घोष गरेका छन् । बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । श्रेष्ठले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरे । श्रेष्ठले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताए । उनले खाडीमा काम...
-
२०८० बैशाख २७, बुधबार
आफ्नो चलचित्र देशको हित विपरीत भए आफूलाई मृत्यु दण्द दिए पनि हुन्छ: नवल खड्का
अभिनेता नवल खड्का आफुले निर्माण गरेको चलचित्र ‘काँडेतार’ आफूले देशभक्तिका लागि बनाएको बताएका छन् । उनले आफ्नो चलचित्र देशको हित विपरीत भए आफूलाई मृत्यु दण्ड दिए पनि स्वीकार्य हुने धारणासमेत राखेका छन् । चलचित्र ‘काँडेतार’लाई चलचित्र सेन्सर बोर्डले प्रदर्शनमा रोक लगाएको विषयमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रम नवलले चलचित्र निर्माणको समयको दुःख समेत सुनाए । ‘मैले देशभक्तिको विषयमा बनाएको ‘...
-
२०८० बैशाख २७, बुधबार
शताब्दि पुरुष सत्यमोहन जोशीको जन्म जयन्तीको अवसरमा दुई बाल साहित्य कृति लोकार्पण
वाङ्गमय शताब्दि पुरुष डा सत्यमोहन जोशीको १०४ अौं जन्म दिनको अवसर पारेर बुधबार दुई बाल साहित्य कृति लोकार्पण गरिएको छ । उनको जन्म दिवसको अवसर पारेर लोक साहित्य परिषदले आयोजना गरेको सप्ताहव्यापि कार्यक्रम अन्तर्गत बुधबार यसरी दुई कृति लोकार्पण गरिएको हो । यसरी लोकार्पण भएका दुई कृतिहरुमा शताब्दि पुरुष डा जोशी रचित बाल कविताहरुको संग्रह" चखुंचां हाःगु म्ये ”( चराचुरुंगीको गीत) र साहित्यकार मीना...
-
२०८० बैशाख २७, बुधबार
बोल्न नपाएको भन्दै राप्रवाले गर्याे संसद बैठक अवराेध
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको भन्दै अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताउँदै बैठक अघि बढाउन खोजेपछि राप्रपाका सांसदले अगाडि आएर नाराबाजी गरेका थिए ।...
-
२०८० बैशाख २७, बुधबार
भुटानी शरणार्थी प्रकरण कुनै भेटघाटले प्रभावित नहोस् : महामन्त्री थापा
काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताएका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताएका हुन् । उनले सो प्रकरणमा संलग्न जुनसुकै दलको जुनसुकै ओहोदाको व्यक्ति भएपनि कारबाही हुनुपर्ने बताए...
-
२०८० बैशाख २७, बुधबार
खाँण उनकै घरबाट पक्राउ
काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नियन्त्रणमा लिने क्रममा उनको घरको ढोका नै फुटेको रहस्य खुलेको छ । बुधबार बिहान काँग्रेस नेता समेत रहेका खाँणलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको थियो । सो क्रममा खाँणको घरको ढोका नै फुटाउनु परेको स्रोतले जनाएको छ । प्रहरी पुगेपछि कसैलाई फोन गर्न कोठाभित्र छिरेका खाँणले ढोका खोल्न आनाकानी गरेको बताइएको छ। त्यसपछि प्रहरीले...
-
२०८० बैशाख २७, बुधबार
टाेपबहादुर एमालेबाट निलम्बित
काठमाडौं - नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका रायमाझीलाई अनुसन्धान र कारबाहीको टुंगो नलागुन्जेल एमालेले निलम्बन गरेको हो । बुधबार पार्टी महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पदबाट निलम्बन गरिएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय सचिवालयको निर्णयलाई समेत...


