-
२०८० जेठ १, सोमबार
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वसांसदले गरे प्रहरीसामू आत्मसमर्पण
काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर अदालतबाट पक्राउ पुर्जी जारी भएपनि पक्राउ नपरेका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीसामू पुगेर आत्मसमर्पण गरेका छन् । सोमबार टेकुस्थित जिल्ला प्रहरी परिसरमा पुगेर शेर्पाले आत्मसमर्पण गरेका हुन् । आइतबार साँझ यस प्रकरणमा मुछिएर फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । यसअघि प्रहरीले ...
-
२०८० जेठ १, सोमबार
पूर्वमन्त्री टोपबहादुरलाई ३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं - जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । आज प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत रायमाझीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो । सोहीअनुरुप अदालतले म्याद दिएको हो । रायमाझीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा...
-
२०८० जेठ १, सोमबार
काठमाडौं महानगरमा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत
काठमाडौं - काठमाडौँ महानगरपालिकाले आजदेखि भवन नक्सा स्वीकृति प्रक्रिया अनलाइन प्रणालीबाट सुरु गरेको छ । यसअघि नक्सा स्वीकृति फाराम भर्नका लागि कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनुपर्ने अवस्था थियो । नागरिकलाई सहज बनाउनकै लागि विगत गरिँदै आएको शैली बन्द गरी अनलाइन प्रणालीबाट उक्त सेवा आजदेखि सुरु गरिएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए। उक्त कार्यका लागि इलेक्ट्रोनिक बिल्डिङ...
-
२०८० जेठ १, सोमबार
मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने
काठमाडौं - मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएकामा सरोकारवालाहरूको सुझावअनुसार पाँच दिनपछि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुई हप्ता जति मर्मत कार्य भएपछि पुनः पानी पठाइने छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण...
-
२०८० जेठ १, सोमबार
क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रममा राजनीतिमा शुद्धिकरण आवश्यकतामा जोड
नेवाः ग्वाहालि पुचः काठमाडौं महानगर १७ वडा कमिटीले वैशाख ६ गतेदेखि आयोजना गरेको बीसदिने क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रमको समापन एक समारोहको आयोजना गरी सम्पन्न गरिएको छ । सो समारोहमा अग्रज नागरिक डा. महेश मान श्रेष्ठले नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय चर्चामा रहेको भुटानी शरणार्थी प्रकरणले नेपाललाई अन्तर्राष्ट्रिय...
-
२०८० जेठ १, सोमबार
खाँणको बयान सुरु
काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु गरिएको छ । खाँणलाई आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराएर बयान लिइएको हो । सो प्रकरणमा सरकारी वकिलको कार्यालयले आइतबार खाँणसहितका १२ जना अभियुक्तलाई ४ दिनको म्याद थपेर बयान लिन प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले चार दिनभित्र उनीहरुको बयान लिएर, अनुसन्धान प्रतिवेदन तयार गरेर...
-
२०८० जेठ १, सोमबार
बीपी राजमार्गमा लेदोमा पुरिए गाडी
काठमाडौँ - आइतवार रातिको वर्षाका कारण खहरे खोलामा लेदोसहितको बाढी आउँदा बीपी राजमार्ग गाडी पुरिएका छन् । काभ्रेको रोशीस्थित बीपी राजमार्ग खण्डमा ४ वटा गाडी पुरिएका हुन् । रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबाजी बिचको खहरेखोलामा बाढी आएकाले गाडी पुरिनुका साथै राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध राजमार्ग भने अहिले सञ्चालनमा आएको छ । पुरिएका गाडीहरु पनि डोजरको सहायतले आज सोमवार बिहानैदेखि निकालिएको...
-
२०८० जेठ १, सोमबार
शीर्ष तीन नेताको बैठकमा रास्वपाकाे गम्भीर आशंका
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन दलका शीर्ष नेताको बैठकका सम्बन्धमा गम्भीर आशंका व्यक्त गरेको छ । तीन दलको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामसुम पार्ने प्रयास भइरहेको हुनसक्ने सो पार्टीको आशंका छ । आइतबार साँझ बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरूको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्टाउने प्रयास गर्नु नहुने निष्कर्ष निकालेको हो ।...
-
२०८० जेठ १, सोमबार
टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदै
काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ । आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई आज अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने काठमाडौं प्रहरी परिसरले बतायो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । तर...
-
२०८० जेठ १, सोमबार
बङ्गालको खाडीमा आएको ‘मोखा’ चक्रवातको असर नेपालमा तीन दिनसम्म
काठमाडौँ - बङ्गालको खाडीमा विकसित भएको ‘मोखा’ चक्रवातको असर नेपालको मौसममा परेको छ । गत बुधबार सिर्जना भएको चक्रवातको असरले आइतबारदेखि कतिपय स्थानमा वर्षा सुरु भएको छ भने यो क्रम आगामी तीन दिनसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मोखा अति शक्तिशाली चक्रवातका रूपमा परिणत हुँदै उत्तर र उत्तरपूर्व दिशातर्फ अघि बढिरहेको छ । जसको सोझो असर बङ्गलादेश र म्यान्मारको तटीय...
-
२०८० बैशाख ३१, आइतबार
कर्नाटकमा कंग्रेसको बहुमत
दक्षिण भारतको कर्नाटक प्रदेशमा कंग्रेसले प्रष्ट बहुमत पाएको छ। विधानसभाका २२४ सिटमध्ये कंग्रेसले १३६ सिटमा जित हात पारेको छ। जहाँ सरकार बनाउन ११३ सिट चाहिन्छ। अघिल्लो पटक १०४ सिट जितेको भाजपाले यस पटक ६५ सिटमा चित्त बुझाउनु परेको छ। कंग्रेस नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ र मानहानि मुद्दामा अदालतले दोषी ठहर गरेर उनको सांसद पद गुमेपछि भएको पहिलो चुनावमा कंग्रेसले भाजपालाई पछाडि पार्दै सफलता...
-
२०८० बैशाख ३१, आइतबार
टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ
काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भएयता फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले आइतबार साँझ उनलाई पक्राउ गरेको हो । रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका हुन् । वैशाख २० मा...


