STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० बैशाख २०, बुधबार

    ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते

    काठमाडौं - तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोलामा ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइते हुनेमा धेरै बालबालिका छन् । ना४ख १९७३ नम्बरको ट्रकले विद्यालय जान तयार भएका बालबालिका जम्मा भएको घरलाई ठक्कर दिएको हो । दुर्घटनामा ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीय आयुष भुजेल, ७ वर्षीया आयुषा भुजेल, १०...

  • २०८० बैशाख २०, बुधबार

    आज पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौं- हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ, जसका कारण गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य...

  • २०८० बैशाख १९, मंगलबार

    दार्चुला हिमपहिरो, पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता

    काठमाडौं - दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा आज दिउँसो गएको हिमपहिरोमा परी पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चार महिला र एक पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मङ्गलबार दिउँसो ३ बजेतिर खसेको हिमपहिरोमा परी डोटी जिल्ला जोरायल गाउँपालिका बुडर–२ का तीन महिला तथा दुहु गाउँपालिका पोक्से–४ का एक...

  • २०८० बैशाख १९, मंगलबार

    लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेश सभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री चौधरीले ५३ जनाले पक्षमा र २९ जनाले विपक्षमा मतदान गरे । कांग्रेसको प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री चौधरीलाई गठबन्धनमा आबद्ध ८ दलका सांसदहरुले पक्षमा मतदान गरेका छन् । विपक्षमा नेकपा एमाले मतदान गर्दा राष्ट्रिय प्रजातन्त्र...

  • २०८० बैशाख १९, मंगलबार

    उपेन्द्र यादवले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं - बैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारमा सभामुख देवराज घिमिरेले यादवलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। साथै सभामुख घिमिरेले शपथ खुवाउनुको साथै यादवलाई सांसदको लोगो पनि लगाइदिए। सोही निर्वाचनमा विजयी राष्‍ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लले बैशाख १५ गते शपथ लिइसकेका छ्न्।...

  • २०८० बैशाख १९, मंगलबार

    राष्ट्रपति पौडेलकाे चाहना- आफ्नो उपचारको खर्च आफैंले व्यहोर्ने

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गरेको आफ्नो उपचारको खर्च आफैंले व्यहोर्न चाहेका छन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक प्रेस नोट जारी गर्दै भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले ब्यहोर्न चाहेको बताएका छन् । उनले प्रेस नोटमा लेखेका छन्,‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले ब्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।’ राष्ट्रपति...

  • २०८० बैशाख १९, मंगलबार

    यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनाेट

    काठमाडौं - एसीसी मेन्स प्रिमियर कपमा फाइनलमा युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ । अपराजित रुपमा च्यापियन बनेको नेपालले टियु मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो । युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुलसन झाले ८४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । एकदिवसीय अन्तराष्ट्रियमा...

  • २०८० बैशाख १९, मंगलबार

    युएईले दियाे नेपाललाई ११८ रनकाे लक्ष्य

    काठमाडौं - एसीसी मेन्स प्रिमियर कपको फाइनल खेलमा घरेलु टोली नेपालविरुद्ध युएई १ सय १७ रनमा अलआउट भएको छ । टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । रोकिएको स्थितिबाट आज खेल सुरु भएकोमा युएईले ११ रन थप्दै आफ्नो अन्तिम विकेट गुमायो । नेपालका लागि ललितनारायण राजवंशीलेले अन्तिम विकेट लिए । युएई ३३ दशमलब १...

  • २०८० बैशाख १८, सोमबार

    पूर्वलडाकुलाई किस्तामा दुई लाख : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं - माओवादी जनयुद्धका अयोग्य लडाकुलाई जनही दुई लाख बाँड्ने विवादित निर्णयबाट सरकार पछि नहट्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चरणबद्धरुपमा भए पनि पूर्वलडाकुलाई पैसा बाँडिने बताए । आज चितवन पुगेर एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सरकारको निर्णयको बचाउ गरेका हुन् । प्रचण्डले २०७१ सालमै भएको आफ्नो सरकारले कार्यान्वयन गर्न खोजेको उल्लेख गरे । ‘यही सरकारले पैसा बाँड्ने...

  • २०८० बैशाख १८, सोमबार

    सरकार र महावीर पुनबीच ७ बुँदे सहमति

      काठमाडौं - सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सात बुँदे सहमति भएको छ । शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा बसेका पुन र सरकारबीच सोमबार सातबुँदे सहमति भएको हो । सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनले सोमबार सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्रको पहिलो बुँदामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी...

  • २०८० बैशाख १८, सोमबार

    वीर अस्पतालको पूरानो भवनको पर्खाल भत्किँदा ४ जना घाइते

      काठमाडौं - लगातार परिरहेको वर्षाका कारण वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते भएका छन् । आइतबार अस्पतालको पुरानो भवनको पर्खाल मक्किएर भत्किँदा ४ जना घाइते हुन पुगेका हुन् । घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पर्खाल भत्किएर खसेको ईंट्टाले हिँड्दै गरेकाहरुलाई लागेको थियो । घाइते भएकाहरुको अवस्था सामान्य रहेको बुझिएको छ । घाइते हुनेहरुमा तीन महिला र एक पुरुष रहेका...

  • २०८० बैशाख १८, सोमबार

    रवि लामिछाने रास्वपा संसदीय दलको नेता चयन

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन गरेको हो । यस अघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने बताए। उनले भने, “पार्टी...

Pages