-
२०८० बैशाख ३१, आइतबार
भक्तपुरको फर्निचर कारखानामा आगलागी
काठमाडौं -भक्तपुरको सूर्यविनायक नगरपालिका-५ , चुनदेवीस्थित एक फर्निचर कारखानामा आगलागी भएको छ । आइतबार साँझदेखि सुरु भएको आगलागी के कारणले भएको भन्नेबारे खुलेको छैन । फ्याक्ट्रीमा आगलागी भएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेसँगै अहिले त्यहाँ पाँच वटा दमकल पुगेर आगो निभाउने प्रयास गरिरहेको छ । हालसम्म सोफा फ्याक्ट्रीका संचालकबारे पनि यकिन जानकारी आइसकेको छैन । आगलागी नियन्त्रण लिने प्रयास...
-
२०८० बैशाख ३१, आइतबार
बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग ओली र देउवाको भेटवार्ता
काठमाडौँ - बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको हो । तीन नेताबीच १० बजेबाट भेटवार्ता सुरु भएको हो । तीन नेताबीच...
-
२०८० बैशाख ३१, आइतबार
देय् या लागि.. म्युजिक भिडियोका कलाकार र प्राविधिकहरु सम्मानित
प्रेम महर्जनको प्रस्तुति रहेको लागू प्रदार्थ दुर्व्यसन विरुद्ध जनचेतना मूलक संदेश बोकी तयार पारिएको नेपालभाषाको म्युजिक भिडियो “देय् या लागि” बोलको गीतमा संलग्न कलाकार तथा प्राविधिकहरुको सम्मानार्थ आयोजित कार्यक्रम शनिबार ललितपुरमा सम्पन्न भयो । संस्थाका क्रियटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जनको सभापतित्वमा, संसार क्रियशन्स नेपालद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित वरिष्ठ...
-
२०८० बैशाख ३१, आइतबार
अमेरिकामा पनि मनाइयो बुद्ध जयन्ती
हिमालयन बुद्धिष्ट कम्युुनिटि इन अमेरिकाको तत्वावधानमा अमेरिकामा पनि भव्य र शान्त रुपमा २५६७ अौं बुद्ध जयन्ती मनाइएको छ । सो अवसरमा एउटा र्यालि ले नगर परिक्रमा पनि गरेको थियो । बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रम मा उक्त संस्थाका सचिव सुवर्ण शाक्य ले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका अध्यक्ष हृदय तुलाधर ले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको शुरुमा अध्यक्ष तुलाधर ले भगवान बुद्धको...
-
२०८० बैशाख ३१, आइतबार
देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कीर्ति रत्न’ अर्पण
विजयरत्न पनि नइ कीर्ति रत्नबाट विभुषित नेपालको साहित्य वाङ्गमय क्षेत्रमा सकृय रुपमा अघि बढी रहेको नइ प्रकाशनबाट उक्त प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्याउनु भएको विशिष्ट योगदानको हार्दिक कदर गर्दै २०१ जना कविलेखकलाई शनिबार एक समारोह बीच ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गरीएको छ । समारोहमा अमर प्राज्ञ बैरागी कांइला , गौरवशालि नारी भद्र कुमारी घले ,...
-
२०८० बैशाख ३०, शनिबार
बालेनले ल्याए काठमाडौं उपत्यकाभित्र नि:शुल्क एम्बुलेन्स सेवा
काठमाडौं - काठमाडौं महानगरका प्रमुख बालेन शाहले काठमाडौं उपत्यकाका लागि निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै काठमाडौं उपत्यकाभित्र कुनै पनि ठाउँमा जान निशुल्क एम्बुलेन्स सेवा संचालन आरम्भ भएको घोषणा गरेका हुन् । ‘काठमाडौ भरी सेवा लिनका लागि २४ घन्टा नै १०२ मा कल गरेर निकुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै...
-
२०८० बैशाख ३०, शनिबार
नक्कली भुटानी शरणार्थी प्रकरण : अनुसन्धानको दायरा अझ फराकिलो बनाइने
काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान सोझ्याएको छ। पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि प्रहरीले अनुसन्धानको दायरा अझ फराकिलो बनाउन लागेको हो। सरकारद्वारा गठित कार्यदलले तयार पारेको प्रतिवेदन तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बुझाइएको थियो तर सो प्रतिवेदन...
-
२०८० बैशाख ३०, शनिबार
जग्गाको कित्ताकाट खुलाउन प्रधानमन्त्रीको चासो
काठमाडौँ - जग्गाको कित्ताकाटमा गरिएको कडाइ खुकुलो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन्। कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने गरी प्रस्ताव तयार पार्न प्रधानमन्त्री दाहालले भूमि व्यवस्था मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिएका हुन्। दाहालले बुधबार भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ, निमित्त भूमि व्यवस्था सचिव पीताम्बर घिमिरे तथा भूमि व्यवस्थापन विभाग...
-
२०८० बैशाख २९, शुक्रबार
गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता, मनाङे आउट
काठमाडौं - गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रबार थप ४ मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नेपाली कांग्रेसबाट ३ र नेकपा माओवादी केन्द्रबाट १ मन्त्री बनेका छन् । कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापा, जित प्रकाश आलेमगर र माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र...
-
२०८० बैशाख २९, शुक्रबार
बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ राई पक्राउ
काठमाडौं - कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो । राईमाथि शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । त्यसबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको इन्सपेक्टर वेनुकुमार कार्कीले जानकारी दिए । शुभम् फाउन्डेसन अन्तर्गत...
-
२०८० बैशाख २९, शुक्रबार
भ्रष्ट्राचारका फाइल खोल्ने विषयमा प्रचण्डलाई लामिछानेकाे आड
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्ट्राचारका फाइल खोल्ने विषयमा आड दिएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवासमा वालुवाटारमा पुगेर सभापति रविले प्रधानमन्त्रीलाई भ्रष्ट्राचारको फाइल खोल्न खुट्टा नकमाउन भन्दै आड दिएका हुन् । पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेलगत्तै पनि सभापति रविले...
-
२०८० बैशाख २८, बिहिबार
नक्कली भुटानी शरणार्थी प्रकरण : दलका ठूला नेताहरुनै निशानामा
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका ठूला नेताहरुनै निशानामा परेपछि राजनीतिमा खैलाबैला मच्चिएको छ । अझ, बुधबार नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ प्रकरणले झनै तरङ्ग पैदा गरेको छ । पार्टी भित्र प्रभावशाली मानिएका खाँण पक्राउ परेपछि कांग्रेसको आन्तरिक राजनीतिमा नै यसले प्रभाव पार्ने देखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण...


