-
२०८० बैशाख ११, सोमबार
उपनिर्वाचन : रास्वपाका स्वर्णिम वाग्ले अगाडि
काठमाडौँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले हालसम्म ५०१९ मत ल्याउँदै अगाडि छन् । निर्वाचन आयोगका अनुसार आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकाका विभिन्न ६ वटा वडाको ९२४६ मतगणना हुँदा रास्वपाका वाग्ले अगाडि छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २३५१ मत प्राप्त गरेका छन् । यस्तै तेस्रो...
-
२०८० बैशाख १०, आइतबार
समाजवादी मोर्चा गठन गर्न प्रचण्ड र माधव तयार
काठमाडौं - प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आइतबार नेकपा (एकीकृत समाजवादी)द्वारा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन ः उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा उहाँले नयाँ आधारमा नयाँ सोचका साथ कम्युनिष्ट...
-
२०८० बैशाख १०, आइतबार
अनधिकृतरूपमा प्रकाशन भएका पात्रोहरू नियन्त्रण गर्न गृहको परिपत्र
काठमाडौं - अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक बिदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको ‘डेट प्याड’ समेतलाई आधार लिने गरेको तथा पात्रो,...
-
२०८० बैशाख १०, आइतबार
उपनिर्वाचन मतदान सम्पन्न : करिब ६० प्रतिशत मत खस्यो
काठमाडौं - आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ । हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान...
-
२०८० बैशाख १०, आइतबार
बैरागी काइंला , गोपाल पराजुली र भिमबहादुर बोटेलाई ‘वानीरा पुरस्कार’
वानीरा फउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरिको विशेष उपस्थितिमा राजधानी स्थित वानिरा गिरी फाउण्डेशनको भवनमा स्थापित वानीरा सभागृहमा आज अाइतबार एक समारोहमाझ नेपाली भाषासाहित्यको श्रीबृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर तेस्रो आयामको प्रवर्तनका साथै नेपाली कविताको सम्बर्द्धनमा अति विशिष्ट योगदानका निम्ति अमर प्राज्ञ श्री बैरागी काइँलालाई ‘वानीरा प्रज्ञापुरस्कार...
-
२०८० बैशाख १०, आइतबार
गीतकार शंकर अधिकारी ‘घायल’ रामेछाप सांस्कृतिक कलाकार समाजद्वारा सम्मानित
अहिले सफलताको शिखर चलिरहेको चलचित्र " छक्का पन्जा ४ ” को अति लोकप्रिय गीत " सिरुपाते जुङ्गामा” गीतका गीतकार शंकर अधिकारी ‘घायल’ लाई रामेछाप सांस्कृतिक कलाकार समाजले सम्मान गरेका छन् । माननीय पर्यटन मन्त्री सुदन राई किराँतीबाट सम्मान प्रदान गर्नु भएको थियो । सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला, तिम्रो आँखा मा बस्ने रहर भो मलाई, घरी मुसु मुसु मुस्कुराएर मार्यौ, सिरुपाते जुँगामा दाहिने...
-
२०८० बैशाख १०, आइतबार
बन्दीपुर केबलकार, केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी
तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ । “अब डबल सिफ्टमा कामलाई तीव्रता दिन्छौँ, दुईवटा...
-
२०८० बैशाख १०, आइतबार
नेपालमा खाेजिभइरहेका अमृतपाल सिंह पञ्जाबमा पक्राउ परे
काठमाडौं - ‘वारिस पन्जाब दे’ संगठनमार्फत भारत टुक््रयाउने अभिव्यक्ति दिँदै आएका प्रमुख अमृतपाल सिंह पक्राउ परेका छन् । उनी भारतको पन्जाब प्रहरीमार्फत पक्राउ परेका हुन् । खलिस्तान समर्थक नेता रहेका उनी शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै आएका छन् । भारतीय दूतावासले यसअघि उनी नेपालमा लुकेर बसेको दावी गरेको थियो । भारतीय सुरक्षाकर्मीहरु नेपाल आएर खोजीसमेत गरेका थिए । तर उनी भारतबाटै...
-
२०८० बैशाख १०, आइतबार
बारामा जसपाले बुथ कब्जा गरेको जनमत पार्टीको आरोप
काठमाडौं - जनमत पार्टीका अध्यक्ष सिके राउतले बारामा जसपाले बुथ कब्जा गरेको आरोप लगाएका छन् । बारा क्षेत्र न. २ मा भइरहेको २ मतदान केन्द्रका बुथ जसपाले कब्जा गरेको आरोप लगाएका हुन् । उनले प्रहरीकै सहयोगमा बुथ कब्जाभइरहेको बताए । जिल्लाको पचरौता नगरपालिका बेलडाडी र देवतालको झिगैया बुथमा आफूहरुको प्रतिनिधि प्रवेश गर्न नदिइ बुथ नै कब्जा गरेको जनमत पार्टीको दावी छ । जनमतले शनिबार नै बुथ कब्जा...
-
२०८० बैशाख १०, आइतबार
उपचुनाव : चितवन–२, तनहुँ–१ र बारा–२ मा मतदान सुरु
काठमाडौँ - चितवन–२, तनहुँ–१ र बारा–२ मा मतदान सुरु भएको छ । प्रतिनिधि सभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदाताले बेलुका ५ बजेसम्म मतदान गर्न पाउनेछन् । निधर्क्क भइ भोट खसाल्न मतदातालाई निर्वाचन आयोगले आग्रह गरेको छ । तोकिएको मतदान केन्द्रमा उपस्थित भइ मतदान गर्नुपर्नेछ । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा...
-
२०८० बैशाख १०, आइतबार
अक्षय त्रितीया पर्व मनाइँदै
बटुवालाई जौँ, चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय त्रितीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ । सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जाँै र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्वत खुवाउने पुरानो मिथिला परम्परा हो । यस पर्वमा सर्वत ख्वाइँदा अक्षय ९कहिल्यै नास नहुने० पुण्यप्राप्त हुने मैथिल...
-
२०८० बैशाख १०, आइतबार
नेपालमा पहिलोपटक नृत्य महोत्सव हुने
नेपालमा पहिलोपटक नृत्य र नृत्य सम्बन्धि वृहत चर्चा सहितको महा उत्सवको रुपमा ‘नेपाल डान्स फेस्ट’ हुने भएको छ। वैशाख १५ र १६ गते विशालबजार रुफटपस्थित बेन्टो लाउन्ज एण्ड बारमा २ दिने फेस्टिभल हुन लागेको आयोजक निशिला शाक्यले बताउनु भएको छ। इम्पल्स एकेडेमी अफ पर्फमिङ आर्ट्स् र बेली डान्स नेपालको आयोजानामा हुन लागेको उक्त फेस्टिभलमा नृत्य क्षेत्रका विभिन्न कलाकारहरूको सहभागिता रहने बताइएको छ । ...


