-
२०७९ चैत्र ४, शनिबार
जीवित देवी कुमारीको दर्शन गर्न कुमारी घरमा राष्ट्रपति पौडेल
काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् । आज अपराह्न वसन्तपुरस्थित कुमारी घर पुगेर राष्ट्रपति पौडेलले कुमारीको दर्शन गर्दै प्रसाद ग्रहण गरेका हुन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीका अनुसार राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान...
-
२०७९ चैत्र ३, शुक्रबार
राष्ट्रपति पाैडेलद्वारा विश्वकप क्रिकेटमा छनोट भएका खेलाडीलाई बधाई तथा शुभकामना
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उनले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने जिकिर गरे । राष्ट्रपति पौडेलले नेपाली क्रिकेट टोलीले देशको इज्जत र गौरव बढाएको बताए । उनले नेपालमा खेलकुद...
-
२०७९ चैत्र ३, शुक्रबार
राष्ट्रिय एकतालाई मजबुद बनाउँछु : उपराष्ट्रपति यादव
काठमाडौं - नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुद र प्रवद्र्धन गर्न इमान्दारितापूर्वक आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए । उनले शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पु¥याउन बाँकी रहेको भन्दै...
-
२०७९ चैत्र ३, शुक्रबार
उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित
काठमाडौं - जनता समाज पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उनी आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित भएका हुन्। उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य...
-
२०७९ चैत्र ३, शुक्रबार
उपराष्ट्रपति पदको लागि आज मतदान हुँदै
काठमाडौं - मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने...
-
२०७९ चैत्र २, बिहिबार
चलचित्र संघमा अध्यक्षका दुबै दावेदारहरुको प्यानल सार्वजनिक
नेपाल चलचित्र कलाकार संघको चैत ४ गते हुन लागेका निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका बरिष्ठ कलाकार मोहन निरौला र रेजिना उप्रेतीले अाआफ्नो प्यानल घोषणासहित एजेन्डा सार्वजनिक गरेका छन् । निरौलाले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो प्यानलको उपाध्यदेखिक्ष सदस्यसम्मका उम्मेदवार घोषणा गरेका छन् भने उपाध्यक्षमा डीबी बम्जन र कविता गेलाल तथा महासचिवको उम्मेदवार सविन श्रेष्ठ रहेका छन् । ...
-
२०७९ चैत्र २, बिहिबार
यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा
काठमाडौं -आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालसँग संयुक्त अरब इमिरेट्स (यूएई) पराजित भएको छ । ३११ रनको विशाल लक्ष्य पाएको नेपालले यूएईलाई ९ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल योगफल बनाएको थियो । एकदिवसीय...
-
२०७९ चैत्र १, बुधबार
शिक्षकले स्थानीय भाषा नजाँदा सिकाइमा समस्या
मर्चवारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रामआशीष हरिजनले धेरैपछि मात्रै ‘भकारी’ शब्दको अर्थ थाहा पए। स्थानीय भाषाको ‘डेहरी’ नै भकारी हो भन्ने जान्न उनलाई लामो समय लाग्यो। हरिजनले नेपाली भाषा बुझ्न समस्या भए जस्तै विद्यालयका शिक्षक सोमबहादुर गुरुङलाई पढाउने क्रममा कैयन विषय विद्यार्थीलाई बुझाउन सकस हुन्छ। भोजपुरी भाषामा राम्रो पकड नभएका उनी जस्ता शिक्षकलाई कतिपय अवस्थामा...
-
२०७९ चैत्र १, बुधबार
उपराष्ट्रपतिको साझा उम्मेदवारको टुंगो लाग्न सकेन, भोलि पुनः बैठक बस्ने
काठमाडौं - १० दलीय गठबन्धनको बैठक बिना निस्कर्ष टुंगिएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निस्कर्षबिहीन भएको हो । बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले बताए । उनले १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र भोलि यो विषयमा बैठक बसेर थप निर्णय गर्ने बताए। नेता बस्नेतले सरकार बिस्तार लगायतका विषयमा पनि...
-
२०७९ चैत्र १, बुधबार
उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई मत दिने कांग्रेसको निर्णय
काठमाडाैँ - नेपाली कांग्रेसले मौन अवधि सुरु भइसकेपछि उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति...
-
२०७९ चैत्र १, बुधबार
प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् । कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको...
-
२०७९ चैत्र १, बुधबार
काठमाडौंमा बिहीबारदेखि निफको छैटौं संस्करण
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आइरहेको नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) को छैटौं संस्करण विहिबार चैत्र २ गतेदेखि आरम्भ हुने भएको छ भने यस महोत्सवको समुदघाटन प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले गर्नु हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरको सो चलचित्र महोत्सवमा जम्मा ३५ देशका ९५ सिनेमा सहभागी हुने भएका छन् । ‘विश्वभरका कथाहरुको उत्सव’ नारासहित चैत २ गतेदेखि ६...


