STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ चैत्र १०, शुक्रबार

    जनगणना २०७८ सार्वजनिक : नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

    काठमाडौं - सरकारले नेपालको जनगणना २०७८ को तथ्याङ्क सार्वजनिक गरेको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना –०७८ को नतिजा सार्वजनिक गरेका हुन् । तथ्याङ्क विभागका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको थियो । पूर्ण...

  • २०७९ चैत्र ९, बिहिबार

    चैत १४ मा पाँच ग्रह एउटै लहरमा देखिने

    काठमाडौं - सौर्यमण्डलका पाँच वटा ग्रह एउटै लहरमा पंक्तिबद्ध भएर देखिने भएका छन् । चैत १४ (२८ मार्च) गते वृहस्पति, बुध, शुक्र, अरुण र मंगल ग्रह एउटै रेखामा देखिने भएका हुन् । सूर्यको परिक्रमा गर्ने क्रममा ग्रहहरू एकैतर्फ एउटै लाइनमा पर्दा खगोलीय पंक्तिबद्ध भएको देखा पर्ने बताइएको छ । खगोलविद्का अनुसार वृृहस्पति र बुध क्षितिजको नजिक देखा पर्नेछन् भने शुक्र र अरुण माथि र मंगल ग्रह चन्द्रमाको नजिक...

  • २०७९ चैत्र ९, बिहिबार

    ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र धरासायी हुने चेतावनी

      काठमाडौँ - नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुनसक्ने चेतावनी दिएका छन् । बिहीवार नेपाल-इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले सरकारले बैंकको ब्याजदर तत्काल एकल अंकमा नल्याए मुलुकको अर्थतन्त्र थप धरासायी हुनसक्ने बताएका हुन् । उनले बैंकको ब्याजदर नघटाउने हो भने उद्योग–व्यवसाय पनि फस्टाउन नसक्ने बताए ।...

  • २०७९ चैत्र ९, बिहिबार

    मानहानीको अभियोगमा राहुल गान्धीलाई दुई वर्ष जेल

    एजेन्सी- भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ । विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानी भएको ठहर गर्दै सुरतस्थित अदालतले आज उक्त आदेश गरेको हो । गान्धीले तत्काल जेल जानु पर्दैक किनकी उनलाई उक्त फैसलाविरुद्ध अपिल गर्ने ३० दिनको म्याद दिइएको...

  • २०७९ चैत्र ९, बिहिबार

    कोरोना सङ्क्रमण फेरि ह्वात्तै बढ्याे, एकै दिन १७ जनामा सङ्क्रमण

    काठमाडौं  - नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र चैत ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो । सक्रिय सङ्क्रमित पनि...

  • २०७९ चैत्र ९, बिहिबार

    भूपाल प्रज्ञापरिषद् द्वारा नइको कृति सौजन्यता ग्रहण

    भूपालमानसिंह कार्की प्रज्ञापरिषदले नइ प्रकाशनको रजत महोत्सव सुसम्पन्न भएपछि प्रकाशित दुई ग्रन्थ "नइ कीर्ति लय' कवितासङ्ग्रह र "नइ प्रकाशन : कीर्ति र आकृति' निबन्ध सङ्ग्रहको प्रकाशन सौजन्यता ग्रहण गरेको छ । ८०८ पृष्ठको 'नइ प्रकाशन : कीर्ति र आकृति' निबन्ध सङ्ग्रह  र १५२ पृष्ठको 'नइ कीर्ति लय' कवितासङ्ग्रहमा देशदेशान्तरका २०० जना स्रष्टाको सहभागिता रहेको छ । साहित्यकार भगवती बस्नेतको सम्पादनमा यी...

  • २०७९ चैत्र ९, बिहिबार

    ‘सिम्पल सिम्पल कान्छीको’को सिक्वेल आउने

    हिट फिल्मी गीत ‘सिम्पल सिम्पल कान्छीको’ गीत एक जमानामा असाध्यै लोकप्रिय भएको थियो भने सो गीत को सिक्वेल आउने भएको छ । झण्डै १४ वर्षअघिको फिल्म  लिम्बु र माण्डबी त्रिपाठीको स्वरमा समावेश उक्त गीत निकै हिट भएको थियो । शंकर अधिकारी ‘घायल’को शब्द रचना रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका थिए ।  सोही गीतको सिक्वेलका रुपमा ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ रेकर्ड भएको कुराको  गीतकार शंकरले ...

  • २०७९ चैत्र ७, मंगलबार

    क्षमताभन्दा बढी सामान बोक्ने जहाजका चालक ग्राउन्डेड

    काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजका चालक दलसहित सात जनालाई ग्राउण्डेड गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सोमबार ताप्लेजुङबाट काठमाडौँ उडान भरेको निगमको नाइन एन एबीटी विमानमा लोड सिटमा भन्दा एक सय पाँच केजी बढी सामान बोकेको पाइएपछि उनीहरूलाई काम गर्न रोक लगाइएको छ । उक्त विमानले क्षमताभन्दा बढी सामान बोकेको र पुरुष यात्रुलाई...

  • २०७९ चैत्र ७, मंगलबार

    मेयर साम्पाङले माफी नमागेपछि कालोपट्टी बाँधेर वडाध्यक्षहरु विरोधमा उत्रिए

      काठमाडौं - धरान उपमहानगरपालिकाका वडा अध्यक्षहरुले नगरप्रमुख (मेयर) हर्क साम्पाङलाई माफी माग्न दिएको २४ घण्टे अल्टिमेटम सकिएपछि पाखुरामा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका छन् । धरानका मेयर साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूले मेयरको जिम्मेवारी बहन गर्दै पत्र पठाएको विषयमा वडाध्यक्षहरुले आपत्ति जनाउँदै माफी माग्न २४ घण्टे अल्टिमेटम दिए पनि उक्त समयभित्र मेयरले माफी नमागेको भन्दै उनीहरु पाखुरामा...

  • २०७९ चैत्र ७, मंगलबार

    राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न

    काठमाडाैं - राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गरियो । समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राइड र शो–जम्प खेलमा प्रथम र द्वितीय हुने प्रतियोगीलाई पुरस्कार प्रदान गर्नुभयो । शो–...

  • २०७९ चैत्र ७, मंगलबार

    घोडे जात्रा र गुरुमापाको कथा

    काठमाडौं- चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय...

  • २०७९ चैत्र ७, मंगलबार

    उपनिर्वाचनका लागि चैत ८ देखी १२ गते भित्र दल दर्ता गराईसक्नु पर्ने

    काठमाडौं- निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आब्हान गरेको छ । बैशाख १० गते बारा–२ र तनहुँ–१ मा हुन गईरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखी चैत १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आब्हान गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भएपनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरे पछि चितवन...

Pages