STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ फाल्गुण २९, सोमबार

    नाटु नाटु र द एलिफन्ट व्हिस्पर्सबाट भारतले जित्याे दुई ओस्कार

    सन् २०२३ को ओस्कारमा भारतले दुईवटा अवार्ड पाएको छ । निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको गीत ‘नाटु–नाटु’ ले ‘बेस्ट ओरिजिनल गीत’ विधामा ओस्कार अवार्ड जितेको हो । 'नाटु-नातु' ओस्कार जित्ने पहिलो भारतीय प्रोडक्सनले बनाएको गीत हो। गीत संगीतकार एमएम किरावाणीले अवार्ड जितेपछि एकेडेमी अवार्डलाई धन्यवाद दिँदै भने, ‘म सिकर्मीहरुको कुरा सुनेर हुर्केको मान्छेले आज ओस्कार जितेको छु ।' यसअघि भारतको ‘द...

  • २०७९ फाल्गुण २९, सोमबार

    राष्ट्रपति पौडेलले आज पद तथा गोपनीयताको शपथ लिँदै

    काठमाडौं - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्दैछ । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले...

  • २०७९ फाल्गुण २९, सोमबार

    रास्वपा तत्काल सरकारमा नजाने

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्ने काम भइरहेको छ,’ उनले भने, “सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।” उनले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए...

  • २०७९ फाल्गुण २८, आइतबार

    सिन्धुली बस दुर्घटना, ६ जनाको मृत्यु

    सिन्धुली - मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका छ मध्ये तीन जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालकाअनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुङगाको सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय...

  • २०७९ फाल्गुण २८, आइतबार

    उपराष्ट्रपतिमा ४ जनाबीच प्रतिष्पर्धा हुने

    काठमाडौं - उपराष्ट्रपति पदका लागि ४ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । आईतवार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवार दिएका कोही पनि उम्मेदवारहरुले नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो ।  उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको...

  • २०७९ फाल्गुण २८, आइतबार

    स्ववियु निर्वाचन : आठ क्याम्पसमा अवरुद्ध

      काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका आङ्गिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । देशभरका क्याम्पसमा हिजो (फागुन २७ गते) उत्साहजनक रूपमा उम्मेदवारको मनोनयन भए पनि आठ आङ्गिक क्याम्पसमा भर्ना विवादले निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले...

  • २०७९ फाल्गुण २८, आइतबार

    काठमाडौं महानगरले विस्तार गर्यो कम्पोष्ट मल बनाउने कार्य

    काठमाडौं - काठमाडौं महानगरपालिकाले कुहिने फोहरको थप व्यवस्थापन गर्ने उल्लेख गर्दै कम्पोष्ट मल बनाउने कार्यलाई विस्तार गरेको छ । यसअघि टेकुस्थित ट्रान्सफर स्टेशनमा एक स्थानबाट मात्रै कुहिने फोहरबाट मल बनाउन सुरु गरेको कामपाले पुनः टेकुमा नै अर्को एक स्थानमा कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने कार्यको थालनी गरेको छ । परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन प्रक्रिया उपत्यकाको अन्य स्थान र...

  • २०७९ फाल्गुण २८, आइतबार

    रामचन्द्र पौडेलले गरे कांग्रेस परित्याग

    काठमाडौं -राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस परित्याग गरेका छन् । गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उनले पद तथा गोपनीयताको शपथ लिनु अघिल्लो आइतबार कांग्रेस परित्याग गरेका हुन् । आइतबार उनले आफ्नो सहयोगीमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट राजीनामा दिएका हुन् । आफ्नो सहयोगीमार्फत पौडेलले राजीनामा पत्र बुझाएका हुन् । नवनिर्वाचित...

  • २०७९ फाल्गुण २८, आइतबार

    पूर्वमाओवादीहरु एक ढिक्का

    काठमाडौं - नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकलाई प्रतिगमनको दिशामा अगाडि बढाउन चाहने प्रवृत्तिको प्रतिवाद जरुरी रहेको बताएका छन्। माओवादी धारका पार्टीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अग्रगमन र प्रतिगनबीचको लडाइँ पेचिलो बन्दै गएकाले शान्ति सम्झौता विपरीतका गतिविधि देखा पर्न खोजेको बताए। देशमा विद्यमान समस्या समाधानका लागि आफूहरु मात्रै नभइ...

  • २०७९ फाल्गुण २८, आइतबार

    नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै

    काठमाडौं - नेपालले युएईलाई पराजित गरि एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राखेको छ । टियु मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले युएईलाई १ सय ७७ रनले पराजित गरेको छ । यो जित सँगै २ खेल अगाबै नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राखेको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईले २२ ओभर ५ बलमा अलआउट हुदै ७१ रन मात्र बनायो । युएईका लागि आयान खानले २९ रनको सर्वाधिक ठुलो ईनिङ खेल्दा...

  • २०७९ फाल्गुण २८, आइतबार

    नवनिर्वाचित राष्ट्रपति पौडेलकाे शपथ सोमबार

    काठमाडाैं - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भाेलि पथ तथा गोपनियताको शपथ लिने भएका छन् । राष्ट्रपतिको कार्यालयले शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने भएको छ । प्रधानन्यायाधीशबाट राष्ट्रपतिले शपथ लिने व्यवस्था छ । सोही अनुसार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ खुवाउनेछन् ।पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपति विद्यादेवी...

  • २०७९ फाल्गुण २८, आइतबार

    जनक रावलको कथासङ्ग्रह लोकार्पण

    स्रष्टा जनक रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा भएको एक विशेष समारोहमा रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण गरिएको हो । सामारोहका प्रमुख अतिथि वरिष्ठ पत्रकार एवम् साहित्यकार पुरुषोत्तम दाहाल, सिक्किमका वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठ, विशिष्ठ कालाकार लय संग्रौला, उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार तथा उपन्यासकार...

Pages