STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ चैत्र १, बुधबार

    काठमाडौंमा बिहीबारदेखि निफको छैटौं संस्करण

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आइरहेको नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) को छैटौं संस्करण विहिबार चैत्र २ गतेदेखि आरम्भ हुने भएको छ भने यस महोत्सवको समुदघाटन प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले गर्नु हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरको सो चलचित्र महोत्सवमा  जम्मा ३५ देशका ९५ सिनेमा सहभागी हुने भएका छन् । ‘विश्वभरका कथाहरुको उत्सव’ नारासहित चैत २ गतेदेखि ६...

  • २०७९ चैत्र १, बुधबार

    आज पहाडी स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं -  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । पश्चिमी वायुको प्रभावले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको मौसमविद् बरुण पौडेलले...

  • २०७९ चैत्र १, बुधबार

    सुनिता डंगोलको संयोजकत्वमा ‘काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल’ गठन

    काठमाडौं - काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा ‘काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल’गठन भएको छ। बालाजु बाइसधाराको सभा कक्षमा बसेको उपप्रमुख/उपाध्यक्षहरुको पहिलो बैठकले सञ्जाल गठन गरेको हो।  ‘कानुनले उपप्रमुख/उपाध्यक्षलाई दिएका अधिकारका बारेमा समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरुपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत...

  • २०७९ फाल्गुण ३०, मंगलबार

    ठगी रकम नेपाल भित्र्याएका पृथ्वीबहादुर शाह कारागार चलान

      काठमाडौं - अमेरिकामा ठगी गरेको रकम नेपाल भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाह कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले आइतबार शाह र उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई थुनामा पठाउने आदेश गरेको हो । एकजनासँग भने ५० हजार रूपैयाँ धरौटी मागिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ७ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानपछि २० जनालाई प्रतिवादी बनाएर...

  • २०७९ फाल्गुण ३०, मंगलबार

    उपराष्ट्रपति निर्वाचन : आज रातिदेखि प्रचारप्रसार गर्न निषेध

    काठमाडाैं - निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५...

  • २०७९ फाल्गुण ३०, मंगलबार

    जनमोर्चाले गर्‌याे संघीयताविरुद्ध आन्दोलन घोषणा

    काठमाडौं - सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संघीयताको विरुद्धमा आन्दोलनको घोषणा गरेको छ । बुटवलमा सम्पन्न राष्ट्रिय परिषद् बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो । सो पार्टीको फागुन २७ र २८ गते सम्पन्न बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ बैठकले सङ्घीयताकाविरुद्ध यही...

  • २०७९ फाल्गुण ३०, मंगलबार

    कति पाउँछन् त राष्ट्रपतिले तलब-भत्ता र सुविधा ?

    काठमाडौँ - नेपालको संविधानले राष्ट्रपतिलाई सर्वोच्च हैसियतमा राखेको छ । राष्ट्रपतिको सर्वोच्चताका आधारमा सेवा र सुविधा निर्धारण गरिएको छ । सुरक्षा प्रोटोकलदेखि सेवा सुविधाका कारण राष्ट्रपति पद बेला बेलामा आलोचित बन्ने गरेको छ । कस्तो छ त राष्ट्रपतिले पाउने सेवा सुविधाको फेहरिस्त ? राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक र सेवासम्बन्धी ऐन २०७४ मा राष्ट्रपतिले आफ्नो कार्यकालमा पाउने तलब भत्ता, सेवा...

  • २०७९ फाल्गुण २९, सोमबार

    नवनिर्वाचित राष्ट्रपति पौडेललाई भारत, चीन र अमेरिकाले दिए बधाई

    काठमाडौं - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारत, चीन र अमेरिकाले बधाई दिएको छ । राष्ट्रपति पौडेललले शपथ लिएर कार्यभार सम्हालेपछि ती देशका राष्ट्र प्रमुखहरुले बधाई सन्देश पठाएका हुन् । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले पठाएको बधाई सन्देशमा पौडेलको सक्षम मार्गदर्शनमा दुई देशको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ । यस्तै, नवनिर्वाचित राष्ट्रपति पौडेललाई संयुक्त राज्य अमेरिकाले...

  • २०७९ फाल्गुण २९, सोमबार

    सपथ ग्रहणसँगै राष्ट्रपतिबाट पदभार ग्रहण

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका छन् । उनले आज पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम ईजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत...

  • २०७९ फाल्गुण २९, सोमबार

    प्रसुनजंग पोखरेलले जिते वर्ल्ड राईजिङ स्टार २

    जर्जीयाको राजधानी तिबिलिसीमा हालै सम्पन्न वर्ल्ड राईजिङ स्टार २०२३ प्रतियोगितामा नेपालका बाल गायक प्रसुनजंग पोखरेल विजयी भएका छन् । उनी नेपालको डीएसए सिंगिङ स्टार २०१९ का विजेता हुन् । प्रतियोगितामा उनले राष्ट्रिय पोसाकको उपाधि पनि जितेका छन् । थाइल्यान्डको टीन स्टार इन्टरनेशनल २०२२ प्रतियोगितामा फोर्थ रनर्सअप भएका प्रसुन ब्राइट फ्युचर एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छन् । परिवर्तन इभेन्ट...

  • २०७९ फाल्गुण २९, सोमबार

    राष्ट्रिय समाबेशी म्युजिक अवार्डमा नेपालभाषाका लगायत उत्कृष्ट ४२ विधामा अवार्ड प्रदान

    विभिन्न भाषाका गीतलाई समेटेर आयोजना हुँदै आएको नेपालको पहिलो समाबेशी अवार्ड राष्ट्रिय समाबेशी म्युजिक अवार्ड –२०७९ को छैटौं संस्करण आईतबार ललितपुरको पुल्चोक स्क्वायर होटलमा भव्यताका साथ सम्पन्न भएको छ । संघीय मामला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यता तथा पूर्व सभामुख चित्रलेखा यादवको आतिथ्यतामा सम्पन्न सो अवार्ड समारोहमा विभिन्न ४२ विधामा अवार्ड प्रदान गरियो । कार्यक्रमको...

  • २०७९ फाल्गुण २९, सोमबार

    लघुचलचित्र "बेलुन”ले जिते ‘बेस्ट सर्ट फिल्म अफ द इयर’ अवार्ड

    ड्रिमवल्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाण्डौको आयोजनामा हालै सम्पन्न भएको ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा लघुचलचित्र "बेलुन”ले सर्वोत्कृष्ट अवार्ड जितेको छ । नेपाल फिल्म एकेडेमीद्धारा सार्वजनिक यो लघुचलचित्रमा माओवादीकालको द्वन्द्धमा आधारित कथावस्तु समेटिएको छ । यस्तै उत्कृष्ट युट्युब भिडियो, ब्लग, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य...

Pages